5G सम्भावनालाई बढावा दिन LTE फाउन्डेशन सुदृढ गर्दै

शेयर गर्नुहोस

१४० कमर्सियल 5G नेटवर्क ५९ देशहरूमा तैनाथ भए संगै २०२० मा 5G डिप्लोइमेन्टको गति तिब्र भयो र इकोसिस्टम पनि द्रुत रूपमा परिपक्व हुँदैछ । ८००,००० भन्दा बढी 5G साइटहरू विश्वव्यापी रूपमा रोल आउट गरिएको छ तथा कम्पेटिबल ह्यान्डसेटको मूल्य ३५० डलर सम्म झरेको छ ।

चार वा पाँच बर्षमा GSMA इन्ंटेलिजेंसको पूर्वानुमानबाट 5G डाटा, कुल मोबाइल कनेक्सनको आधा भन्दा बढीको हुनेछ, यसको मतलब LTE नेटवर्कले कम्तिमा पनि अर्को दशक सम्म धेरै देशहरूमा डाटा ट्राफिकलाई सहायता दिनेछ किनकि यो प्रयोगकर्ता अनुभवको लागि अन्तर्निहित स्तम्भ रहिरहनेछ ।

बिभिन्न राष्ट्रहरू जहाँ अझै 5G रोल आउट भएको छैन, उनिहरुको लागि LTE कभरेज अझ महत्वपूर्ण हुनेछ किनकि यो मोबाइल ब्रोडब्यान्ड कनेक्टिविटीको लागि आधार हो ।

यी MWC शंघाई २०२१ मा आयोजित वायरलेस फाउन्डेशन शिखर सम्मेलनका वक्ताहरूबाट लिने मुख्य टेकवेहरू थिए जसले भविष्यको वायरलेस फाउन्डेशन नेटवर्क कसरी बनाउने भन्ने बारे छलफल गर्नुभयो जुन मोबाइल अपरेटरहरूको लाभदायक व्यवसायलाई सहयोग पु¥याउन शक्तिशाली, सरल र दक्ष हुनुपर्दछ ।

5G कर्नर स्टोन

ग्लोबल वायरलेस नेटवर्क मार्केटिङ र सोलुसन ह्वावेका VP मोहम्मद मडकौरले भन्नुभयो कि उद्योग 5G युगमा दृढ भईरहेको छ जुन चीनको संख्याले देखाउँदछ र तपाईसंग भएको स्पेक्ट्रमको आधारमा, तपाईको पूर्वाधार कत्तिको उन्नत छ र तपाईको बजार कत्तिको विकसित छ भन्ने कुराहरुमा निर्भर रहेर त्यहाँ लक्ष्यित नेटवर्कमा पुग्ने विभिन्न रणनीतिक मार्गहरू हुनुपर्दछ ।

प्रत्येक देश र हरेक अपरेटरले अहिले 5G लाई हेरिरहेको हुनुपर्दछ भन्ने कुरामा सहमत छन । तर यो भइरहँदा उहाँले भन्नुभयो कि धेरै डाटा अझै 4G मार्फत नैे हुनेछ जसलाई सबैका लागि एक विश्वव्यापी टेक्नोलोजीको रूपमा मान्नु पर्दछ ।

उहाँले LTE का लागि प्रमुख ड्राइभर समग्र इकोसिस्टम हो भन्नुभयो जसमा ह्यान्डसेटको मूल्य न्युनतम १५ डलरमा झरेको छ र टेक्नोलोजीको उच्च दक्षताले वर्षौंसम्म यसलाई मोबाइल ब्रोडब्यान्डको मुख्य प्रबिधी बनाउने छ ।

यहाँ कुनै शंका छैन कि 4G कनेक्शन अझै विस्तार हुँदैछ । उहाँले LTE टेक्नोलोजी धेरै लामो समयसम्म रहिरहने निश्चित भएकोले डाटा प्रयोग बढ्दै जाँदा LTE को भारी प्रयोग जारी रहनेछ, भन्नुभयो ।

“4G मा गरिएको प्रत्येक लगानी 5G समेत को लागि पनि हो । मुख्य ध्यान दिनु पर्ने कुरा के हो भने समग्रमा हामीले 4G र 5G लाई कसरी साथमा राख्न सक्छौं होला ताकि हामी अनुभवलाइ राम्रो बनाउन सकौं ।”

