दूरसञ्चार मस्यौदाको सन्दर्भमा बाहिरी कुराबाट भ्रमित नहुन मन्त्री शर्माको आग्रह

शेयर गर्नुहोस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार नियमनका लागि नयाँ विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन उनले आग्रह गरेकी छन् । 

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी हुन्।

‘मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ ।’
आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णय नगरेको उनको भनाई छ ।

‘यो विषय अघि बढेकै छैन, यो विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्न चाहन्छु । राष्ट्रलाई अहित हुने कुरा गर्ने छैनौँ । ’

उनले मस्यौदा तयार भइसक्यो, यसले कसैलाई पोस्ने काम गरिरहेको छ भनेर भ्रमपूर्ण समाचार बाहिर आइरहेको भन्दै संसदमा पनि यस्तो विषय उठेकोमा असन्तुष्ट व्यक्त गरेकी छन् । 


शेयर गर्नुहोस

Leave a Comment