नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (FTTH) सेवाको विस्तार गरेको छ ।
कम्पनीले थाहा नगरपालिका- 0९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।
ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल Radio Backhaul बाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै Fiber Backhaul बाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।
चित्लाङमा टेलिकमको फाइबर सेवा उपलब्ध भएपश्चात त्यहाँक बासिन्दा र घुम्न आउने पर्यटकहरुलाई भरपर्दो इन्टरनेट सेवाको पहुँच हुनका साथै डिजिटल अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास छ ।
यो पनि पढ्नुहोस: तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको 4G र च्छो-रोल्पामा भ्वाइस सेवा