मडकौरले उल्लेख गर्नुभयो कि LTE र न्यू रेडियो (NR) को सहकार्यमा स्मार्ट एकंर सामेल छ जसले बुद्धिमानीका साथ 5G सक्रिय गर्ने दर १०० प्रतिशतसम्म बढाउन एकंरलाई छनौट गर्न सक्दछ ।

थप रूपमा, E-UTRA-NR डुअल कनेक्टिविटी (EN-DC) ले 5G प्रयोगकर्ता अनुभवमा, खास गरी 5G सेल एज क्षेत्रका प्रयोगकर्ताहरूका लागि, उल्लेखनीय सुधार ल्याउन सक्दछ जबकि डाइनामिक स्पेक्ट्रम शेयरिङ्ग (DSS) ले LTE र NR बीच साझा स्पेक्ट्रम प्रयोग गरी छिटो 5G डिप्लोय र LTE ट्राफिक ग्रोथ आवश्यकताहरू पूरा गर्न सक्दछ ।

क्षमता विकास

सीएमपाक (जोंग) को नेटवर्क योजना विभाग प्रमुख फारुख रजा खानले भन्नुभयो, देशका अपरेटरहरूले स्पेक्ट्रममा १० प्रतिशत राजस्व खर्च गरिरहेका छन्, जुन पाकिस्तानमा मोबाइल ब्रोडब्यान्ड विकासलाई ढिला बनाउने धेरै मध्ये एउटा कारक हो ।

धेरै अवरोधहरूको बाबजुद बितेका दुई बर्षमा, 4G पेनिट्रेसन तीन गुणाले बढेर २३ प्रतिशतबाट ६५ प्रतिशतमा पुगेको छ, जुन उहाँले उल्लेख गरे अनुसार मुलुकमा डाटाको उच्च मागलाई जनाउँदछ । उही अवधिमा यसको ट्राफिक झन्डै २०० प्रतिशतले बढेको छ, जसमा उच्च उपयोग साइटहरूको संख्या द्रुत रूपमा बढेकोेले प्रयोगकर्ता अनुभव कायम राख्न तत्काल क्षमता विस्तार आवश्यक पर्दछ ।

थप चुनौतिहरू भनेको साझेदारी साइटहरूमा टावर स्पेस सीमित भएको कारण उपकरण अपग्रेड गर्नमा कठिनाई हो ।

द्रुत LTE ट्राफिक वृद्धि र यसको विशिष्ट आवश्यकताहरू पूरा गर्नका लागि साझा टावरमा बनेको साइटहरूको एक तिहाइ भन्दा बढीमा अपरेटरले ह्वावेको एफडिडि (FDD) स्मार्ट 8T8R सोलुसनलाई छनोट ग¥यो जसमा १८०० मेगाहर्ट्ज र २१०० मेगाहर्ट्ज डुअल–ब्यान्ड 8T8R RRUs र सफ्टवेयर डिफाइन्ड एन्टेना छन् ।

NR मा अपग्रेड पछि थप लाभका लागि डाइनामिक बीमफर्मिङ मार्फत ग्राहकको अनुभवमा सुधार ल्याएको छ र Twin Beam प्रयोग गरेर LTE सेल क्षमता विस्तार गरेको छ ।

२०१८ मा टीआईएम (TIM) ब्राजिलले यसको दुई मुख्य प्रतिस्पर्धीहरूको तुलनामा स्पेक्ट्रम ग्यापको सामना गरेको थियो जसले ग्राहकहरूलाई डेलिभर गर्ने डाटाको गति सीमित पारेको थियो ।

टीआईएम ब्राजिलका सीटीआईओ, लियोनार्डो क्यापडेभिलले व्याख्या गर्नुभयो कि बेस स्टेशनहरू थप गर्नु भनेको विकल्प होइन किनकि नयाँ साइटहरू लिन महँगो पर्दछ र देशले शहरहरूमा आवश्यक साइटहरूको संख्या कडा रुपमा सीमित गरेको छ ।

Massive MIMO समाधानको प्रमुख कार्यान्वयन पछि अपरेटरले साइटहरूको क्षमता तीन देखि पाँच गुणाले सुधार गर्न सकेको थियो ।

