नेपालको “क” श्रेणीको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नलोजीज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेन नबिल बैंकका लागि क्लाउड डिजिटलकरण सेवाको बारेमा छलफल गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । वित्त सेवा व्यापार शाखा, ह्वावे इन्टरप्राइज बीजी का अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिनु भएको थियो ।
दुबै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए । ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पु¥याउनेछ जस्तै नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन, आदि । नबिल बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुनेछ र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले “एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर” (Everywhere is Bank, Banking at anywhere) पूरा गर्नेछ ।
यस रूपान्तरण मार्गमा ह्वावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ । ह्वावे, एक प्राविधिक कम्पनी, नबिल बैंकलाई अत्याधुनिक टेक्नोलोजी प्रदान गर्न प्रतिबद्ध छ जसले नेपाली जनतालाई नवीन वित्तीय डिजिटल सेवा अनुभव गराउन सक्षम बनाउनेछ ।
नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल शाहले ह्वावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो किनभने यो साझेदारीले बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण छ । उनले भने कि विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको व्यापक अनुभवले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ ।
नबिल बैंक डिजिटल रूपान्तरणका प्रकृयाद्वारा नेपाली नागरिकलाई ठूलो मूल्य सिर्जना गर्ने र उत्कृष्ट ग्राहक अनुभवहरूमा केन्द्रित भई अभूतपूर्व बेंचमार्क (benchmark) सेट गर्ने एउटा अग्रणी डिजिटल बैंक बन्ने तर्फ लक्षित भएको हुँदा उहालाई दृढ विश्वास छ कि रणनैतिक साझेदारी एउटा सिक्ने अवसर हुनेछ र अतुलनीय ग्राहक सेवा र अनुभव प्रदान गर्ने सबैभन्दा उन्नत डिजिटल टेक्नोलोजी हुनेछ ।
विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनी, ह्वावेसँग यस उद्योगमा ३० बर्ष भन्दा बढीको अनुभव छ । उक्त अनुभवको उपयोग गरेर ह्वावेले एसिया प्यासिफिक, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्व जस्ता विश्वव्यापी बजारमा वित्तीय संस्थामा सफलता हासिल गरेको छ । ह्वावेको वित्त क्षेत्रमा रणनैतिक साझेदारका रूपमा छनौट हुनुको सब भन्दा ठूला कारण ईटुई समाधान (End to end solution) प्रदान गर्ने क्षमता र १७० मुलुकहरुमा पुगेको स्थानीय सेवा रहेको छ ।
ह्वावेले वित्तीय संस्थाहरूलाई समावेशी वित्त (Inclusive finance), डाटा संचालित आविष्कारी सेवा (Data driven service innovation) र खुला बैंकिङ्ग, पूर्ण कनेक्टिभिटी र उनीहरूको ग्लोबल साझेदारहरूको (Global partners) साथ सेवा गतिशीलता कार्यान्वयनमा डिजिटल रूपान्तरण हासिल गर्नमा मद्दत गर्दछ । हाल ह्वावेले विश्वभर १६०० भन्दा बढी वित्तीय ग्राहकहरुलाई सेवा पु¥याएको छ जसमा ४५ वटा संसारको शीर्ष १०० बैंकहरु मध्य पर्दछ ।
“ह्वावे नबिल बैंकलाई डिजिटल रूपान्तरणमा सहयोग पु¥याउन प्रतिबद्ध छ र नेपालमा हाम्रो स्थानीय टिमले नबिल बैंकसँग पूर्ण सहयोगका साथ कार्य गर्नेछ । नबिल बैंकसँगको सम्झौतापत्र हस्ताक्षरले सम्पूर्ण नेपालभर डिजिटल समाधान प्रदान गर्ने लक्ष्यतर्फ थप कदम चालेको संकेत गर्दछ ।” ह्वावे इन्टरप्राइज बीजीका वित्त सेवा व्यवसाय शाखाका अध्यक्ष, चाओ चोंगले भन्नु भयो ।
डिजिटल क्लाउडलाई विकास गर्ने कम्पनीको निरन्तर प्रयास पूरा गर्न ह्वावे नेपालले जनवरी २०२० देखि क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (Cloud & AI) स्थानीय संगठन स्थापना गरेको छ जसले सम्बन्धित सेवाहरू केवल स्थानीय सरकार, उद्यम र वाहकहरूप्रति समर्पित गर्दछ ।
नेपालको इन्टरप्राइज आईटी सेवाको भर्खरको अध्ययनका अनुसार ११ उद्योग मध्ये ७४५ (मेडिया, मनोरन्जन, एयरलाइन्स, सामान्य खुद्रा, ईकमर्स, र आदि) ले उपकरणको उच्च लगानी घटाउन, जटिल मर्मत सम्भारबाट जोगिन र विश्वसनीय सेवा सुनिश्चित गर्न क्लाउड सेवालाई आईटी सेवा डिजिटलकरणका लागि छनौट गरेका छन् ।
——
नबिल बैंकको प्रविधिमा आधारित रुपान्तरण यात्राको परिचय
नबिल बैंक, वि.सं. २०४१ सालमा स्थापित नेपालको पहिलो संयुक्त लगानी (Joint Venture) बैंक हो । विगत ३६ वर्ष देखि यस बैंकले नेपाली ग्राहकवर्गलाई अनवरत बैंकिङ सेवा प्रदान गर्दै, इन्टरनेट बैंकिङ सेवा, डेविट÷क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरु, अटोमेटेड टेलर मशीन (ATM), चौबिसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषण (Electronic remmitance) लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यही २०७७ आषाढ २८ गते, ३७ औं वर्षमा प्रवेश गर्दै गर्दा नबिल बैंकले अत्याधुनिक सूचना प्रविधिको उपयोगबाट उत्कृष्ट ग्राहक सेवाका मानकहरु पुनः परिभाषित गर्दै नेपाली समाजलाई उच्चस्तरीय सेवा अनुभूति गराउने अठोट गरेको छ । बैंकले आफ्नो ग्राहक सेवा सञ्चालन प्रणाली तथा पद्दत्तिको सूक्ष्म अध्ययन पश्चात विज्ञसमूहको सुझावका आधारमा सूचना प्रविधि आधारित व्यवसायिक रुपान्तरणको यात्रा सुरु गरेको छ ।