ह्वावेले आफ्नो ओप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल नेटवर्क इनोवेशन फोरममा गर्नेछ भनेर घोषणा गरेको छ,जसमा नयाँ गति, नयाँ साइट, नयाँ स्मार्ट O&M, नयाँ स्किमा र नयाँ सेवाहरु जस्ता विशेषताहरु रहेको छ । यो सोलुसनले अपरेटरहरूलाई इनोभेटिभ सेवाहरू विकास गर्न र फस्टाउन मद्दत गर्नेछ।
ग्लोबल महामारीले गर्दा घरेलु नेटवर्कमा, मनोरन्जनको स्रोतको रूपमा सेवा गर्नदेखि लिएर घरबाट काम गर्ने र सिकाउने तरिकामाचरम परिवर्तन देखिएको छ । यसको परिणाम स्वरूप प्रयोगकर्ता अनुभवको आवश्यकताहरू उच्च बनाउदछ । यसको साथसाथै उद्यम डिजिटलाइजेशनले डिटर्मिनिस्टिक अनुभवको (Deterministic Experience) जरुरी आवश्यकता पनि निम्त्याएको छ ।
उत्कृष्ट र निश्चित प्रयोगकर्ता अनुभवको ग्यारेन्टी गर्न अप्टिकल नेटवर्क महत्वपूर्ण छ र २०१९ माह्वावेले 5G–उन्मुख ओएन २.० (ON 2.0) सोलुसन जारी गरेको थियो जसले तीन नयाँ प्रविधीहरू प्रस्तुत गर्दछः नयाँ गति, नयाँ साइट, र नयाँ स्मार्ट O&M, जसले एक अनुभव केन्द्रित सेवा प्रसारण नेटवर्क निर्माण गर्ने लक्ष्य राख्दछ । २०२० मा अल–अप्टिकल नेटवर्क उद्योगको विकासलाई बढावा दिन र अपरेटरहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि अल–अप्टिकल मेट्रो आर्किटेक्चरहरू निर्माण गर्न ह्वावेले आफ्नो ओएन २.० सोलुसन अपग्रेड गरेको छ ।
नयाँ गति: फाइबर क्षमता अधिक बढाएर इष्टतम प्रति बिट लागतप्राप्त गर्न सकिन्छ । ह्वावेको ८००G अप्टिकल मोड्युलले २०० देखि ८०० Gbit/s लाइन रेट र अद्वितीय च्यानल म्याच्टसेपिङ (CMS) एल्गोरिदम प्रयोग गरी २०५ थप लामो प्रसारण दूरी सर्पोट गर्दछ । सुपर सी–बैन्ड सोलुसनले १२० च्यानलहरू प्रदान गर्दछ र सुपर सींएलको सहज विकासलाई समर्थन गर्दछ । यसको परिणाम स्वरूप ह्वावेले विश्वव्यापी अपरेटरहरूलाई १२० भन्दा बढी २००G व्यावसायिक नेटवर्कहरू निर्माण गर्न मद्दत गरेको छ ।
नयाँ साइटहरू: साइटहरूको TCO लाई कम गर्न सरल बनाइएकोे छ । विद्युतीय तहमा ह्वावेको लिक्विड OTN सोलुसनले प्रति साइट लेटेन्सीलाई ७०% ले घटाउँछ र ब्यान्डविथलाई २M हार्ड स्लाइसमा भाग लगाई १०० गुणा बढी कनेक्सनलाई सर्पोट गर्दछ । अप्टिकल लेयरमा ह्वावेको नयाँ कम्प्याक्ट OXC उत्पादन OSN 9800 P32C विभिन्न परिदृश्यहरुमा फिट गर्न पर्याप्त लचिलो छ । यसले आन्तरिक फाइबर जडानको आवश्यकतालाई हटाएर ओगटेको क्षेत्र ९०% र बिजुली खपत ६०% ले घटाउदछ । हाल, करीब १००० OXC उत्पादनहरू ६० भन्दा बढी ग्लोबल कमर्सियल नेटवर्कहरूमा तैनात गरेको छ ।
नयाँ स्मार्ट O&M: अल–अप्टिकल अटोनोमस ड्राइभिङ नेटवर्कले ह्वावेको iMaster NCE सरलीकृत O&M को लागि उपयोग गर्दछ भने ASON 2.0 सोलुसनले जुन बेला पनि सेवा ९९.९९९% नेटवर्क उपलब्धताको साथ दिँदछ । ह्वावेको आईमास्टर एनसीई हालसम्म इटाली, नेदरल्याण्ड्स, साउदी अरेबिया, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियाका अग्रणी अपरेटरहरूले १३० अप्टिकल नेटवर्कमा परिचालन गरिसकेको छ ।
नयाँ स्किमाः अप्टिकल नेटवर्कहरू स्थिर अल–अप्टिकल मेट्रो आर्किटेक्चरको निर्माणको लागि एज ९भ्मनभ० सम्म विस्तार गरिएको छ । महत्वपूर्ण कुरा इत्ल् लाई ऋइ र कगदऋइ मा विस्तार गरेर वान–हपटु क्लाउड प्राप्त गर्नु, ब्यान्डविथ ग्यारेन्टी गर्नु, कमलाटेन्सी र उपलब्ध उच्च गर्नु, घर, कम्पनी, मोबाइल प्रयोगकर्ता र क्याम्पसहरुलाई सिधा जडान गर्नु हो । अल–अप्टिकल मेट्रोले अधिक प्रीमियम सेवाहरूको लागि एक ठोस आधार निर्माण गर्नेछ ।
नयाँ सेवाहरु : उच्च गुणवत्ता अप्टिकल जडानहरूबाट प्रीमियम सेवा अनुभव प्राप्त गर्न सकिन्छ । OTN प्रीमियम निजी लाइन सोलुसनले फरक SLA सेवाहरू प्रदान गर्दछ र बैंडविड्थ अन डिमान्ड, कमलाटेन्सी, सर्ट टाईम टु मार्केट र उच्च उपलब्धता जस्ता सुविधा प्रदान गर्दछ । अहिलेसम्म, निजी लाइन सेवाहरूको लागि ७० भन्दा बढी अप्टिकल नेटवर्कहरू विश्वव्यापी रूपमा निर्माण गरि सकेको छ । यसैबीच, घरेलु प्रयोगकर्ताहरूको लागि उद्यम कोटिको प्रीमियम अनुभव दिलाउन ह्वावेले ओटिएन प्रीमियम होम ब्रोडब्यान्ड सोलुसन पनि आरम्भ गरेको छ । यस सोलुसनले अल–अप्टिकल गोल्ड पाइपव्दारा डिटर्मिनिस्टिक घरेलु सेवा अनुभव प्रदान गर्दछ र साथै घरेलु उपयोगकर्ताको एआरपीयू (ARPU) बढाउदछ ।
“अप्टिकल नेटवर्कहरूले छन्, होम ब्रोडब्यान्ड, निजीलाइन र क्लाउडमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । अल–अप्टिकल शहरको लागि एन्ड टू एन्ड टार्गेट नेटवर्कनै सबै प्रीमियम सेवाहरु प्रदान गर्नेआधार हो, त्यसैले आउनुहोस् अप्टिकल नेटवर्क उद्योगको अर्को सुनौलो दशक अँगाल्नको लागि संगै काम गरौं,” ह्वावेको प्रसारण र एक्सेस नेटवर्क प्रोडक्ट लाईनका अध्यक्ष रिचर्ड जिनले भन्नु भयो ।