ह्वावे डेभ्लपर कन्फेरेन्स (HDC.Cloud) २०२१ मा, ह्वावेले छ वटा इनोभेटिभ उत्पादन र सेवाहरू प्रवर्तन गरेको छ जसमा Huawei Cloud CCE टर्बो क्लाउड कन्टेनर क्लस्टर, CloudIDE इन्टेलिजेन्ट प्रोग्रामिंग असिस्टान्ट, GaussDB (ओपनगसका लागि) डाटाबेस, विश्वासिलो इन्टेलिजेन्ट कम्प्युटिंग सेवा (TICS), पंगु मोडल (विश्वको सबैभन्दा ठूलो चिनियाँ NLP मोडेल र CV मोडेल सहित) र विविध कम्प्युटिंगको लागि पूर्वाधार सफ्टवेयर रहेको छ । यी छ उत्पादनहरूले दक्षता र गुणस्तरलाई नयाँ स्तरमा पु¥याई डेभ्लपरहरुलाई नयाँ आयामहरू तिर लाग्न मद्दत गर्दछ । ह्वावेले यस बर्षमा आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलरको लगानी पनि घोषणा गरेको छ । ह्वावे डेभ्लपर प्रोग्राम २.० मा भर्खरै घोषित ह्वावे क्लाउड पार्टनर इनोभेशन प्रोग्राम, कुन्पेग ओपनमाइन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट शामिल हुनेछ । यि भरिपूर्ण प्याकेजले ह्वावे क्लाउड, कुन्पेग र एसेन्डको वरिपरि रही लगातार मजबूत इकोसिस्टमलाई बढावा दिन मद्दत गर्नेछ । HDC.Cloud २०२१ चीनको शेन्जेनमा युनिभर्सिटी टाउनमा आयोजना हुन्छ । तीन दिने कार्यक्रममा किनोट स्पिचहरु, प्राविधिक शिखर सम्मेलन, प्रशिक्षण शिविर, कोड प्रयोगशाला, डेभ्लपर कार्निभल र एक विशेष किसिमको फोरम जसमा शिक्षक, युवा प्रतिभा र ह्वावे लुमिनरिज् सामेल भएको हुनेछ । यो कार्यक्रमले क्लाउड, AI, कम्प्युटिंग र ओपन सोर्सका पछिल्ला ट्रेन्डहरू छलफल गर्न उद्योगको शीर्ष दिमाग, शिक्षाविद्को प्रतिभा साथै डेभ्लपर इकोसिस्टमका लिडरहरू एकै ठाउँ ल्याउँछ ।
रिचर्ड यू, ह्वावेका कार्यकारी निर्देशक र ह्वावेका क्लाउड BU तथा उपभोक्ता व्यापार समूहका सीईआले कार्यक्रमको उद्घाटन एक किनोट स्पिचबाट गर्नुभयो । यूले भन्नुभयो , “२०२५ सम्ममा विश्वका १००% उद्यमहरूले क्लाउड टेक्नोलोजीको प्रयोग गर्ने छन् । क्लाउड आईसीटी (ICT) उद्योगको भविष्य हो र उद्यमहरूको डिजिटल रूपान्तरणको आधार हो । डेभ्लपरहरू उद्योगको आत्मा हुन् । ह्वावेले आफ्नो टेक्नोलोजिकल इनोभेसन क्षमताहरू अगाडि ल्याउन जारी राख्नेछ र डेभ्लपर र साझेदारहरूसँग क्लाउड र ब्यापारिक इन्टेलिजेन्ट रूपान्तरणको गति बढाउनको लागि कार्य गर्नेछ । ”
क्लाउड नेटिभ र AI का लागि ६ अभिनव उत्पादनहरू
क्लाउड नेटिभ र AI टेक्नोलोजीहरूको विकास र प्रयोग भए संगै उद्योगहरूले अल–सिनारियो इन्टेलिजेन्समा स्तरवृद्धि गर्दैछ । तीन अवसरहरू देखा पर्नेछः अनुप्रयोग आधुनिकीकरण, डाटा संयोजन र AI औद्योगिक विकास । ह्वावेका छ वटा नयाँ उत्पादनहरूले डेभ्लपरहरूलाई यस प्रक्रियाको दौरान अवसरहरूको लागि राम्रो स्थान लिन मद्दत गर्दछ:
