ह्वावे 5G ले पास गर्‍यो GSMA NSEAS “नेटवर्क इकुप्मेन्ट सिक्युरिटी असुरेन्स स्किम”

शेयर गर्नुहोस


ह्वावेको 5G वायरलेस र कोर नेटवर्क उपकरण (5G RAN gNodeB, 5G Core UDG, UDM, UNC, UPCF) र LTE eNodeB ले GSMA नेटवर्क इकुप्मेन्ट सिक्युरिटी असुरेन्स स्किम (NSEAS) पास गरेको छ । GSMA NSEAS ले टेलिकम नेटवर्क उपकरणमा उद्योगको विश्वासलाई बढावा दिन्छ, यसले उद्योगको लागि व्यावहारिक छनौट बनाउँदछ र सबै क्षेत्रीय बजारहरूको लागि महत्त्वपूर्ण विचार बनाउँदछ, जसले संयुक्त रूपमा थप व्यवस्थित मोबाइल संचार बजारको विकासलाई प्रोत्साहित गर्दछ ।

नेसास (NSEAS) एक मानकीकृत साइबर सुरक्षा आकलन गर्ने तरिका हो, जसलाई GSMA र 3GPP ले प्रमुख वैश्विक अपरेटरहरू, विक्रेताहरू, उद्योग साझेदारहरू र नियामकहरूसँग संयुक्त रूपमा परिभाषित गरेको हो । यसले मोबाइल उद्योग भर सुरक्षाको स्तर सुधार गर्न एक उद्योगव्यापी सुरक्षा आश्वासनका रूपरेखा प्रदान गर्दछ ।

यो एक स्वैच्छिक योजना हो, जसमार्फत नेटवर्क उपकरण विक्रेताहरूले उनीहरूको उत्पादनको विकास र जीवनचक्र प्रकृयालाई विस्तृत सुरक्षा अडिटको अधीनमा राख्छ, जुन वर्तमान सक्रिय नेसास (NSEAS) रिलिज र यसको सुरक्षा आवश्यकताहरूमा आधारित छ । NSEAS आकलनको सारांश स्वतन्त्र अडिट रिपोर्ट यहाँ पाउन सकिन्छ ।

उद्योगमा व्यापक रूपले स्वीकार गरिएको GSMA NSEAS ले उक्त उपकरणहरूले स्किम अनुसारको 5G नेटवर्क सुरक्षा र विश्वसनीयता आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्दछ । एकीकृत मूल्यांकन प्रक्रियाले खण्डित मूल्यांकन र तिनीहरूको परिणामहरूलाई बेवास्ता गर्दछ, भने दृश्य र मापन परिणामको माध्यमबाट उद्योगमा सुरक्षा संरक्षण स्तरहरूको पारदर्शिता सुधार गर्दछ ।

NSEAS ले २० मूल्यांकन कोटाहरू ओगटेको छ जसले 5G उत्पादन विकास र उत्पादन लाइफ साइकल प्रक्रियाहरूको लागि सुरक्षा आवश्यकता र मूल्यांकन फ्रेमवोर्कहरू परिभाषित गर्दछ । साथै यसले नेटवर्क उपकरणहरूको सुरक्षा आकलन गर्न घन्एए द्वारा परिभाषित सुरक्षा परीक्षण केसहरू प्रयोग गर्दछ ।

“GSMA NSEAS मोबाइल संचारको नेटवर्क सुरक्षा आकलन गर्ने नयाँ विधि हो । यस 5G युगमा, NSEAS ले एक मानकीकृत र प्रभावकारी साइबर सुरक्षा मूल्यांकन प्रदान गर्दछ, जसले सञ्चार उद्योगलाई निष्पक्षता सुनिश्चित गर्दछ । सो मूल्यांकन पनि सरोकारवालाहरु जस्तै अपरेटरहरू, उपकरण विक्रेताहरू, सरकारी नियामकहरू र अनुप्रयोग सेवा प्रदायकहरू को लागि एक महत्वपूर्ण सन्दर्भ हो । ह्वावेले जहिले पनि टेक्नोलोजीद्वारा संचालित साइबर सुरक्षामा ध्यान केन्द्रित गरेको छ । हामी NSEAS लाई पूर्ण समर्थन र सहयोगका साथ स्वागत गर्दछौं । हामी सम्पूर्ण उद्योगलाई संयुक्त रुपमा मोबाइल संचार बजारको विकासको प्रचार गर्नका लागि आमन्त्रित गर्दछौं ।” 5G E2E साइबरसेकुरिटी मार्केटिंग, ह्वावे का प्रमुख डेविन डुआनले भन्नुभयोे ।

ह्वावेका लागि साइबर सुरक्षा आश्वासन ह्वावे, ग्राहकहरू, सुपरिवेक्षण अधिकारीहरू र अन्य सरोकारवालाहरू बीच साझा लक्ष्य हो । साइबर सुरक्षामा विश्वास एक प्रमुख वैश्विक चिन्ताको विषय भएको छ किनकि विश्व डिजिटल हुँदै गएको छ । ह्वावेलाई लाग्छ कि विश्वास प्रमाणित तथ्यहरुमा आधारित हुन्छ, जुन साझा मापदण्डमा आधारित हुनुपर्दछ । हामी विश्वास गर्छौं कि यो डिजिटल युगमा विश्वास निर्माण गर्ने एक प्रभावकारी तरीका हो ।

ह्वावेले GSMA र 3GPP लाई विश्वव्यापी मापदण्डकृत सुरक्षा मूल्यांकनको विकास गर्न समर्थन गर्दछ जुन एक ठूलो रूपमा उद्योग सहमतिका रूपमा स्वीकार गरिएको सोच हो । नेसास ले यो अवधारणालाई बढावा दिन्छ र त्यस्तै नै ह्वावेले उद्योगलाई व्यापक रूपमा नेसास लाई अपनाउन आग्रह गर्दछ । GSMA NSEAS पास गर्नु अघि, ह्वावेले चीनको आईएमटी–२०२० (5G) प्रमोशन समूहले 5Gसाइबर सुरक्षा परीक्षण पनि पास गरेको छ । यी परीक्षण विशिष्टताहरु 5G सुरक्षा आश्वासनका लागि 3GPP अन्तर्राष्ट्रिय मापदण्डहरूमा आधारित छन् ।


शेयर गर्नुहोस

Leave a Comment