ह्वावेद्वारा अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात

संयुक्त राष्ट्र ब्रोडबैंड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (UBBF २०२०) को अनलाइन संचालन गरेको छ । “इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदरू को विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफ (UBBF) ले यस इन्टेलिजेन्ट युगमा कनेक्टिभिटी उद्योगले सामना गरिरहेको चुनौती र अवसरको बारेमा छलफल गरेको छ ।
उक्त कार्यक्रममा ह्वावेका कार्यकारी निर्देशक तथा लगानी समीक्षा बोर्डका अध्यक्ष डेभिड वांगले “Building Intelligent Connectivity for an intelligent World” अर्थात् “इन्टेलिजेन्ट संसारको लागि इन्टेलिजेन्ट कनेक्टिभिटीको निर्माण” शीर्षकमा भाषण दिनुभएको छ । श्रीमान् वांगले घर र उद्यम परिदृश्यको लागि पनि ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस् शुरू गरिएको हो । यी परिदृश्यहरूको माध्यमबाट होम ब्रोडब्यान्डले अनुभव अर्थव्यवस्था (Experience Economy) युगमा प्रवेश गर्नेछ र उद्योगहरूको डिजिटल रूपान्तरणको प्रक्रियालाई तीब्रता दिनेछ ।

कनेक्टिभिटि उद्योगले देखेको पाँच रोमाञ्चक परिवर्तनहरु

कनेक्टिभिटिको प्रत्येक अपग्रेडले समाजलाई मौलिक रूपमा परिवर्तन गरेको छ ।

अहिले, जब हामी इन्टेलिजेन्ट युगतिर बढ्दैछौं, व्यक्ति, घर र उद्यमहरूले पहिले भन्दा कनेक्टिभिटीमा उच्च आवश्यकताहरू राखिरहेका छन् र नयाँ प्रविधिहरू जस्तै क्लाउड र AI, द्रुत रूपमा कनेक्टिभिटीको साथ एकीकृत हुँदैछन् । यसले कनेक्टिभिटी ईन्डस्ट्रीलाई पाँच रोमाञ्चकारी परिवर्तनको अनुभव गराउँदछ :

परिवर्तन १ः IoT र इन्टेलिजेन्ट IoT देखि कनेक्टेड इन्टेलिजेन्ट टुविन्स् सम्म । विगतमा हाम्रो उद्देश्य सबै मानिस र घरलाई कनेक्ट गर्ने थियो । यो इन्टरनेट अफ एभरीथिङ्ग थियो । जब हामी AI जीवन र उद्यमहरुको इन्टेलिजेन्ट अपग्रेड तर्फ लाग्दा, हामीले धेरै कुराहरुलाई इन्टेलिजेन्ससँग जोड्न पर्छ । यो इन्टेलिजेन्ट इन्टरनेट अफ एभरीथिङ्ग हो । तेस्रो–पक्षको पूर्वानुमानका अनुसार २०३५ सम्ममा विश्वमा एक खरबको संख्यामा कनेक्सन हुनेछ, जसले सर्वव्यापी कनेक्टिभिटी र व्यापक इन्टेलिजेन्टलाई वास्तविकता बनाउनेछ ।

परिवर्तन २ः कार्यालय देखि कार्यालय + उत्पादन सम्म । कोभिड–१९ ले मानिसहरुकोे घरमा ब्रोडब्यान्डको आवश्यकतालाई परिवर्तन गरेको छ । उद्योगको परिप्रेक्षमा, कनेक्टिभिटी कार्यालयको सेवा दिन मात्र नभई, दुबै कार्यालय र उत्पादन सेवा दिनमा अग्रसर भएको छ । उद्यम डिजिटलीकरणको ध्यान डिजिटल कार्यालयबाट डिजिटल उत्पादन, कारोबार र कार्यवयनमा सरेको छ ।
परिवर्तन ३ः उत्तम प्रयासदेखि डिटर्मिनिस्टिक सेवाहरूमा भिन्नता सम्म । उद्योग सेवा परिदृश्य र कनेक्टिभिटी आवश्यकताको आधारमा भिन्न हुन्छन् । यदि विभेदित सेवाहरू पूर्वनिर्धारित छन् भने डिटर्मिनिस्टिक अनुभवको आवश्यकता पक्कै छ । तसर्थ, अपरेटरहरूले केवल विभेदित र डिटर्मिनिस्टिक सेवाहरू प्रदान गरेर मात्र भर्टिकल बजारका लागि ढोका खोल्न सक्छन् ।