ह्वावे क्लाउड CCE टर्बोः ईन्टरप्राइज अनुप्रयोग इनोभेसनको गति बढाउने
कन्टेनर्राइजेसन एप्लिकेसन आधुनिकीकरणको लागि महत्वपूर्ण छ । कन्टेनरहरू इन्टरप्राइज कोर प्रणाली र इनोभेटिभ सेवाहरूमा व्यापक रूपमा प्रयोग हुने हुँदा उद्यमहरूको कन्टेनर प्रदर्शन, लचिलोपन र स्केजुलिङ क्षमताको अपेक्षाहरू बृद्दी हुँदै गइरहेका छन् । ह्वावे क्लाउड सीसीई टर्बोले कम्प्युटिंग, नेटवर्क र स्केजुलिङको गति बढाउँदछ ।
- छरितो कम्प्युटिंगका लागि सीसीई टर्बो उद्योगमा केवल एक मात्र कन्टेनर क्लस्टर हो जसले शून्य नोक्सानका साथ सर्भर स्रोत वा प्रदर्शनको पूर्ण कन्टेनर कम्पोनेन्ट अफलोड लाई फिचर गर्दछ । यस विशेषताले VIPkid, एक अग्रणी शिक्षण कम्पनीलाई ४०% सम्म अडियो र भिडियो सेवा प्रदर्शन सुधार गर्न मद्दत गर्दछ । यसले अनलाइन क्लासहरूमा शून्य फ्रेम फ्रीजको साथ प्रयोगकर्ताको अनुभवलाई कुनै बाधा बिना चलाउँदछ ।
- छरितो नेटवर्कको लागि सीसीई टर्बोको इनोभेटिभ कन्टेनर pass-through नेटवर्कले दुई–तह नेटवर्कलाई एकल तह नेटवर्कमा रूपान्तरण गर्दछ । एण्ड–टु–एण्ड कनेक्सनमा समय आधा लाग्छ – यसको मतलब हजारौं कन्टेनरहरूको क्षमता विस्तार सेकेन्डमा गर्न सकिन्छ – र लाटेन्सी ४०% ले घटाएको छ । यसले चीनको अग्रणी सोशल मिडिया कम्पनी सिना कर्पलाई ट्राफिक बृद्धि सामना गर्न मद्दत पु¥याएको छ ।
- छरितो स्केजुलिङको लागि सीसीई टर्बोले विभिन्न एप्लिकेसन मोडेलहरू र नेटवर्क टोपोलोजीहरू सेन्स गर्दछ, स्वचालित रूपमा कार्य तालिका नीतिलाई अनुकूलन गर्दछ र ठूलो स्केलमा हाइब्रिड डिप्लोयमेन्ट लागू गर्दछ र अफलाइन र अनलाइन सेवाहरूको इन्टेलिजेन्ट सेड्यूलिंग ठूलो–स्केलको समवर्ती तालिका क्षमताको आधारमा प्रति सेकंड १०,००० कन्टेनर लागू गर्दछ, AI–ड्रिभन इमेज र भिडियो प्रोसेसिङ विशेषज्ञता भएका चीनको शीर्ष इन्टरनेट उद्यमहरू मध्ये मेइतुलाई कन्टेनर क्लस्टरहरूको संसाधन उपयोग ४०% ले सुधार गर्न मद्दत गर्दछ ।
ह्वावे क्लाउड CloudIDE: डेभ्लपरहरूको लागि एक इन्टेलिजेन्ट प्रोग्रामिंग सहायक
CloudIDE ले डेभ्लपरहरूलाई एक हल्का र छिटो प्रोग्रामिंग अनुभव प्रदान गर्दछ, तिनीहरूलाई कुनै पनि समय, कहीँ पनि र कुनै पनि टर्मिनलमा इन्टेलिजेन्ट अनलाइन प्रोग्रामिंग गर्न सक्षम गर्दछ । यसले निम्न सुविधाहरूलाई समर्थन गर्दछ:
- स्मार्टएसिस्ट (SmartAssist) को इन्टेलिजेन्ट कोड कम्प्लिसन टेक्नोलोजीका कारण नै CloudIDE ले सम्पूर्ण परिणामहरू फेला पार्न र सम्भावित परिणामहरू निर्धारण गर्न सक्दछ र बहु–प्रतीक र लामो परिणामहरूको शुद्धतामा सुधार गर्न सक्दछ ।