टीआईएमले २०० शहरहरूमा Massive MIMO तैनात गरेको छ । क्यापडेभिलले भविष्यका लागि यो डिप्लोइमेन्ट पनि एकदम महत्त्वपूर्ण छ भनेर विश्वास गर्नु हुन्छ किनकि जब 5G सुरु हुन्छ 5G स्पेक्ट्रमलाई तल्लो ब्यान्डको संगै एग्रीगेसन (Aggregation) गर्न सकिन्छ जसले टीआईएमलाई ब्राजिलको उत्तम मोबाइल नेटवर्क बनाउनेछ ।

सुधारिएको कभरेज

चाइना टेलिकमले शहरी अनुप्रयोगहरूको लागि उपनगरीय र ग्रामीण कभरेज र एमएमवेभ (mmWave) स्पेक्ट्रम सुधार गर्न LTE बाट २.१ गिगाहर्ज ब्यान्ड प्रयोग गरी 5G सेवा विस्तार गर्ने योजना बनाएको छ ।

चाइना टेलिकमका प्रमुख विज्ञ की बिले कम फ्रिक्वेन्सी ब्यान्डको प्रयोगले भ्वाइस र IOT लगायत सबै अनुप्रयोगहरूको लागि उच्च कभरेज दिन्छ भन्नुभयो, र उच्च फ्रिक्वेन्सि ब्यान्डले बढी क्षमताको लागि Massive MIMO टेक्नोलोजी प्रयोग गर्न सक्दछ ।

अपरेटरको LTE नेटवर्क ८०० मेगाहर्ट्ज ब्यान्डमा ४००,००० भन्दा बढी साइटहरू छन्, जुन कीले भन्नुभयो कि NB-IoT र VoLTE सेवाहरूको राष्ट्रव्यापी वितरणलाई सजिलो बनाएको छ । कम्पनीले २०२० मा क्षमता र थ्रुपुट सुधार गर्न यसको NB-IoT नेटवर्क R14 मा अपग्रेड गरेको थियो ।

“नतिजा स्वरूप हामीले २०१९ देखि २०२० सम्ममा १०० प्रतिशतको वृद्धिदर देख्यौं । हाल चीन टेलिकमसँग व्यापक NB-IoT कनेक्सनहरू छन्, NB-IoT अनुप्रयोगहरूको एक रिच सेटलाई सपोर्ट गर्ने ८० मिलियन भन्दा बढी कनेक्सनहरू छन्,” कीले भन्नुभयो ।

अपरेटरले विक्रेताहरूलाई पनि ह्यान्डसेटहरूमा VoLTE डिफल्ट–अन सफ्टवेयर प्रदान गर्न प्रोत्साहित गरेको छ, जसले छ महिना भित्रमा २०० भन्दा बढी ह्यान्डसेट मोडेलहरू अपग्रेड गरेको छ । 2G र 3G बाट VoLTE माइग्रेसन ड्राइभ गर्न कम्पनीले कम मूल्यको VoLTE फिचर फोन सुरूवात गर्न मद्दत गरेको छ । यी प्रयासहरूको साथ यसले दुई बर्षमा २०० मिलियन VoLTE प्रयोगकर्ताहरू प्राप्त गरेको छ ।

यसै बीच, थाईल्याण्डमा AIS ले भ्वाइस अनुभव सुधार गर्नका लागि आफ्नो LTE नेटवर्क ९०० मेगाहर्ट्ज ब्यान्ड प्रयोग गरी ५ मेगाहर्ट्जबाट १० मेगाहर्ट्जमा विस्तार गरेको छ ।

एआईएसका राष्ट्रव्यापी अपरेशन र सपोर्ट विभाग प्रमुख, वासिट वट्टनसपले 5G भ्वाइस सेवाको जग VoLTE हो, जुन कि हाम्रो लागि VoLTE महत्वपूर्ण हुनुको कारण हो भन्नुभयो ।

उहाँले VoLTE को मुख्य फाइदा भनेको ह्यान्डसेटको ब्याट्रीे आयु लगभग ४० प्रतिशत बढाउने र कल सेटअप समयको गति पनि बढाउने भन्नुभयो । “पछिल्लो चरणमा थप्न सकिने अन्य सेवाहरूमा RCS वा अन्य मल्टिमेडिया सेवाहरू छन्,” वासिटले भन्नुभयो ।

