सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटिसि)ले चालु आर्थीक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । जसअनुसार्, कम्पनिको चालु आ.व को पहिलो नौ महिनसम्ममा कुल आय रु. ६७ करोडभन्दा बढीले ले वृद्धि भई रु. ३३ अर्व नाघेको छ भने कुल सञ्चालन आय भने खुम्चिएको छ । पुरा विवरण पढ्नुहोस ।
गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको।
गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत ) ले वृद्धि भई रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजार रहेको।
गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको।
एनटिसिले गत आ.व.को नौ महिनाको अवधिको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफामा परिवर्तन आउनुमा निम्न प्रमुख कारण्हरु रहेको बताएको छ।
कार्य संचालन आयमा वृद्धि:
- डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जिएसएम डाटा तर्फ करिब रु. ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको
- अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्धता शुल्क मा कमी आएको र सो संग सम्बन्धित खर्चमा समेत कमी आएको
कार्य संचालन आयमा कमी :
- अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्धता शुल्कमा कमी आएको र ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब रु. ५७ करोड ५८ लाखले कमी भएको
- विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको |
- आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर पर्न गएको |
- कम्पनीको लेखा नीति तथा एनएफआरएस वमोजिम गणना गर्दा इम्पेयरमेन्टमा गत आ.व.मा भन्दा बढी खर्च आएको।
गैर कार्य संचालन आयमा भएको परिवर्तन:
- बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु.१ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको ।
- बिदेशी विनिमय दरमा भएको परिवर्तनका करिब रु.५ करोड ४६ लाख Foreign exchange Gain भएको ।