आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्यः ह्वावे नेपाल सीईओ

शेयर गर्नुहोस

आईसीटी (ICT) वीक २०२१ को अवसरमा MoCIT ले ह्वावे, UNCDF, CAN फेडरेशन, FNCCI, KU र MoCIT का प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको थियो जसले आईसीटी (ICT) सँग सम्बन्धित क्षेत्रहरुमा वँहाहरूको प्रयासको बारेमा छलफल गरेको छ ।

ह्वावे नेपालका सीईओ (CEO) विलियम झांगले डिजिटल नेपालको लागि कम्पनीको योगदान र योजनाको बारेमा प्रकाश पार्दै छोटो प्रस्तुति दिनु भयो । UNCDF का क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर (IDES) को बारेमा कुरा गर्नु भयो । CAN फेडरेशनका नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिनु भयो । FNCCI का मंगेश लाल श्रेष्ठले आईसीटी विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्नुभयो । KU का मनीष पोखरेलले महामारीको क्रममा र त्यस पश्चात शिक्षामा आईसीटीको भूमिका बारे प्रकाश पार्नु भयो । सूचना प्रविधि विभाग, MoCIT का प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा छलफल गर्नुभयो, जुन हालको १५ औँ आवधिक योजनामा गेम(चेन्जर परियोजनामा समावेश हुँदैछ ।

Image

हरि बश्याल –MoCIT का सचिवले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उँहाले ह्वावेलाई पनि धन्यवाद दिनुभयो र भन्नु भयो, “म ह्वावे नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जसले नेपालमा विक्रेताको भूमिकामा आईसीटी विकासलाई समर्थन र प्रबर्धन गरिरहेको छ ।

वेबिनारमा विलियमले डिजिटल नेपालको लागि आईसीटी पूर्वाधारको अपिहार्यता को बारे छलफल गर्नुभयो । सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप ह्वावे नेपाल सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र नेपालमा सबै आईसीटी सरोकारवालाहरुसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहितको डिजिटल फाउंडेशनमा योगदान पु¥याउन प्रतिबद्ध छ । ह्वावेले नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू पेश गरेको छ:

  • स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने
  • बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने
  • दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने
  • ब्रोडबैंड ईन्टरनेट MBB & FBB को प्रयोगकर्ता अनुभव सुधार गर्ने

“नेपालमा 5G परीक्षण सुरु गर्ने नीति अबलमबन गर्ने नेपाल सरकारको दूरदर्शी निर्णय होे, ” विलियमले 5G क्लबमा सामेल भएकोमा नेपाल सरकारलाई बधाई दिनुभयो, ” ह्वावे, एक अग्रणी 5G टेक्नोलोजी विक्रेता, डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्न र नेपालमा महामारी पश्चातको सामाजिक र आर्थिक सुधारलाई सहयोग पु¥याउन उद्योग साझेदारहरू सँग सहकार्य गर्न तयार छ । “

Image

कोभिड–१९ महामारीले डिजिटल कनेक्टिभिटि र रूपान्तरणको आवश्यकतालाई गति प्रदान गरेको छ । विलियमका अनुसार ह्वावे नेपालले कोभिड–१९ महामारीको समयमा निरन्तर काम गरिरहेको छ र नेपालको आईसीटी क्षेत्रमा योगदान पु¥याइरहेको छ । आईसीटी पूर्वाधार र समाधान प्रदायकले नेपालमा प्रमुख टेलिकम अपरेटरहरूको नेटर्वक सहज रूपमा सन्चालन र लकडाउनको दौरान ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच सम्भव गर्न सहयोग पु¥याएको छ । यसले महामारीको क्रममा नेपालमा विभिन्न उद्यमहरूको डिजिटल रूपान्तरणलाई ह्वावे क्लाउड, डाटा सेन्टर र अन्य इन्टरप्राइज सोलुसन प्रयोग गरी उनीहरूको डिजिटलीकरण स्तर सुधार गर्न सहयोग गरेको छ । यसका साथै ह्वावेले अपरेटहरुका साथ व्यापक कभरेज, उत्तम गुणस्तर भएको ईन्टरनेट कनेक्टिविटीको निर्माण गर्न 4G विस्तार गर्दैछ ।

राष्ट्रिय आईसीटी डे २०२१, मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधी दिवसको लगातार चौथो बर्ष हो । सम्पूर्ण हप्तालाई राष्ट्रिय आईसीटी वीक मानिन्छ र मे ३, २०२१ मा समग्र डिजिटल नेपाललाई सफल बनाउनको लागि संगै अघि बढ्दै कसरी डिजिटल प्रबिधीको प्रयोगले अर्थतन्त्र र समाजको विकास गर्ने सकिन्छ भनेर छलफल गर्न एक वेबिनारको आयोजना गरिएको थियो ।


शेयर गर्नुहोस