व्यवसाय बलियो रहेको
ह्वावेले आज २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ जुन पूर्वानुमान गरिएको झैं पाइएको छ ।
पहिलो त्रैमासिकमा ह्वावेले CNY १५२.२ बिलियन राजस्व सन्कलन गरेको छ जुन वार्षिक रुपमा १६.५% ले घटेको हो । नोभेम्बर २०२० मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणामस्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको छ भने आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको हो । ह्वावेले कुल नाफा मार्जिन ३.८ प्रतिशत पोइन्टृ [१] वार्षिक ११.१% मा बृद्धि भएको छ – जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आय को परिणाम पनि हो ।
“२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ तर यो फेरी हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ, ” ह्वावेका रोटेटिंग अध्यक्ष एरिक झुले भन्नुभयो । “हामी हाम्रा ग्राहकवर्ग र साझेदारहरूको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं । केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं । सँधै जसरी हामी हाम्रा ग्राहकहरुको आवश्यकतामा ध्यान दिनेछौं र व्यावहारिक व्यापार भ्यालु प्रदान गर्न जारी राख्ने छौं ।”
ह्वावे 5G को भ्यालु पूर्ण रूपमा अगाडि ल्याउने कोशिस गर्दै छ । यसले विश्वभरका क्यारियरहरूलाई उपभोक्ता र उद्योगहरूको मागहरू एकसाथ पूरा गर्दै उनीहरूको 5G नेटवर्क रोल आउट गर्न मद्दत पु¥याइरहेको छ जहाँ यसले डेलिभरी दक्षता बढाइरहेको छ । यसले आफ्नो सफ्टवेयर इञ्जिनियरिंग क्षमताहरू सुधार गर्न र सफ्टवेयर क्षेत्रमा लगानी बढाउने क्रम जारी राख्दछ र क्रमिक रूपमा यसको कुल राजस्व मिक्समा सफ्टवेयर र सेवाहरूको अनुपात वृद्धि गर्दछ । ” हामी बजारमा प्रतिबन्धको कारण आएको चुनौतीहरूको निरन्तर सामना गर्ने भएको हुँदा सधैं जस्तै हामी प्राविधिक इनोभेसन र च्७म् मा धेरै लगानी गर्न प्रतिबद्ध छौं । ” झुले भन्नुभयो । “हामी आधारभूत विज्ञानमा निरन्तर सफलता हासिल गर्ने छौं र टेक्नोलोजीको सीमालाई अगाडि बढाउने छौं ।”
[१] यहाँ सार्बर्जनिक गरिएको वित्तीय तथ्या्कहरु अनअडिटेड अंकहरु जस्ताको त्यस्तै संकलित हुन, जुन अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिंग मापदण्डहरु संग अनुपालन छन्; मार्च २०२१ को अन्तमा विनिमय दरः १ अमेरिकी डलर = CNY ६.५६७० (स्रोतः बाह्य एजेन्सीहरू)