- यसले जटिल संदर्भहरूको समाप्तिलाई र अस्पष्ट तेस्रो–पार्टी APIs पनि समर्थन गर्दछ ।
- पुरानो, अप्रचलित र खतरनाक APIs को सिफारिशलाई स्वचालित रूपमा वेवास्ता गरेर यसले तपाईंको कोडलाई अधिक बलियो र सुरक्षित बनाउँदछ ।
ह्वावे क्लाउड GaussDB (openGauss को लागि) डेटाबेस: क्लाउडमा उद्यम कोर डाटा सार्नको लागि एक विश्वसनीय विकल्प
एउटा उद्यमलाई साँच्चिकै क्लाउडमा जान र डेटा–संचालित बन्नको लागि एउटा महत्वपूर्ण चरण भनेको यसको डाटाबेसलाई क्लाउडमा सार्नु हो । परम्परागत डेटाबेस विपरीत, ह्वावे क्लाउड GaussDB (openGauss का लागि) का निम्न तीन विशेषताहरू छन्:
- उच्च प्रदर्शन : यसको ट्रान्जाक्सन प्रशोधन क्षमता उद्योगमा एउटै खाले उत्पादनहरुको तुलनामा ५४% बढी छ र यसको जटिल क्वेरी लेटेन्सी समान उत्पादनहरु भन्दा ८२% कम छ ।
- अधिक लचिलो: अधिक ट्राफिक भएको बेला कम्प्यूटिंग नोडहरु एकै मिनेटमा विस्तार गर्न सकिन्छ र स्टोरेज क्षमता पनि केही सेकेन्ड मै विस्तार गर्न सकिन्छ । विस्तार प्रक्रियाले सेवाहरूमा बाधा पु¥याउँदैन ।
- उच्च उपलब्धता: जब एउटा बिन्दुमा असफलता देखिन्छ, एकल स्विच टर्बो टेक्नोलोजी १० सेकेन्ड भित्र स्विचओवर सुनिश्चित गर्दछ (यसको समकक्षीहरूलाई लागेको आवश्यक समयको एक तिहाइ भन्दा कम समय लाग्ने) र जियो–रिडन्डान्ट DR क्षमता प्रदान गर्दछ ।
विश्वस्त इन्टेलिजेन्ट कम्प्युटिंग सेवा (TICS): सुरक्षा सुनिश्चित संगै डाटा अनलक गर्दै
उत्पादनको एक प्रमुख कारकको रूपमा डाटाको भ्यालु अधिक बढाउन डाटा फेक्जीबल तरिकाले प्रवाह हुन पर्दछ । जे होस् वास्तविकतामा खुलापन, साझेदारी र सर्कुलेसन महसुस गर्न अझै गाह्रो हुन सक्छ । ह्वावे क्लाउड TICS ले सुरक्षित डेटा प्रवाह र डाटा भ्यालु अधिक बढाउन सक्षम पारेर डाटाको इनोभेटिभ र रूपान्तरित अनुप्रयोगहरूको लागि सुरक्षा प्रदान गर्दछ । यससँग निम्न सुविधाहरू छन्:
- बहु–पार्टी एकजुट डाटा अन्वेषण र मोडेलिङको आधारमा यसले गोप्य डाटालाई उचित ठाउँमा राखेर, डाटा प्रयोगयोग्य तर अदृश्य राखदछ ।
- एक एकजुट ब्क्ष् एल्गोरिदम र होमोर्मोफिक इन्क्रिप्शन एल्गोरिदम, सहयोगी अप्टिमाइजेसनको लागि प्रयोग गरिन्छ । उदाहरणको लागि, इन्क्रिप्टेड डाटाको ब्याच कम्प्युटिंग मोडेल प्रशिक्षणको बेला गरेर एक्सेलेटर कार्ड बिना प्रशिक्षण प्रदर्शन दस गुणा सुधार गर्दछ ।
- यसले कन्भर्सन बिना नै केहि बिग डाटा एप्लिकेशन सिनारियो अनुकूलन गर्दै सबैभन्दा बढी प्रयोग गरिएको डाटा स्रोतहरूको साथ अन्तरक्रियालाई सहयोग गर्दछ ।
