यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर ल्याएको छ। यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ। यो अफर भदौ ३१ देखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ।
अफर अन्तर्गत रु. ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ। त्यसैगरी रु. ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, रु. २९४ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र रु. ३९९ मा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने टेलिकमको भनाई छ।
प्याकस | वैधता (दिन) | शुल्क |
१ एमबिपीएस अनलिमिटेड + १०० मिनेट एनटीसी-एनटीसी भोईस | १ | रु ४९ |
६ जीबि | ३ | रु ९८ |
१३ जीबि | ७ | रु १९९ |
२० जीबि | १० | रु २९४ |
३० जीबि | १५ | रु 399 |
कम्बो प्याक | २८ दिन प्रिपेड/ ३० दिन पोस्टपेड | रु 789 |
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकमको सीडीएमए फिक्स्ड सी-फोन प्रयोगकर्ताहरुलाई आकर्षक अफर सहित नमस्ते वाईफाई र अन्य सुविधा
रिचार्ज-अन-बोनस
त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ।
रिचार्ज रकम | बोनस डेटा | वैधता (दिन) |
रु 200 – 499 | 2 जीबि (प्रत्येक दिन 1 जीबि) | 2 |
रु 500 वा माथि | 8 जीबि (प्रत्येक दिन 2 जीबि) | ४ |
कसरी खरीद गर्ने ?
भदौ ३१ देखि असोज ६ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी नेपाल टेलिकंका तीज तथा संविधान दिवसक अफर प्याकहरु उपयोग गर्न सकिने छ।
यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीले राखेको छ ।