ग्लोबल इनोभेशन ड्राइभ गर्नको लागि ह्वावे 5G टेक्नोलोजी ट्रान्सफर गर्न तयार

संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीति र आपसी बिकासका लागि व्यापार सहयोगको आह्वान गर्नु भएको छ ।


ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गर्नुभयो । खुला व्यापार नीतिले आपसी बिकासलाई सम्भव बनाउने कुरामा अन्तर्निहित विश्वास रहेको भन्दै रेन झेंगफेईले ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि ह्वावे छन् टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको कुरामा जोड दिनुभयोे ।

खुला व्यापार नीति आह्वान गर्दै रेन झेंगफेईले भन्नुभयो, “अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि उत्तम छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एक्लै वैश्विक उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासहरूको आवश्यकता छ ।”

विश्वव्यापी रूपमा 5G को सम्भावित प्रभावको बारेमा चासो देखाउँदै झेंगफेईले भन्नुभयो, “हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, 5G प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोड देखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथसाथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्ने छ ।”

आधुनिक ग्लोबलाइज्ड उद्योग परनिर्भर छ जसलाई खुला सप्लाई चेन र भौगोलिक क्षेत्रका कम्पनीहरूबीच सहयोगको आवश्यकता छ । इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न अग्रणी ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले माइनिङ, पोर्ट, फलाम र स्टिल, कोइला जस्ता विविध उद्योगहरूका लागि प्लेटफार्महरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछ ।

यसका ग्राहकहरूलाई उच्च वर्गका उत्पादनहरू र सोलुसनहरू प्रदान गर्नका लागि प्रतिबद्धता जारी राख्दै ह्वावेले टेलिकम बाहेक नवीनता ईन्जिन फायर गर्दै, विश्वभरिबाट १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशालाहरू सन्चालन गरेको छ जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र सौंदर्यशास्त्र र खानपान उद्योग जस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको छ ।

रेन झेंगफेई को ताजा अन्तर्बार्ता यहाँ पढ्नुहोस ।

Leave a Comment