ह्वावे क्लाउड पंगु मोडलस् विश्वको सबैभन्दा ठूलो चिनियाँ NLP मोडल र भिजन पूर्व–प्रशिक्षित मोडल समावेश
AI उत्पादकताको नयाँ चालक बन्न पुगेको छ तर AI को उत्पादकत्वको पूर्ण क्षमतालाई गम्भीरतापूर्वक रोक्दै AI विकास अझै प्राथमिक अवस्थामा छ ।”प्रि–ट्रेनिंग डाउनस्ट्रीम फाइन–ट्यूनिङू ” को औद्योगिक AI विकास मोडेलमा आधारित पंगु मोडेलले विस्तृत उद्योगहरूमा AI को गति प्रदान गर्दै छ र समावेशी AI लाई वास्तविकता बनाउँदैछ । यो सँग तीन विशेषताहरू छन्ः मजबूत सामान्यीकरण क्षमता, सानो–नमूना शिक्षा र उच्च मोडेल शुद्धता । एकल मोडल धेरै जटिल उद्योगको परिदृश्यहरूमा लगाउन सकिन्छ र सानो संख्याको नमूनाहरू भए पनि उच्च शुद्धता प्राप्त गर्न सक्दछ । यो CANN हेटेरोजिनियस कम्प्यूट आर्किटेक्चर र माइन्डस्पोर (Mindspore) अल–सिनारियो AI कम्प्यूटिंग फ्रेमवर्कको अन्तर्निहित अनुकूलनमा आधारित छ र प्रदर्शन र यसले उपयोगितामा महत्वपूर्ण सफलताहरूको प्रतिनिधित्व गर्दछ ।
पंगु मोडेलमा चार प्रकार समावेश रहेको छ जसले प्राकृतिक भाषा प्रसंस्करण (NLP), कम्प्युटर भिजन (CV), बहु–मोडल मोडेलहरू र वैज्ञानिक कम्प्युटिंगको परिदृश्यहरूको आवश्यकतालाई सम्बोधन गर्दछ । भर्खरै जारी गरिएको पंगु NLP मोडेल उद्योगको पहिलो चिनियाँ NLP मोडेल हो जसमा सयौं अरबौं प्यारामिटर छ र पंगु CV मोडेल उद्योगको सबैभन्दा ठूलो CV मोडेल हो । चाईनिज लाङ्गवेज अन्डरस्टान्डिंग इभ्यालुएसन (CLUE) बेन्चमार्कमा पंगु NLP मोडेल CLUE को ¥याङ्किंग, CLUE क्लासिफिकेसन ¥याङ्किंग र CLUE मसिन रीडिंग ¥याङ्किंग मा नम्बर १ को शिर्ष स्थानमा आएको थियो ।
इन्फ्रास्ट्रक्चर सफ्टवेयरः विविध कम्प्युटिंगलाई सक्षम पार्दै
क्लाउड इनोभेसन इन्फ्रास्ट्रक्चर सफ्टवेयर, रूट टेक्नोलोजीहरू जस्तै अपरेटिंग प्रणाली, डाटाबेस र मिडलवेयरको समर्थनमा निर्भर गर्दछ । ह्वावेले विविध कम्प्युटिंग पावर सक्षम गर्न र ह्वावे क्लाउड इनोभेसनलाई समर्थन गर्न अपरेटिंग सिस्टम, इन्टरप्राइज–ग्रेड डाटाबेस र अल–सिनारियो AI कम्प्युटिंग फ्रेमवर्क सहितको एक सुसम्पन्न आधारभूत कम्प्युटिंग सफ्टवेयर सेट बनाएको छ ।
ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी र ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रमको सुरूवात
