ह्वावे ३ बर्षमा एसिया प्यासिफिक स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्दै

शेयर गर्नुहोस

ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको छ । ह्वावेले सिंगापुर, हङ कंग, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ । शिखर सम्मेलनमा ह्वावेले यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा आफ्नो प्रयास केन्द्रित गर्ने घोषणा गर्‍यो– स्पार्क एसेलेरेटर कार्यक्रममा कुल १,००० स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्य संगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने छ ।

साथै यो शिखर सम्मेलनमा ह्वावेले दुनिया भरमा स्टार्टअपलाई समर्थन गर्न आफ्नो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको उद्घाटन गरेको थियो । ह्वावेले निरन्तर प्रयासलाई समर्पित गर्ने छ र  क्लाउड–प्लस–क्लाउड कोलाबोरेसनमा पूर्ण व्यापार पोर्टफोलियोको लाभ उठाई प्राविधिक इनोभेसन, ग्लोबल र स्थानीय सेवाहरु र व्यापार इकोसिस्टमलाई बढावा दिन्छ, जसले स्टार्टअप्सको बृद्धिलाई बढावा दिनेछ ।

यो शिखर सम्मेलनमा धेरै प्रमुख एशियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पूँजीपतिहरु र ३०० भन्दा बढि स्टार्टअप संस्थापकहरु उपस्थित थिए । कार्यक्रममा भाषण र प्यानलको ध्यान यो स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्छन्, स्थानीय समुदायमा योगदान र सामाजिक आर्थिक विकासलाई ड्राइभ गर्न सक्छन् भन्नेमा केन्द्रित थियो ।

एशिया प्रशान्त स्पार्क कार्यक्रम अन्तर्गत तीन अतिरिक्त पहल कार्यक्रम ह्वावेद्वारा शुरू गरीएको थियोः स्पार्क डेभ्लपर कार्यक्रम जसको उद्देश्य एशिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउड द्वारा संचालित एक डेभ्लपर इकोसिस्टम को ख्याल गर्नु हो; स्पार्क पिटस्टप कार्यक्रम ह्वावे क्लाउडमा स्टार्टअपलाई चलाउन र समर्थन गर्न डिजाइन गरिएको हो ताकि प्रोडक्ट डेभ्लप्मेन्ट अगाडि बढाउन सकियोस्; र स्पार्क इनोभेसन प्रोग्राम (SIP) ले स्पार्क स्टार्टअप इकोसिस्टमव्दारा इन्टरप्रपईज इनोभेसनको सुविधामा ध्यान केन्द्रित गर्दछ ।

ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले सामाजिक प्रगतिको लागी स्टार्टअप कति महत्वपूर्ण छ र ह्वावेले स्टार्टअपलाई समर्थन गर्न के गर्दैछ भन्ने कुरामा जोड दिएर शिखर सम्मेलनको उद्घाटन गर्नुभयोः “स्टार्टअप र SMEs हाम्रो समयका आविष्कारक, अवरोधक र अग्रगामी हुन् । ३४ वर्ष पहिले, ह्वावे मात्र ५,००० डलर दर्ता पूंजी भएको एक स्टार्टअप थियो । भर्खरै, हामी सोचिरहेका छौं: हामी कसरी हाम्रो अनुभव र श्रोतहरुव्दारा स्टार्टअपलाई चुनौतिहरुको सम्बोधन गर्न मद्दत गर्न सक्छौं ? यसो गर्नाले उनीहरुलाई डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरुको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ । “

ह्वावेको क्लाउड बिजनेस युनिटका सीईओ झांग पिंगुआनले भन्नुभयो, ” २०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको छ र अनगिन्ती स्टार्टअपको बृद्धिलाई प्रेरित गरेको छ । गत वर्ष हामीले एसिया प्रशान्तमा स्पार्क प्रोग्राम शुरु गरेका थियौं । यस कार्यक्रमव्दारा हामी स्थानिय सरकार, अग्रणी इन्क्यूबेटर, प्रसिद्ध VC फर्महरु र शीर्ष विश्वविद्यालयहरुसंग धेरै क्षेत्रहरुमा स्टार्टअपको लागि प्लेटफर्म निर्माण गर्नको लागि काम गरिरहेका छौं । अहिले ४० स्टार्टअप हाम्रो कार्यक्रममा भाग लिइरहेका छन् । “

झांगले थप्नु भयो, “आजबाट हामी चार नयाँ पहलहरुको माध्यमबाट स्टार्टअप को लागि हाम्रो सहयोग बढाउँदैछौं , ती हुन् क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन, निरन्तर प्रविधि इनोभेसन, वैश्विक र स्थानीय सेवाहरु र उच्च गुणस्तरीय व्यापार इकोसिस्टम । आज, हामीले हाम्रो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको शुरुवात गर्‍यौं, जसको माध्यमबाट हामी स्टार्टअपलाई ४० मिलियन अमेरिकि डलर मूल्यको श्रोतहरु को सहयोग गर्नेछौं । त्यो लगानीको आधा जति ह्वावे क्लाउड, आधा ह्वावे मोबाइल सेवा (HMS) बाट आउँदैछ । २०२१ मा हाम्रो योजना HMS इकोसिस्टममा २०० स्टार्टअपलाई समर्थन गर्ने र च्यानल श्रोतहरुको हाम्रो नेटवर्क विश्वव्यापी डेभ्लपरहरुसंग १ बिलियन ह्वावे उपकरण प्रयोगकर्ताहरुलाई सेवाको साथ सेयर गर्ने रहेको छ । थप रूपमा, हामी १००,००० HMS क्लाउड–नेटिभ डेभ्लपर्सलाई समर्थन गर्न एक HMS डेभ्लपर इनोभेसन केन्द्र खोल्नेछौं । “

