नेपाल टेलिकमको पोस्टपेड मोबाईलमा अब अनलाइन वा युएसएसडी (USSD) कोडबाट पनि रोमिङ सेवा सुचारु गराउन सकिने भएको छ । यसका साथै अब यो सेवा प्राप्त गर्न टेलिकको काउन्टरमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
अब कम्पनीका ग्राहकले आफ्नो मोबाइलमा *1415*7# डायल गरेर प्राप्त निर्देशनअनुसार रोमिङ सेवा सुचारु गर्न सकिने भएको छ । यसअघि रोमिङ सेवा प्राप्त गर्नका लागि ग्राहकले एनटीसीको काउन्टरमा गई फारम भरी सेवा सुचारु गर्नुपर्ने व्यवस्था थियो । अब भने यो एक विकल्प भएको छ ।
अब विदेशमा हुने एनटीसीका ग्राहकले रोमिङ सेवाका लागि roaming.support@ntc.net.np मा गई नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान गरिएको प्रति र सोही ईमेलमार्फत प्राप्त हुने फारम भारी सोको स्क्यान प्रति पठाएर सेवा सुरू गर्न सक्ने छन । सेवा सुचारु गराउन भने कम्तीमा रु ५ हजार रुपैयाँ Advance Credit Limit सञ्चित हुनुपर्दछ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकम द्वारा भिवोएलटिइ (VoLTE) सेवाको परीक्षण शुरुवात
रोमिङ सेवाले विदेश जाँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी नेपालमा जस्तै गरी कल, डाटा, तथा एसएमएस सुविधा लिन सकिन्छ । यसलाईनै अन्तर्राष्ट्रिय रोमिङ सेवा भनिन्छ ।
एनटीसीको प्रिपेड मोबाइल सेवामा भने यो सुविधा पहिलेदेखि नै उपलब्ध थियो । प्रिपेडमा पनि रोमिङ सेवा लिनका लागि फोनम *1415*7# डायल गरेर त्यहाँ रोमिङ सेवा सुचारु गर्ने विकल्प छनौट गर्नुपर्दछ ।
त्यसैगरी नेपाल टेलिकम एपको प्रयोग गरेर पनि यो सेवा सुचारु गर्न सकिन्छ । तर अन्तर्राष्ट्रिय रोमिङ सेवा भने ग्राहकले विदेश जानुभन्दा अघि नेपालमै हुँदा सुचारु गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, ग्राहक प्रिपेड मोबाइल सहित विदेशमै भएको अवस्थामा पनि लागि roaming.support@ntc.net.np मा गई नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी स्क्यान प्रति पढ़ाएर सेवा सुचारु गराउन सकिने कम्पनीले जनाएको छ।
थप जानकारिका लागि तल कमेन्टमा जिज्ञासा आफ्नो राख्नुहोस।