LTE मा लिगसी सेवाहरूको माइग्रेसनको लागि लो–ब्यान्ड कभरेज आवश्यक छ । यद्यपि, लो–ब्यान्डहरू साँघुरो छन् र धेरै प्रयोगकर्ताहरूले मध्य ब्यान्डको तुलनामा यसको राम्रो कभरेजलाई प्राथमिकता दिंदा कनजेसन उत्पन्न हुन सक्छ जसले गर्दा विशेष गरी सेल एज प्रयोगकर्ताहरूको लागि नराम्रो अनुभव हुन जान्छ ।

मडकौरको प्रस्तुतिमा उहाँले लो–ब्यान्डको अनुभव बृद्धि गर्न लो–ब्यान्ड 4T4R+सिंगलसेल सोलुसन प्रयोग गर्न सफारिस गर्नुभयो ।

“सिंगलसेलले सेलको मध्य भागको प्रयोगकर्ता ट्राफिक मध्य–ब्यान्डमा सेडुल गर्दछ र लो–ब्यान्डलाई सेल एज प्रयोगकर्तामा ध्यान दिन लगाउछ । यो गरेर सबै ब्यान्डहरू एक सेलको रूपमा निर्धारित हुनेछ र मिड–ब्यान्ड र लो–ब्यान्डको विशेषता पूर्ण रूपमा उपयोग गर्न सकिन्छ,” मडकौरले भन्नुभयो, जसले लो–ब्यान्ड 4T4R+SingleCell ले ५० प्रतिशत देखि ८० प्रतिशत सम्म लो–ब्यान्डमा प्रयोगकर्ताको अनुभव लाभ ल्याउन सक्छ भन्ने उल्लेख गर्नुभयो ।

LTE मा जादा

काईओएस (KaiOS) टेक्नोलोजीका सीईओ सेबास्टियन कोडभिलले लगभग २ अरब मानिसहरूले अझै पनि 2G फिचर फोन प्रयोग गर्छन भनेर जोड दिनुभयो्, र “यी 2G प्रयोगकर्तालाई 4G मा पूर्ण रूपमा माइग्रेट गर्न इन्टरनेट जडित सस्तो फोनहरू चाहिन्छ” भन्ने सुझाव दिनुभयो ।

उहाँले व्याख्या गर्नुभयो कोही व्यक्ति इच्छाले इन्टरनेटमा कनेक्टेड छैनन् किनभने उनीहरू साधारण उपकरण प्रयोग गर्न चाहन्छन् । धेरैजसो कनेक्टेड छैनन् किनकि उनीहरूले इन्टरनेट जडित उपकरण किन्न सक्दैनन् ।

कोडभिलले जीएसएमए डाटा फाइन्डिङ्ग उद्धृत गर्दै भन्नुभयो कि स्मार्टफोनको लिन तपाईसँग एक दिनको कम्तिमा १० डलरको आय हुनु पर्दछ । उदीयमान बजारहरूमा उपकरणको किफायती नै मुख्य मुद्दा हो ।

“फिचर फोनको नयाँ प्रकारले जटिलताको यस अंशलाई समाधान गर्दछ । 4G वा 5G माइग्रेसनको सुविधा प्रदान गर्दा यसले अर्को बिलियनलाई सस्तो मुल्यमा इन्टरनेट पहुँच प्रदान गर्दछ । ”

स्मार्ट फिचर फोनहरू KaiOS मा चल्दछन् र LTE नेटवर्कहरू सपोर्ट गर्दछ साथै KaiStore मा पहुँच राख्दछ जसले ९०० भन्दा बढी लोकप्रिय र आवश्यक अनुप्रयोगहरू होस्ट गर्दछ, र प्रयोगकर्ताहरूलाई बहुमूल्य डिजिटल सामग्रीबाट फाइदा लिन र मित्रहरू, परिवारसँग सम्पर्कमा रहन दिन्छ, उहाँले भन्नुभयो ।

भारतमा रिलायन्स जियोसँग तीन वर्ष काम गरे पछि अपरेटरका करिब २६ प्रतिशत ग्राहकहरूले KaiOS उपकरण प्रयोग गर्दछन् ।


शेयर गर्नुहोस