नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्राएको हो ।
अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड२ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
ग्यालेक्सी जेट फोल्ड२ ले मल्टि–टास्किङ्गको २ इन १ अनुभव प्रदान गर्दछ । यसका विशेष सुविधाहरुले प्रयोगकर्ताहरुलाई अझै बढी सुविधा एवं क्षमता प्रदान गर्दछ । ग्यालेक्सी जेट फोल्ड२ ले मोबाइलको दुनियाँमा वास्तवमै नयाँ अनुभव प्रदान गर्नेछ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड२, विशेष तथा परिष्कृट डिजाइनले रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्म भित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ ।
“हामी ग्राहकहरुलाई ग्यालेक्सी जेट फोल्ड२ को प्रि–बुकिङ्ग अवधिभर आएको उत्साहजनक प्रतिक्रियाको लागी धन्यवाद दिन चाहन्छौं । हामीले पहिलो पटक उच्चस्तरीय मेकानिजमयुक्त ग्यालेक्सी जेट फोल्ड२ मोबाइल बजारमा ल्याउन पाउ्दा अत्यन्त उत्साहित भएका छौं । हामी यस मास्टरपिस प्रविधि सामसङका ब्रान्ड स्टोर तथा सेलेक्टेड रिटेल स्टोर मार्फत् उपलब्ध गराउन पाउँदा एकदम खुशी छौं । ” सामसङ नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले थप बताउनु भयो ।
ग्यालेक्सी जेट फोल्ड२, उत्कृष्ट र अर्थपूर्ण इनोभेसनले सजिएको छ जसले नयाँ फोल्डेबल अनुभव दिन्छ । यसमा भएको डुअल प्रिभ्यु एवं अडियो क्याप्चर सुविधाको साथ अभूतपूर्व क्यामराले जीवनका हरेक पलहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ । यसको डिजाइन नै भविष्यको आकारलाई परिवर्तन गर्ने खालको रहेको छ । साथै गेमिङ्गको जीवन्त अनुभव, अविश्वसनीय मल्टि टास्किङ्ग सुविधा एवं लङलास्टिङ्ग व्याट्रिले वास्तवमै पृथक अनुभव प्रदान गर्ने छ ।
नयाँ परिष्कृत डिजाइन
ग्यालेक्सी जेट फोल्ड२ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ ।
- इमरसिभ कन्टेन्ट एक्सपिरेन्स:
ग्यालेक्सी जेट फोल्ड२, १५.७४ से मी (६.२ इन्च), इनफिनिटि–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफुलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।
- आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधाहरु
कभर र मेन स्क्रीन बीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।
- आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपनः
यसको Flex Mode ले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरा लाई छोड्नु नै पर्दैन । तपाइँले स्पष्टसँग फोटो वा भिडियोहरुका मोस्ट रिसेन्ट पाँच वटा तस्वीर वा भडियो मेन स्क्रीनको तल पट्टी देखा पर्दछ र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ । ग्यालेक्सी जेट फोल्ड२ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थमा पनि विषय निर्धारण गर्न सकिन्छ ।
- सिर्जनशीलताको लागि विशेष सुविधाहरुः
एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युयल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुबै पक्षले क्याप्चर भएको कुरा देख्न सक्नुहुने छ । यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रीनमा भ्यूफइन्डरको रुपमा राखिएको छ ।
- फ्ल्यागसिप क्यामरा फिचरहरुः
यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जेट फोल्ड२ मा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

- हरेक पलहरुलाई अविस्मरणीय बनानुहोस्
नेक्स्ट जेनेरेसन मोबाइल ग्यालेक्सी जेट फोल्ड२ मा नवीनतम तरिकाबाट प्रयोग भएको मल्टिटास्किङ्ग क्षमतालाई हामी सबैले विशेष धन्यवाद नै दिनु पर्दछ । यस फोनको फोल्डेबल सुविधाले वास्तवमै मेन स्क्रीनलाई टेलरिङ्ग गरी ट्यावलेट आकारको बनाउन सकिने सुविधा प्रदान गर्दछ र प्रयोग कर्ताहरुले यसको भरपूर उपयोग गर्न सक्नुहुने छ ।
- वृहत मल्टिटास्किङ्ग सुविधाः
अझै धेरै सहजता एवं मल्टि टास्किङ्ग सुविधाको लागि एडभन्स मल्टि टास्किङ्ग विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टि फाइलहरु खोलेर एकै पटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टि टास्किङ्ग टे«मा प्रयोगकर्ताहरुले एकै पटक धेरै एपहरु खोलेर एप पियर तथा एज प्यानलमा एकै पटक इन्ट्रिगेसन गर्न सक्नुहुन्छ । यसमा भएको ड्र्याग एण्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्ट जस्ता विषयवस्तुहरुलाई सहजै अर्को एपमा ट्रान्स्फर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रीन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पीट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।
- ग्राहको प्रवाहलाई निरन्तरता दिन अप्टिमाइज्ड एपको प्रयोगः
मेन स्क्रिनमा आफ्नो आवश्यकता अनुसारका अप्टिमाइज्ड ग्क्ष् को छनौट गरेर सहज एवं शीघ्र रुपमा ठूलो स्क्रीन र परम्परागत स्क्रीन बीच परिवर्तन गर्न सकिन्छ ।
- अप्टिमाइज्ड एप डिस्प्ले:
दैनिक जीवनका हरेक क्षणहरुलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्त दिन र ग्राहकवर्गहरुको मनपर्ने एपहरुको साथ जीमेल, युट्युव जस्ता एपहरु सहज रुपमा राखिएको छ । यसमा माइक्रो सफ्ट अफिस ३६५ को साथ मेन स्क्रीनले एउटा ट्यावलेटको अनुभव प्रदान गर्नेछ ।
- प्रोडक्टिभिटिको अभिवृद्वि:
ग्यालेक्सी जेट फोल्ड२ ४५०० mAH ब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । ग्यालेक्सी जेट फोल्ड२ ले वायरलेस Samsung DeX को सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ । डिभाइसमा रहेको यूडब्लुबी (अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले Nearby Share मार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।
- मूल्य एवम् सुविधाहरु:
ग्यालेक्सी जेट फोल्ड२ को मूल्य रु.२४९,९९९ रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ २०७७ साल असोज २९ गतेदेखि नेपाल अधिराज्यभरका सामसङ ब्राण्ड स्टोरहरु तथा सलेक्टेड रिटेल स्टोर मार्फत् उपलब्ध गरिएको छ ।
ग्यालेक्सी जेट फोल्ड२ Mystic Black तथा Mystic Bronze गरी विभिन्न दुई रंगमा उपलब्ध रहेको छ ।
यो फोन खरिद गर्नुहुने ग्राहकलाई एक पटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि प्रदान गरिनेछ ।