ह्वावे क्लाउड APAC व्दारा साझेदारको सफलतालाई गति दिन “गो टुगेदर, ग्रो टुगेदर” लिडरशिप शिखर सम्मेलनको आयोजना

शेयर गर्नुहोस

ह्वावे क्लाउड APAC, आफ्नो साझेदार इकोसिस्टमलाई बलियो बनाउन प्रतिबद्ध छ । ग्लोबल क्लाउड कम्पनीले इन्डोनेसियाको बालीमा २३ देखि २४ फेब्रुअरीसम्म APAC पार्टनर लिडरशिप शिखर सम्मेलन २०२३ को आयोजना गरेर यो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । “गो टुगेदर, ग्रो टुगेदर”  भन्ने नाराका साथ यो दुई दिने शिखर सम्मेलन एशिया-प्यासिफिक क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण क्लाउड इकोसिस्टम कार्यक्रम हो, साथै यसको दिगो विकासको अन्तिम लक्ष्य साझेदारको दक्षता निर्माण गरेर साझेदार नेटवर्कलाई व्यापक रूपमा रूपान्तरण गर्नु हो ।

यस बहुप्रतीक्षित शिखर सम्मेलनको मुख्य विशेषताहरू ह्वावे क्लाउड APAC को ह्वावे क्लाउडको रणनीति र २०२३ को लागि अपडेटहरू र GoCloud र GrowCloud नीति सहितको नयाँ साझेदार फ्रेमवर्कको घोषणा थियो जसले पहिलादेखि बलियो रहेको साझेदार इकोसिस्टमलाई अझै बलियो बनाउन खोज्दछ । ह्वावे क्लाउडको क्षमता विस्तार गर्न GoCloud सेवा र सफ्टवेयर साझेदारहरूका लागि ६० मिलियन अमेरिकि डलर लगानी प्रतिबद्ध गरिएको छ किनकि यसले साझेदारीहरू मार्फत प्रभावकारी सहकार्यलाई सक्षम बनाउँदछ । यी घोषणाहरूले ह्वावे क्लाउडको आफ्ना साझेदारहरूमा लगानी गर्ने र यस इकोसिस्टमलाई निरन्तर रूपमा विकास गर्नको लागि दुवै पक्ष सँगै अगाडि बढ्न खोज्ने प्रतिबद्धता देखाउँछन् ।

ह्वावे क्लाउड APAC ले शिखर सम्मेलनमा सफल केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । यी केस स्टडीहरू विभिन्न प्रकारका साझेदारहरूका लागि विभिन्न विकास मार्गहरू उपलब्ध गराउन र ह्वावे क्लाउडमा सोलुसन र सेवाहरूको बलियो पोर्टफोलियो सिर्जना गर्न मद्दत गर्ने क्रममा साझेदारहरूलाई प्रेरणा दिने उद्देश्यका लागि थिए । यी सोलुसन र सेवाहरूले ह्वावे क्लाउडका ग्राहकहरूका लागि थप भ्यालु अनलक गर्न सक्छन् र कम्पनीका साझेदारहरूलाई उनीहरूको ग्राहक आधार विस्तार गर्न र सेयर्ड व्यापार सफलता प्राप्त गर्न बिक्री वृद्धि गरेर मद्दत गर्न सक्छन् ।

ह्वावे क्लाउड APAC का अध्यक्ष जेंग छिंग्युनले शिखर सम्मेलनको स्पिकरहरूको विशिष्ट लाइन-अपको नेतृत्व गर्नुभयो र APAC को सबैभन्दा छिटो बढ्ने क्लाउड को रूपमा ह्वावेको महत्वाकांक्षी लक्ष्य राजस्व वृद्धि रहेको घोषणा गर्नुभयो । उहाँले ह्वावे क्लाउड APAC को इकोसिस्टम साझेदारहरू, जस्तै चाइना मोबाइल इन्टरनेशनल, ओरेन्ज बिजनेस सर्भिस, ह्युमनिका, योनयु र अन्य धेरैलाई पनि मान्यता दिनुभयो । हालैका वर्षहरूमा, ह्वावे क्लाउडले यस क्षेत्रमा सकारात्मक प्रगति गरिरहेको छ, उच्च भ्यालुका ग्राहकहरूको संख्या र यसका साझेदारहरूको राजस्वमा उल्लेखनीय वृद्धि गर्दैछ – जसले ह्वावे क्लाउडलाई डिजिटल रूपान्तरण खोज्ने उद्यमहरूका लागि उत्कृष्ट साझेदारहरूमध्ये एक बनाइरहेको छ ।