परिवर्तन ४ः एमबीपिएस (Mbps) देखि कुनै माध्यमद्वारा जीबीपिएस (Gbps) सम्म । मल्टिपल एक्सेस प्रविधिहरू अवस्थित छन्, जस्तै सेलुलर, Wi-Fi र अप्टिकल फाइबर प्रविधि र सेवा परिदृश्यहरूको विविधताले भन्छ मल्टिपल एक्सेस टेक्नोलोजी आउने धेरै वर्षसम्मका लागि सहअस्तित्वमा हुनेछ । संगठित प्रयासको माध्यमबाट उद्योगभरमा 4G, 5G, Wi-Fi र फाइबर प्रविधिहरुले अब सर्वव्यापी रुपमा Gigabit कनेक्टिभिटी प्रदान गर्न सक्छ ।

परिवर्तन ५ः म्यानुअल O&M देखि हाइपर–अटोमेसन सम्म । 5G ले नेटवोर्क O&M लाई 4G ले भन्दा बढी जटिल बनाउँनेछ । म्यानुअल O&M यी नयाँ जटिलताहरूलाई नियन्त्रण गर्न अपर्याप्त हुन्छ र सरल O&M निर्णय लिन बिग डाटा (Big Data) र AI द्वारा संचालित हाइपर–अटोमेसनलाई मार्ग प्रदान गर्नेछ ।

AI को साथ इन्टेलिजेन्ट कनेक्टिभिटिको दिशातिर जाँदै

यी पाँच परिवर्तनहरु कनेक्टिभिटिमा नयाँ आवश्यकता राख्दैछन् । यी आवश्यकताहरू पूरा गर्न र अधिक उत्पादकत्व हासिल गर्न, कनेक्टिभिटि अर्को स्तरमा अपग्रेड हुनुपर्दछ ।

पहिलो आवश्यकता सर्वव्यापी Gigabit हो किनकि कनेक्टिभिटीको आधार नै ब्यान्डविथ हो । सर्वव्यापी Gigabit कनेक्टिभिटीको आवश्यकता अल्ट्रा–HD भिडियो, औद्योगिक VR/AR अनुप्रयोग, AI क्यामेरा र ड्रोनहरूका लागि रहेको छ ।

दोस्रो आवश्यकता डिटर्मिनिस्टिक अनुभव हो जुन अति महत्वपूर्ण हुन्छ घरायसी परिदृश्यमा जस्तै टेलिकम्युटिङ र अनलाइन शिक्षा, साथसाथै उद्यम परिदृश्यमा जस्तै सुरक्षित र भरपर्दो उत्पादन को लागि पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।

तेस्रो आवश्यकता हाइपर–अटोमेसन हो । जटिलता र मापनको मामलामा नेटवर्क परिष्कृत हुँदै गैरहेकोेले, बिग डाटा (Big Data) र AI को प्रयोग हाइपर–अटोमेसन प्राप्त गर्नको लागि हुनैपर्छ ।

यस इन्टेलिजेन्ट युगमा इन्टेलिजेन्ट कनेक्टिभिटीलाई तीन प्रमुख विशेषताहरुमा लिन सकिन्छः सर्वव्यापी Gigabit, डिटर्मिनिस्टिक अनुभव र हाइपर–अटोमेसन (Hyper Automation) ।

ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्

कार्यक्रमको दौरान वांगले ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात गर्नुभयो जसमा घरहरूको लागि इन्टेलिजेन्ट डिस्ट्रिब्युटेड एक्सेस सोलुसन, साथसाथै उद्यमका लागि इन्टेलिजेन्ट क्याम्पस नेटवर्क, इन्टेलिजेन्ट प्रिमियम प्राइभेट लाइन्स र इन्टेलिजेन्ट क्लाउड नेटवर्क सोलुसन रहेको छ ।

