गत वर्षको अन्त्यतिर र्पोट कन्जेसनले ग्लोबल सप्लाई चेनमा गम्भीर अवरोधहरू निम्त्यायो र धेरै स्टोरहरू ब्ल्याक फ्राइडे र क्रिसमस जस्ता पिक बिक्री सिजनको समयमा पनि आउट अफ स्टक थिए । यद्यपि, चीनका र्पोटहरूबाट अटोमेसन र इन्टेलिजेन्स इनोभेसनको अभ्यासले यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
टियांजिन पोर्टको सेक्सन C मा रहेको कन्टेनर टर्मिनलमा पोर्टको भिजिटर प्लेटफर्ममा तपाईंले कन्टेनर क्रेनहरू स्वचालित रूपमा काम गरेको र मानवरहित विद्युतीय कन्टेनर ट्रकहरू आउने र जाने गरेको देख्न सक्नुहुन्छ । र्पोटमा टाढाबाटै नियन्त्रित क्वे क्रेनहरूले कार्गो जहाजहरूबाट कार्गोले भरिएका कन्टेनरहरू स्थिर रूपमा उठाउँछन् र यी कन्टेनरहरूलाई मानवरहित इलेक्ट्रिक कन्टेनर ट्रकहरूमा लोड गर्छन् । BeiDou नेभिगेसन स्याटेलाइट प्रणालीको निर्देशनमा कन्टेनरहरू अनलक गर्न र त्यसपछि कन्टेनर यार्डमा ड्राइभ गर्न रीयल टाइममा गणना गरिएको अप्टिमल ड्राइभिङ रुट अनुसार कन्टेनर ट्रकहरू अटोमेटिक लक/ अनलक स्टेशनहरूमा जान्छन् । सम्पूर्ण प्रक्रिया एकै पटक पूरा हुन्छ ।
यो स्मार्ट टर्मिनल टियांजिन पोर्ट ग्रुप (TPG) ले ह्वावे र अन्य साझेदारहरूसँग मिलेर स्मार्ट र ग्रीन र्पोट निर्माण गर्ने प्रयासको रूपमा निर्माण गरिएको हो ।
यसलाई सम्बोधन गर्न किइ इनोभेटिभ एप्लिकेसनहरू मध्ये एक ह्वावेको सेल्फ-डेभलप्ट, पुर्णरुपमा AI-आधारित इन्टेलिजेन्ट होराइजन्टल यातायात प्रणाली हो, जसले “वर्ल्ड फर्स्ट”: सिरिज हासिल गरेको छ: जसमा अल्ट्रा-L4 ड्राइभरलेसको ठूलो स्केलमा व्यावसायिक प्रयोग, विश्वको पहिलो “5G+BeiDou” सर्वव्यापी इन्टेलिजेन्सको एकीकरण, विश्वको पहिलो ग्रीन बिजुली र जिरो कार्बन उत्सर्जनमा आत्मनिर्भरता, आदि पर्दछ । यस उपलब्धिले विश्वका अन्य भागहरूलाई इन्टेलिजेन्ट र लो-कार्बन पोर्टहरू निर्माण गर्न खाका प्रदान गर्दछ ।
र्पोटको इन्टेलिजेन्ट र डिजिटल रूपान्तरणले मूर्त लाभहरू निम्त्याएको छ । पहिले र्पोट भित्र कन्टेनर यार्डहरूमा कन्टेनरहरू ढुवानी गर्न ठूलो संख्यामा कन्टेनर ट्रकहरू चाहिन्थ्यो । मानव चालकको प्रयोग धेरै महँगो छ । उदाहरणका लागि, टियांजिन पोर्टमा हाल ७६ कन्टेनर ट्रकहरू छन् । २४/७ सञ्चालन सुनिश्चित गर्न प्रत्येक कन्टेनर ट्रकलाई प्रत्येक दिन तीन सिफ्टमा काम गर्ने तीन चालकहरू चाहिन्छ । यसको मतलब कुल २१० चालक आवश्यक छ । थप रूपमा, ट्रक चालकहरूलाई तीन सिफ्टमा निश्चित मार्गहरूमा ड्राइभ गर्न थकाइ लाग्छ जसले सुरक्षा जोखिम खडा गर्दछ । अब, प्रत्येक कन्टेनरले अब २०% कम ऊर्जा खपत गर्दछ र क्रेनहरू औसतमा २०% बढी कुशल छन्, प्रत्येक क्रेनले प्रति घण्टा ३९ कन्टेनर युनिटइहरू सञ्चालन गर्दछ ।
तियान्जिन र्पोट चीनको सबैभन्दा प्राविधिक रूपमा एडभान्स्ड र्पोट हो र वन बेल्ट वान रोड इनिसिएटिबको लागि महत्त्वपूर्ण केन्द्र हो । यसमा -२२ मिटरको च्यानल गहिराईको साथ ३०००००-टन-वर्ग घाट छ । यसमा विभिन्न प्रकारका १९२ बर्थ र १०,०००-टन-वर्गभन्दा माथिका १२८ बर्थ छन् । २०२१ को अन्त्य सम्म र्पोटको कार्गो थ्रुपुट ४३५ मिलियन टन पुगि, विश्वमा नवौं स्थान ओगटेको छ, जबकि कन्टेनर थ्रुपुट १८.३५ मिलियन TEUs नाघ्दै विश्वको आठौं पोर्टमा स्थान पाएको छ ।