जनवादी गणतन्त्र चीन र मंगोलियाका लागि इन्डोनेसियाका राजदूत एच.इ. जउहारी ओरटमनगुनले भन्नुभयो, “चीनका ह्वावे जस्ता ठूला टेक्नोलोजी कम्पनीहरू सहित विश्वव्यापी डिजिटल कम्पनीहरूसँगको सहकार्य मार्फत इन्डोनेसियाको डिजिटल रूपान्तरण एजेन्डाको अभिव्यक्त भएको छ” ।

इन्डोनेसिया हाल भूगोल र अन्तरिक्ष क्षेत्र दुवैमा ठोस ICT पूर्वाधार निर्माण गर्न आफ्नो द्रुत मार्गमा छ । एच.इ. जउहारी ओरटमनगुनले २०४५ सम्ममा १.४३ ट्रिलियन अमेरिकि डलर हासिल गर्ने इन्डोनेसियाको दीर्घकालीन लक्ष्य रहेको छ जसमा ICT क्षेत्रले राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा २०.७% सम्मको योगदान गर्ने अपेक्षा राख्नु भएको छ ।

ह्वावे क्लाउडमा रणनीति र उद्योग विकासका अध्यक्ष, जोय हुआंगले किइ ह्वावे क्लाउड ग्लोबल रणनीति अपडेटहरू घोषणा गर्नुभयो । यी अपडेटमा ह्वावे क्लाउड कोर सेवाहरू समावेश छन् जुन विश्वव्यापी रूपमा भौगोलिक क्षेत्रहरूमा थप उपलब्धता क्षेत्रहरूको साथ व्यापार वृद्धिलाई बढावा दिन, ग्राहकहरूको विभिन्न स्थानहरूमा पूर्ण रूपमा कनेक्ट भएका उच्च-गति र स्थिर नेटवर्क र सेवाहरू प्रदान गर्न विश्वव्यापी रूपमा रोल आउट भइरहेका छन् । यी रोलआउटहरू ट्रेन्ड अँगाल्ने र यसको बलियो इकोसिस्टमको साथ भिन्नताहरू निर्माण गर्ने ह्वावे क्लाउडको भिजनको अंश हो जसले उद्योगहरूमा डिजिटल ड्राइभ गर्दछ ।

शिखर सम्मेलन चलिरहँदा, ह्वावे क्लाउडमा ग्लोबल इकोसिस्टमका अध्यक्ष केन काङले साझेदार इकोसिस्टमको वर्षौंमा भएको वृद्धिलाई छुनुभयो, यस इकोसिस्टमलाई २०२३ मा अझ बढि वृद्धि गर्न ह्वावे क्लाउडका साझेदारहरूलाई महत्त्वपूर्ण रणनीति र फाइदाहरू अनावरण गर्नुभयो । केनले पहिले ह्वावे मार्केटप्लेस भनेर चिनिने KooGallery को बारेमा पनि सेयर गर्नुभयो जसले अब फ्लेकजिबल व्यापार मोडेलहरू र पुन: बिक्रीका लागि थप च्यानलहरू सिर्जना गरेर नयाँ GTM (Go To Market) रणनीति प्रस्ताव गर्नु हुनेछ । अन्त्यमा, उहाँले एक एकीकृत सक्षम प्रणालीको उपलब्धताको घोषणा पनि गर्नु भयो  जसमा विकासकर्ता संस्थान, एक विकासकर्ता समुदाय र DevLabs भनिने अनलाइन एक्सरसाइज ल्याब समावेश हुनेछ । यो सक्षमता प्रणालीले विकासकर्ताहरूलाई तिनीहरूको आविष्कारहरूमा पालनपोषण गर्न प्रशिक्षण र प्राविधिक सहयोगको प्रावधान मार्फत DevOps टिमहरू र ह्वावे क्लाउड बीचको तालमेल सुनिश्चित गर्नेछ । 

