”कनसोलिडेट इलास्टिक टार्गेट नेटवर्क, अनलकिंग न्यू डिजिटल भ्यालु” थिममा शुक्रबार एशिया प्रशान्त टार्गेट नेटर्वक सम्मेलन अनलाइन सम्पन्न भयो। सरकारी एजेन्सी, मापदण्ड संगठन, उद्यम, क्यारियरहरु र उद्योगका प्रमुख विक्रेताहरुबाट लगभग ५०० प्रोफेशनलहरुले ह्वावेद्वारा आयोजित यस सम्मेलनमा भाग लिए। यस सम्मेलनमा ह्वावेले इन्टेलिजेन्ट टार्गेट नेटवर्क आर्किटेक्चर बारे छलफल र ट्रान्सपोर्ट नेटवर्कको भ्यालु हाइलाइट गर्न अग्रणी क्षेत्रीय अपरेटरहरु PLDT, Telkom इन्डोनेसिया, ग्लोब र CMI आदि संग काम गर्यो ।
ह्वावेमा राउटर प्रोडक्ट लाइनको अध्यक्ष ह्यांक चेनले आफ्नो मन्तव्यमा भन्नुभयो कि “डिजिटल रूपान्तरणको लागि IPv6+ मा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण गर।” आफ्नो मन्तव्यमा चेनले “IPv6+” का क्षमताहरुमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्कले व्यक्ति, इन्टरप्राइज र घरहरुको डिजिटल विकासलाई बढावा दिनेछ र क्यारियरहरुलाई व्यापारमा सफल गर्न सक्षम बनाउनेछ भन्नु भयो। फिक्स्ड र मोबाइल सेवाको व्यापक विकासले क्यारियरको लागि ठूलो अवसर ल्याउनेछ। इन्टरप्राइज व्यवसाय सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण अवसर हो र व्यक्तिगत र होम सेवाहरु क्यारियरहरुको राजस्व स्थिरताको आधारशिला हुन् ।
“उद्योग “IPv6+” क्षमताहरुको एप्लिकेसन डिप्लोइमेन्टको अभ्यासमा अधिक सक्रिय हुनु पर्छ र मोबाइल क्यारियर, इन्टरप्राइज, स्मार्ट हेल्थकेयर, स्मार्ट शिक्षा र स्मार्ट होम सिनारियोमा ठूला एप्लिकेसनहरुको उपयोग गरेर “IPv6+” उद्योगको विकासलाई प्रोत्साहन दिँदै क्यारियर क्लाउड नेटवर्क क्षमताहरुको निर्माणको गति र डिजिटल क्षमतालाई प्रेरित गर्न मद्दत गर्नुपर्छ,“ ह्यांक चेनले भन्नुभयो ।
ETSI ISG IPE अध्यक्ष लतिफ लदीद र IETF IAB सदस्य रोबिन लीले ग्लोबल IPv6 विकास प्रवृत्ति, IPv6 प्राविधिक इनोभेसन प्रणाली, IPE उद्योग गठबन्धन र IPv6+ मापदण्डको पछिल्लो प्रगतिमा केन्द्रित मन्तव्य व्यक्त गर्नुभयो ।
“गतिशिल IPv6 इनोभेसन र डिजिटल विभाजन पार गर्दै” थीममा लतिफले आफ्नो मन्तव्यमा IPv6 व्यापक रूपमा इन्टरनेट अफ थिंग्स (IOT), क्लाउड कम्प्युटिंग र 5G, जस्ता सेवाहरुमा जसले इन्टरनेट अफ एभ्रीथिंग कार्यान्वयन गर्छ भनेर ह्वावेको विचार सहभागीतालाई ब्यक्त गर्नुभयो । उँहाले भन्नुभयो कि IPv4 एड्रेसहरु सकिन लागेका छन् र एशिया प्रशान्त देशहरुमा IPv4 श्रोतहरु कसिदै गएको छ । IP नेटवर्कको भविष्यत विकासको लागि IPv6 सही विकल्प हो । वर्तमानमा IPv6 को विकासको लागि दुनिया भरका देशहरु IPv6 नीतिहरु जारी गर्दै छन् । IPv6 डिप्लोइमेन्टको मापन बढ्दै गर्दा, IPv6 व्यापक रूपमा इन्टरनेट अफ थिंगस् (IOT), क्लाउड कम्प्युटिंग र 5G जस्ता सेवाहरुमा लागू गरिनेछ जसले इटरनेट अफ एभरीथिंग संचालन गर्दछ ।
IPv6 प्रविधि इनोभेसनमा समावेशी प्रोटोकल इनोभेसन र AI इनोभेसनले विभिन्न आवश्यकता र सबै कुराको इन्टेलिजेन्ट कनेक्शन पूरा गर्नको लागि सेवा आश्वासन प्रदान गर्दछ ।