  • इन्टेलिजेन्ट डिस्ट्रिब्युटेड एक्सेसः यो सोलुसनले विस्तृत रूपमा घरका उपकरणहरू, स्थानीय नाका र नेटवर्क व्यवस्थापन अपग्रेड गरेको छ । सम्पूर्ण कोठामा Gigabit Wi-fi कभरेज, उच्च गुणस्तरको सेवा अनुभव र सटीक प्रयोगकर्ता पहिचानको साथमा इन्टेलिजेन्ट डिस्ट्रिब्युटेड एक्सेसले अपरेटरलाई प्रयोगकर्ताबाट भन्दा नेटवर्क अनुभवबाट लाभ दिलाउन सक्छ ।
  • इन्टेलिजेन्ट क्याम्पस नेटवर्कः केन्द्रीय LAN & WAN व्यवस्थापन, Gbps एक्सेस र AI-based इन्टेलिजेन्ट O&M को सहयोगले गर्दा, इन्टेलिजेन्ट क्याम्पस नेटवर्कले अपरेटरलाई क्लाउड मा सर्दा, उद्यमको लागि वान–स्टप नेटवर्क सोलुसन प्रदान गर्ने मौका दिन्छ् ।
  • इन्टेलिजेन्ट प्रिमियम प्राइभेट लाइन्सः अल–अप्टिकल स्विच टेक्नोलोजीको सहयोगले यो सोलुसनले व्यापक रुपमा लेटन्सी घटाउँदछ जसले अपरेटरहरूलाई हाइ यन्ड उद्यम प्रयोगकर्तालाई १ एमएस (ms) अल्ट्रा–लो लेटन्सी र उच्च अनुभव प्रदान गर्न सक्षम बनाउदछ । लिक्विड OTN प्रविधिमा निर्माण गरिएको बहुमुखी हार्डे पाइपले २ एमबीपीएस देखि १०० जीबीपीएस सम्मको लचिलो ब्याण्डविथ एक्सेसलाई र हानिविहीन सेवा समायोजनलाई साथ दिन्छ । थप रूपमा, इन्टेलिजेन्ट प्रिमियम प्राइभेट लाइन्सले उद्यम ग्राहकवर्गलाई विशेष वेभलेन्थ वा सब(वेभलेन्थको स्रोत मार्फत वेभलेन्थ–लेभल प्राइभेट नेटर्वक कनेक्ट गर्दछ ।
  • इन्टेलिजेन्ट क्लाउड नेटवर्क सोलुसनः यो सोलुसनले क्लाउड युगमा क्लाउड र नेटर्वक बीच तालमेल सिर्जना गर्ने उद्देश्य राखेको छ । इन्टेलिजेन्ट क्ष्ए नेटर्वकमा आधारित रहेर इन्टेलिजेन्ट क्लाउड नेटर्वकले उच्च–स्तरको क्लाउड प्राइभेट नेटर्वक निर्माण गर्नेछ, जसले उद्यमलाई एकभन्दा बढी क्लाउड एक्सेस गर्न सहयोग गर्दछ ।

“विगत ३० बर्षमा ह्वावेले ग्राहकवर्ग र साझेदारहरुसंग मिलेर समग्र घरको लागि निर्बाध AI जीवनको निर्माण गर्न र सबै उद्योगहरुको इन्टेलिजेन्ट अपग्रेडलाई बढवा दिन को लागि कार्य गरिरहेको छ । हाम्रो अन्तिम लक्ष्य भनेकै डिजिटल अर्थव्यवस्था को बृद्धि र मानिसको जीवन सुधार गर्ने हो,” श्रीमान् वांगले भन्नुभयो ।

“5G, अप्टिकल नेटवर्क र IPV6 इन्हान्सड इनोभेसनमा निरन्तर लगानी गरेर आज हामीले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात गरेका हौं । यी सोलुसनहरुले अल्ट्रा–ब्रोडब्यान्ड नेटवर्कलाई हराभरा र अधिक कुशल बनाउनेछ भने साथै अधिक इन्टेलिजेन्ट संसार सिर्जना गर्नेछ । यसैगरी, हामी अनुसन्धानमा हाम्रो प्रयासहरू दोब्बर गर्नेछौं, अर्को पुस्ताको नेटवर्क प्रविधिमा अधिक लगानी गर्नेछौं र सबै सरोकारवालाहरूसँग काम गरेर अझै कम–कार्बन, दक्ष र इन्टेलिजेन्ट संसारलाई आकार दिनेछौं ।”

UBBF आईसिटी (ICT) उद्योगमा एक ग्लोबल फ्लैगशिप कार्यक्रम हो । यो वर्षको कार्यक्रममा चाइना मोबाइल, FTTH काउन्सिल युरोप, टेकयुके, अर्नेस्ट र यङ्ग एडभाइसोरी लिमिटेड, IPV6 फोरम, सामिना (SAMENA) दूरसंचार परिषद र ओमडियाबाट उपस्थित अतिथिवर्गले आफ्नो धारणा राख्नु भएको थियो ।

चार परिदृश्य–विशिष्ट सोलुसनहरूको बारेमा थप जानकारीको लागी यहाँ हेर्नुहोला ।

Leave a Comment