साथै, ह्वावे क्लाउड APAC इकोसिस्टम र साझेदार विकासका उपाध्यक्ष निकोल लुले ह्वावे क्लाउडको नयाँ साझेदार फ्रेमवर्क, GoCloud र GrowCloud को सन्दर्भमा किई घोषणाहरू गर्नुभयो । GoCloud को सेवा र सफ्टवेयर साझेदारहरूको लागि ह्वावे क्लाउडमा क्षमता र सर्टिफिकेसनहरू निर्माण गर्न सहयोग गर्न ६० मिलियन अमेरिकि डलरको लगानी प्रतिबद्ध गरिएको छ। अवसर साझेदारी गरेर थप सह-बिक्री सम्झौताहरू GrowCloud सोलुसन प्रदायक साझेदारहरूको लागि प्रतिस्पर्धात्मक प्रोत्साहन र लाभहरू सुरक्षित गर्न सुरु गरिएको थियो । निकोलले पाँचवटा अलायन्सहरूको स्थापनाको बारेमा पनि कुरा गर्नुभयो: मिडिया रियलटाइम स्ट्रिमिङ एक्सेलेरेशन, डिजिटल फाइनान्स, मेटाभर्स वेब३.०, इन्टरप्राइज डिजिटल ट्रान्सफर्मेसन र इनोभेसन कनेक्ट । यी गठबन्धनहरूले क्लाउडद्वारा संचालित डिजिटल रूपान्तरणको युगमा साझेदार इकोसिस्टममा बढ्दो फाइदाहरू ल्याउनेछन् ।

शिखर सम्मेलनले ह्वावे क्लाउडको क्लाउड-नेटिभ इन्टेलिजेन्ट सेवाहरू र सोलुसनहरू पनि छोएको छ । ह्वावे क्लाउड APAC मा मार्केटिङ र उद्योग विकासका उपाध्यक्ष एन्डी जिनहुईले कम्पनीका रोमाञ्चक नयाँ उत्पादनहरू अनावरण गर्नुभयो जसमा ह्वावे कन्टेनर सोलुसन, डाटाबेस सोलुसन, इन्टेलिजेन्ट डाटा लेक सोलुसन, Web3 सोलुसन, ओरिजिन सर्भर एक्सिलिरेसन सोलुसन र लाइभ ब्रोडकास्ट आदि समावेश छन् । यी नयाँ प्रस्तावहरूले ह्वावे क्लाउडलाई सुधार गर्न, ड्राइभिंग इनोभेसन र नयाँ सेवा र सोलुसनहरू मार्फत आफ्नो साझेदार इकोसिस्टमलाई सुदृढ पार्ने ह्वावेको निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ ।

ह्वावे क्लाउड चीनमा नम्बर २, थाइल्याण्डमा ३ र एशिया-प्यासिफिकको विकासशील बजारहरूमा नम्बर ४ मा बढेको छ, साथै एशिया प्रशान्त क्षेत्र भरि बलियो उपस्थितिको साथ यस क्षेत्रका शीर्ष ५ अग्रगामीहरू मध्ये सबैभन्दा छिटो बढ्दो क्लाउड प्रदायक बनेको छ । यसको सार्वजनिक क्लाउडले २९ क्षेत्रहरू, ७५ AZs, र २,८००+ CDN नोडहरू विश्वव्यापी रूपमा सञ्चालन गर्दछ, डाटा स्थानीयकरण र व्यवस्थापन सेवाहरू प्रदान गर्दछ । एक साझेदारको रूपमा, ह्वावे क्लाउडले व्यवसायहरूलाई कम्पनीको विशेषज्ञता र प्रविधिको फाइदा उठाउन तिनीहरूको प्रस्ताव र सेवाहरू बढाउन, आफ्नो पहुँच विस्तार गर्न र नयाँ बजारहरूमा पहुँच गर्न, कर्भको अगाडि रहन र अझ प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ ।


शेयर गर्नुहोस

Leave a Comment