नेपाल टेलिकमले ल्यायो दशै तिहार छठ चाड्बाड अफर

शेयर गर्नुहोस

नेपाल टेलिकमले मोबाइल सेवामा घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफर का रुपमा उपलब्ध गराउने भएको छ ।

फेस्टिभल अफर

कुराकानीमा बोनस

फेस्टिभल अफरका रुपमा दशै,तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम, सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । ।

यसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

असिमित फेसबुक र असिमित युटुब प्याक

त्यसै गरी नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा Unlimited Facebook र Unlimited YouTube प्याकेज (असिमित फेसबुक र असिमित युटुब प्याक) छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी (1 GB) डाटाको Add-on Pack समेत खरिद गर्न सकिनेछ । माथि उल्लेख गरिएका सबै दरहरु सरकारी ट्याक्स सहितका हुन् ।

नेपाल टेलिकम एप डाउनलोड गर्दा डाटा

मिति २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राप्त हुनेछ । यसैगरी *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

ह्याप्पी लर्निङ प्याक सबैका लागि

विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहक महानुभावका लागि उपलब्ध हुनेछ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ । प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1441# डायल गर्नुपर्नेछ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एप बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । COVID-19 को महामारीको कारणले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गर्नुपर्ने विषम परिस्थितिमा कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम तथा फेस्टिभल अफर आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।


शेयर गर्नुहोस

Leave a Comment