ह्वावे थाईल्यान्डले प्राप्त गर्‍यो प्रतिष्ठित प्रधानमन्त्रि अवार्ड डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर

शेयर गर्नुहोस

थाई प्रधानमन्त्री प्रयुत चान-ओ-चाले मंगलबार ह्वावे टेक्नोलोजी (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गर्नु भयो ।

प्रधानमन्त्रीले ह्वावेका कार्यकारीहरुलाई बधाई दिनु भयो र थाइल्याण्डलाई अगाडि बढाउन कम्पनीको मिसन जारी राख्न आग्रह गर्नु भयो ।

प्रयुतले भन्नु भयो कि उहाको सरकारले 5G र एआई ( AI ) प्रणालीको विकासमा जोड दिन्छ र आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गर्नु भयो ।

Image

ह्वावे टेक्नोलोजी थाईल्याण्डका सीईओ श्री आबेल डङ्ग थाईल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान-ओ-चाबाट “प्रधानमन्त्री पुरस्कार: डिजिटल इन्टरनेसनल कर्पोरेशन अफ द इयर” गर्वका साथ स्विकार्दै ।

यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाईल्यान्ड राज्यमा स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि सम्मान हो। यो पुरस्कार प्राप्त गर्ने यो एक मात्र अन्तर्राष्ट्रिय कम्पनी हो।

डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भन्नु भयो, ” ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पुर्‍याउँछ। प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ। “

नट्टापोनले भन्नु भयो कि COVID-19 महामारीको क्रममा, ह्वावेले एआई-सहयोगी समाधान र देशको चिकित्सा टोलीलाई अस्पतालहरुमा सहयोग गर्न 5G प्रविधि प्रयोग गर्‍यो।

उहाले भन्नु भयो कि थाइल्यान्डको पहिलो 5G इकोसिस्टम इनोवेशन सेन्टर (5G EIC) ह्वावेको सहयोगमा सुरू गरेको हो र 5G टेक्नोलोजीले थाइल्यान्डलाई आफ्नो व्यवसायिक प्रतिस्पर्धा बढाउन सहयोग पुर्‍याएको छ।

नट्टापोनले भन्नु भयो कि थाइल्यान्ड ह्वावेको डिजिटल अर्थव्यवस्था ड्राइभ गर्न लगातार प्रयास र सद्भावना को लागि कृतज्ञ छ।

ह्वावे थाईल्याण्डका सीईओ आबेल डङ्गले भन्नु भयो, “ह्वावेले दीर्घकालीन साझेदारीको महत्त्व राख्छ र थाइल्याण्डलाई डिजिटल युगको अग्रस्थानमा राख्न मद्दत गर्न ग्राहकहरू र साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ।”

” ग्रो इन थाइल्यान्ड कन्ट्री बुट टु थाइल्यान्ड (Grow in Thailand, Contribute to Thailand) भन्ने मिसनको साथ, ह्वावेले एसिया-प्रशान्त क्षेत्रमा थाइल्याण्ड (भित्र) एक डिजिटल हब निर्माण गर्न मद्दत गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ। हामी प्रत्येक व्यक्तिको लागि, हरेक घरमा डिजिटल ल्याउनेछौं, जस मार्फत पूर्ण रूपमा कनेक्टेड र इन्टेलिजेन्ट थाइल्यान्ड बन्नेछ “


शेयर गर्नुहोस