SGInnovate का सीईओ डा. लिम जुई पनि उपस्थित हुनुहुन्थ्यो जसले भन्नुभयो, “गहिरो टेक अर्थव्यवस्थाको साँचो प्रभाव तब महसुस हुन्छ जब हामी नयाँ अवसरहरुलाई उत्प्रेरित गर्नको लागि एक साथ आउन सक्षम हुन्छौं । ह्वावे जस्ता साझेदारहरुसंग मिलेर काम गर्दा आशाजनक प्रतिभाको सहयोग र सिंगापुरमा उदीयमान टेक स्टार्टअप जस्ता हाम्रो मिशन पूरा गर्न सक्षम हुन्छौं । “

श्री अल्फ्रेड सिट विंग–ह्यांग जेपी, हङ कंग स्पेशल प्रशासनिक क्षेत्रको सरकारको इनोभेसन र टेक्नोलोजीका सचिवले आफ्नो ओपनिंग रिमार्कमा भन्नुभयो, “एसियाका संस्थापक, कुलपति, कर्पोरेट र सरकारहरुलाई जोड्दै यो शिखर सम्मेलनले इनोभेसन र टेक्नोलोजी (I&T) समुदायको लागि अन्तरक्रिया, र विचार आदानप्रदान र अनुभव बाढ्न एक बहुमूल्य मञ्च प्रदान गर्दछ । यो हङ कंग SAR सरकारको योजना हङ कंगलाई एक अन्तर्राष्ट्रिय I&T हबको रूपमा प्रमोट गर्ने हो जहाँ ग्लोबल I&T ट्यालेन्ट र इन्टरप्राइजसंग पर्याप्त ग्रोथ र सहयोगको लागि अवसर हुन्छ ।

धेरै भन्दा धेरै स्टार्टअपहरु एण्ड–टु– एण्ड डिजिटलाइजेसन पछ्याइरहेका छन् किनकि उनीहरु एक पूर्ण रुपले कनेक्टेड, इन्टेलिजेन्ट संसार तिर लम्किदै छन् । ह्वावे क्लाउड पूर्वाधार ह्वावे मोबाइल सेवासंग संयोजनमा सबै उद्योगहरुबाट स्टार्टअपको सहयोग गर्नको लागि काम गर्दछ । ह्वावेको क्लाउडले डेभ्लपर र साझेदारहरुलाई एकाउन्ट्स, डेभ्लपर प्लेटफर्म र अनुप्रयोग वितरण र संचालन एकजुट गर्न मद्दत गर्दछ ।

HMS अब संसारको तेस्रो सबैभन्दा ठूलो मोबाइल अनुप्रयोग इकोसिस्टम हो र धेरै स्टार्टअपलाई आफ्नो वैश्विक प्रभाव विस्तार गर्न मद्दत गरीरहेको छ । वर्तमानमा, १७० देश र क्षेत्रहरुबाट ४.५ मिलियन डेभ्लपर्स HMS मा निर्भर छन् ।

ह्वावे स्टार्टअपलाई प्रमुख साझेदारको रूपमा हेर्दछ । ह्वावे क्लाउड स्पार्क संस्थापक शिखर सम्मेलनमा ह्वावेले स्टार्टअपसंगको इनोभेसन अनुसन्धान कार्यक्रममा पछिल्लो डाटा अनावरण गर्‍यो । डाटाले ह्वावे र एशिया प्रशान्त क्षेत्र भरबाट २,००० भन्दा बढी साझेदारहरु बीच ठोस सम्बन्ध देखाउँछ साथै सरकारहरु, शीर्ष VC फर्महरु र हङ कंग र सिंगापुरमा अग्रणी विश्वविद्यालयहरुसंग घनिष्ठ साझेदारीमा प्लेटफर्म निर्माण गर्नको लागि चलिरहेको पहलहरु । ह्वावेले आफ्नो घोषणाहरु HMS डेभ्लपर अभिनव केन्द्र निर्माण गर्ने योजना सङ्गै टुंगाएको छ । यस केन्द्रको माध्यमबाट, ह्वावेले एशिया प्रशान्त क्षेत्र भरमा २१० प्रमुख विश्वविद्यालयहरुको सहयोगमा भविष्यका प्रतिभा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ह्वावे एशिया प्रशान्त क्षेत्रका अध्यक्ष जेफरी लियुले थप्नु भयो कि, “विगत दुई दशक देखि हामी ’एशिया प्रशान्तमा, एशिया प्रशान्तको लागि’ भन्ने भनाईमा प्रतिबद्ध छौं । कार्यक्रमले आगामी तीन बर्षमा १०० मिलियन अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ र एक दिगो स्टार्टअप इकोसिस्टमको स्थापनाको लागि व्यापक सहयोग प्रदान गर्दछ जसले यस गतिशील क्षेत्रको लागि नयाँ भ्यालु सिर्जना गर्दछ । “


शेयर गर्नुहोस

Leave a Comment