ह्वावेले जित्यो राष्ट्रिय आईसीटी पुरस्कार २०२१ को निजी क्षेत्र पुरस्कार

सिंहदरबारमा सबै प्रोटोकलहरूलाई ध्यानमा राखी सीमित व्यक्तिहरू बिच राष्ट्रिय आईसीटी पुरस्कार २०२१ सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल टेलिभिजन र फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो । माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमाझ सम्मानित सञ्चार तथा सूचना प्रविधि मन्त्री, पर्वत गुरुङले ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (निजी क्षेत्र) प्रदान गर्नु भएको थियो । उक्त पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झांगलाई हस्तान्तरण गरिएको थियो ।

Image

उक्त कार्यक्रममा माननीय प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल रुपमा सहभागी हुनु भएको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङ, MoCIT का सचिव हरि बस्याल, विभिन्न संस्थाका प्रतिनिधिहरु र अन्य विशेष अतिथिहरु कार्यक्रममा भौतिक रुपमा सहभागी हुनु भएका थिए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमका विजेताहरूलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सराहना गर्नु भयो र बधाई दिनुभयो । उँहाले विजेताहरुलाई भविष्यका कार्यहरु अझ प्रभावकारी बनाउन शुभकामना पनि दिनुभयो ।

यस कार्यक्रमका विजेताहरू हन्:

  • राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार – २०२१ – श्री सुधीर पराजुली (अभ्यक्ष सुबिसु केबलनेट, ISPAN)
  • राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार २०२१ (महिला) – सुश्री कुसुम लामा (उपाध्यक्ष, प्रभु समूह)
  • राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (निजी क्षेत्र) – ह्वावे नेपाल
  • राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (सार्वजनिक क्षेत्र) – महालेखा परीक्षकको कार्यालय
Image

कार्यक्रमको दौरान वहाँले आधिकारिक रूपमा नागरिक एप पनि सुरू गर्नुभयो जुन एकल प्लेटफर्ममा सरकारी सेवाहरू प्रदान गर्ने मोबाइल एप हो । उहाँले कार्यक्रममा नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता पनि खोल्नु भएको थियो । उहाँले भन्नुभयो, “यो प्रमाण हो कि हामी डिजिटल नेपालको भिजनको सन्दर्भमा छिटो अघि बढ्दै छौं वा भनौं त्यो गन्तव्यको अनुभूति हुँदै छ । समृद्ध नेपाल, सुखी नेपाली को दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पु¥याउन सूचना र सञ्चार प्रविधिको व्यापक उपयोग, निरन्तर विकास, विस्तार र गतिशीलताद्वारा उपलब्ध अवसरहरूको ठूलो उपयोग गर्न, म सबै संगठन, निकायह, निजी क्षेत्र, सेवा प्रदायक र ICT का अन्य सरोकारवालाहरूसंग समन्वित सहयोग र साझेदारीको लागि अनुरोध गर्दछु ।”

माननीय मन्त्री पर्वत गुरुङले भन्नुभयो, “हामी आईसीटीको नयाँ युगमा प्रवेश गरिसकेका छौं र हामी सबै नेपालीलाई इन्टरनेट र अन्य आईसीटी सेवाहरू उपलब्ध गराउन काम गरिरहेका छौं । ” उहाँले थप्नुभयो, “4G सेवाहरु सबै ७७ जिल्लाहरुमा उपलब्ध छ र सरकारले नेपालमा 5G को परीक्षण पनि शुरु गरिसकेको छ । ” उहाँले ह्वावे नेपाल लगायत अन्य विजेतालाई पनि पुरस्कारका लागि बधाई दिनुभयो र आईसीटी क्षेत्रमा उनीहरूको योगदानका लागि धन्यवाद दिनुभयो ।

Image

MoCIT का सचिव हरि बस्यालले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्क नेपालमा ICT क्षेत्रको विकासका लागि सरकारका लागि महत्वपूर्ण परिवर्तनकारी पूर्वाधार हो । सिंहदरबारमा डाटा सेन्टरको क्षमता अभिवृद्धि गर्न सरकारले काम गरिरहेको छ र खुमलटार र बाँकेमा डाटा सेन्टरको निर्माण भइरहेको छ । “

यस्तो प्रकारको राष्ट्रिय आईसीटी पुरस्कार २०२१ यस क्षेत्रका लागि सरकारले आयोजना गरेको पहिलो हो । यो कार्यक्रम राष्ट्रिय सूचना र सञ्चार प्रविधि दिवसको दिन हुँदै आएको लगातार चौथो वर्ष हो र यो दिन आईसीटी क्षेत्रमा सबै भन्दा उत्कृष्ठहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरीयो । यस पुरस्कारले सम्पूर्ण रूपमा डिजिटल नेपाललाई सफल बनाई नेपालमा आईसीटी क्षेत्रको विकासलाई प्रचार र प्रोत्साहन गर्ने अपेक्षा गरेको छ ।

पछिल्ला २१ बर्षदेखि ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । नेपालमा टेलिकम अपरेटरहरुसँगको संयुक्त प्रयासबाट ह्वावेले 2G/3G/4G प्रविधि नेपालमा ल्यायो र देशभर हिमालदेखि तराईसम्म कनेक्टिभिटी पु¥याएको छ । कनेक्टिभिटी निर्माणको अलावा ह्वावेको ICT प्रविधि र इकोसिस्टमले सरकारबाट वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा विभिन्न क्षेत्रका संस्थाहरूलाई सहयोग गरिरहेको छ । नेपालमा ह्वावेले सधैं आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको कदर गर्दछ । ह्वावेले नेपालमा विगत २१ बर्षदेखि १०,००० भन्दा बढी आईसीटी प्रतिभा विकास गर्न सकेको छ । नेपालको एक जिम्मेवार कर्पोरेट संगठनको रूपमा ह्वावेले नेपालमा डिजिटल फाउन्डेसनमा योगदान गर्न प्रतिबद्ध छ जसमा नेपालका सबै टेलिकम अपरेटर, ISPs, सरकार र सबै ICT साझेदारहरूलाई उच्च गुणवत्ता, वाइड कभरेज तथा सस्तो ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर प्रदान गर्दछ ।