अक्टोबर २०२० मा, ETSI ले सबै कुरामा IPv6 को पूर्ण कनेक्टिविटीलाई बढावा दिन र IPv6 प्रविधिको व्यावसायिक सफलतालाई बढावा दिन ISG IPE एलायन्स स्थापना गर्यो। वर्तमानमा, क्यारियर, विक्रेता र शिक्षाविद् समावेशी ६० भन्दा बढी सदस्यहरुले IPv6 निमार्ण गर्न र पूर्ण रुपले कनेक्टेड डिजिटल संसार निमार्ण गर्न IPE मा सामेल भएका छन् ।
रोबिन लीको “IPv6 मानक र उद्योग प्रगति” थीम्ड मन्तव्यमा, IETF IAB सदस्यले सेवाहरुले IP विकासको ड्राइभ गर्ने भएको बताउनु भयो । न्याटिभ IP बाट MPLS सम्म, IP नेटवर्कहरु IPv6+ युग मा प्रवेश गरेका छन् । IPv6 मानकको विकास र डिप्लोइमेन्ट तीन तहको रहेको बताइन्छः
१.० चरणमा आधारभूत SRv6 क्षमताहरु प्रदान गरीन्छ। यस चरणमा, आधारभूत सुविधाहरु जस्तै SRv6 VPN, SRv6 TE, SRv6 FRR र एण्ड-टु-एण्ड सुरक्षाको लागि संलग्न छन् । SRv6 र इन्टेलिजेन्ट व्यवस्थापन र नियन्त्रण प्रणालीको आधारभूत कार्य भनेको नेटवर्क प्रोग्रामाबिलिटि, नेटवर्क सरल बनाउने र कुशल एण्ड-टु-एण्ड क्रस डोमेन श्रोत समन्वयको समर्थन गर्नु हो।
२.० चरणमा 5G र क्लाउडिफिकेशन युगको लागि नयाँ नेटवर्क सेवा क्षमताहरु प्रदान गरीएको छ । यस चरणमा मापदण्डहरु मुख्य रूपमा सेवा स्तरीय असुरान्स, जस्तै नेटवर्क स्लाइसिंग, इन-सीटू प्रवाह सूचना टेलीमेट्री र फरक अनुभवको आश्वासन प्रदान गर्ने BIERv6 समावेश छ । SRv6 मा नेटवर्क स्लाइसिंग, इन-फ्लो डिटेक्सन र SRv6 इन्टेलिजेन्ट व्यवस्थापन र नियन्त्रण उद्यम स्तर बहुउद्देश्य, सटीक सेवा प्रदर्शन पत्ता लगाउने र उच्च गुणस्तरीय सेवा अनुभवको विभेदित आश्वासन सामेल छ । SRv6 को व्यापक डिप्लोइमेन्टसंगै, हेडर लेन्थको प्रभाव बिस्तारै प्रमुख हुँदै गएको छ र SRv6 कम्प्रेसन वर्तमान अनुसन्धान र मापदण्डमा एक तातो विषय बनेको छ।
३.० चरणमा, एप्लिकेसन-अवेर नेटवर्क (APN6, एप्लिकेसन-अवेर IPv6 नेटवर्किंग) इनोभेसन र मापदण्ड एप्लिक्सन-आधारित विभेदित च्यानलहरुमा आधारित परिष्कृत सञ्चालन लागू गर्नको लागि बनाईएको हो । यस चरणमा नेटवर्कहरु अत्याधिक अटोनोमस नेटवर्कको लक्ष्य प्राप्त गर्ने लक्ष्यको आधारमा समायोजित गरिन्छ। “IPv6+ मा विशेष गरी SRv6 मा आजको लगानीले एशिया प्रशान्त क्षेत्रमा क्यारियरहरुको लागि फलदायी परिणाम ल्याउनेछ,” रोबिन लीले ह्वावे जस्ता क्यारियरहरु र आपूर्तिकर्ताहरु एक SRv6 उद्योग इकोसिस्टम निर्माण गर्न, IPv6+ मापदण्डहरुको प्रोत्साहन र लगातार भविष्य उन्मुख आईपी टार्गेट नेटवर्कको अन्वेषणलाई लिएर आएको बताउनुभयो ।
“IPv6+”, IPv6 प्रविधि प्रणालीको एक व्यापक क्षमता अपग्रेड हो। यो IPv6 प्रविधि प्रणालीको “री-इन्हास्मेन्ट”, कोर प्रविधिको “री-इनोभेसन”, नेटवर्क क्षमताको “री-इन्प्रुभमेन्ट” र उद्योग इकोसिस्टमको “री-अपग्रेड” मा आधारित छ। IPv6+ ले अधिक खुला प्रविधि र सेवा इनोभेसन, अधिक कुशल र फराक नेटवर्किंग र सेवा प्रावधान, राम्रो प्रदर्शन र प्रयोगकर्ता अनुभव, र अधिक इन्टेलिजेन्ट र विश्वसनीय O&M र सुरक्षा आश्वासन प्रदान गर्दछ जसले आईपी नेटवर्क अपग्रेड र इनोभेसन सक्षम गर्दछ। उदाउँदै गरेको IPv6+ ले एशिया प्रशान्त क्षेत्रमा अधिक विकास र क्यारियरहरुको लागि स्पेस ल्याउनेछ ।