HDC.Cloud २०२१ मा ह्वावेले आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ र ह्वावे क्लाउड पार्टनर इनोभेसन प्रोग्राम, कुन्पेग ओपनमेन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट लगायतका पहलहरु शुरू गरेको छ । ह्वावे क्लाउड BU र उपभोक्ता क्लाउड सेवाका अध्यक्ष झांग पिंगआनले भन्नुभयो कि SaaS र ISV पार्टनरहरूलाई सक्षम बनाउन र क्लाउड स्रोतहरू, प्रविधि सक्षमता र व्यापार प्रवर्धन समर्थन प्रदान गर्न तिर ध्यान दिई ह्वावेले ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने छ । कार्यक्रमले ६ प्राविधिक क्षेत्र ओगट्ने छ जसमा कन्टेनर/माइक्रोसर्भिस, SaaS, बिग डाटा, AI, भिडियो र इन्टेलिजेन्ट एज समेटिएको छ ।
२०१५ मा ह्वावे डेभ्लपर कार्यक्रमको सुचारु भए देखि ह्वावे ओपन हार्डवेयर, ओपन सोर्स सफ्टवेयर, पार्टनर सक्षमता र प्रतिभा विकासको दर्शनमा प्रतिबद्ध छ किनकि यसले निरन्तर समृद्ध उद्योग ईकोसिस्टम निर्माण गर्ने कार्य गर्दछ । अहिले सम्म, ह्वावे क्लाउड, कुनपेग र एसेन्डले २.४ मिलियन डेभ्लपरहरू आकर्षित गरिसकेका छन् । ह्वावे क्लाउड IaaS चीनमा नम्बर २ र विश्वमा नम्बर ५ को स्थानमा छ जसले गर्दा यो सबैभन्दा द्रुत बृद्धि हुने मेनस्ट्रिम क्लाउड विक्रेता बनेको छ । कुन्पेंग मदरबोर्डमा आधारित पार्टनर–सिप्ड उत्पादन २०२० मा कुल कुन्पेंग–आधारित उत्पादनको ढुवानी ५२% रहेको थियो । तीन ओपल सोर्स समुदायहरु openEuler, openGauss, र MindSpore अपरेटिंग प्रणाली, डाटाबेस र AI फ्रेमवर्क वरिपरि निर्मित छन् । यी समुदायहरू अब आकार लिई रहेका छन् र फस्टाइरहेका छन् । ह्वावेले चीनको शिक्षा मन्त्रालयसँग मिलेर प्रतिभा केन्द्रित शिक्षाको लागि एक इन्टेलिजेन्ट आधार निर्माण गर्न काम गरेको छ । हालसम्म, ह्वावेले चीनमा ७२ विश्वविद्यालयहरुसंग काम गरिरहेको छ, १,००० भन्दा बढी कोर्सहरु प्रदान गर्दै छ, १,५०० भन्दा बढी शिक्षकहरुलाई प्रशिक्षण दिँदै छ र कम्पनीले आगामी पाँच बर्षमा ३ मिलियन विश्वविद्यालयका डेभ्लपरहरुलाई सफ्टवेयर विकास प्रशिक्षण प्रदान गर्ने योजना बनाएको छ ।
विश्वव्यापी डेभ्लपरहरूको लागि ह्वावेको ICT पूर्वाधार व्यवसायको वार्षिक कार्यक्रम, ह्वावे डेभ्लपर कन्फिरेन्स (HDC.Cloud) २०२१ अप्रिल २४ देखि २६, २०२१ सम्म चीनको दक्षिण तटमा रहेको शहर शेन्जेनमा आयोजना भएको थियो । “यू मेक अल द डिफ्रेन्स” थिम गरिएको यस कार्यक्रमले उद्योगका अग्रज, ह्वावे वैज्ञानिक, शीर्ष विज्ञ, युवा प्रतिभा र डेभ्लपरहरूलाई नयाँ आईसीटी टेक्नोलोजीहरू जस्तै क्लाउड, कम्प्युटिंग र AI जस्ता सबै उद्योगहरूमा इनोभेसन र प्रयोगको बारेमा छलफल गर्न एकतृत गर्दछ । प्रत्येक डेभ्लपरको एक महत्वपूर्ण भूमिका छ किनकि विश्व इन्टेलिजेन्ट युगतिर अगाडि बढ्दै छ । सबै डेभ्लपरहरुले वास्तविक फरक ल्याउदछन ।
कन्फिरेन्स बारे अधिक जानकारीका लागि, ह्वावे क्लाउड २०२१ हेर्नुहोस्