ह्वावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (IDC), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको को ग्लोबल प्रदायकले ह्वावे को साथमा “बैंकिगं इन्डस्ट्रि राइजेज टु न्यु नर्मल” शिर्षकको वाइट् पेपर जारी गरेको छ । यस प्रतिवेदनमा IDC र ह्वावेले बैंकिगं इन्डस्ट्रिमा कोभिड–१९ को प्रभाव बारे सर्भे जारी गर्यो र बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ । यस प्रतिवेदनको अशंको रूपमा IDC र ह्वावेले “बैंकिगं रिसिलियेन्स सूचक”को विकास गरेको छ जसले बैंकिगंको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्दछ । यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउँदछ, तथा बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आकलन गर्न प्रयोग गर्न सक्दछ र भविष्यको सफलताको लागि कहाँ ध्यान दिने भनेर मार्गदर्शन प्रदान गर्दछ ।
ह्वावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल CORE र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरू सहित FSI सलुसनको विस्तृत प्रकार देखाउँदै छन् । यी सलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने FSI वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरू बिरूद्ध उभिने मौका दिन्छ । हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय से¬वाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा ह्वावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको छ । हामीले व्यक्त गरिरहेको अन्तर्दृष्टिले वित्तीय ग्राहकहरूलाई विश्वव्यापी रूपमा प्रतिक्रिया दिन र यस कठिन समयमा ग्राहकहरूलाई साथ दिन सहयोग गरिरहेको छ ।
यी अनुभवहरूले ह्वावेलाई यस रिपोर्टमा IDC को साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिगं सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ । भविष्यलाई नियाल्दा खेरी IDC ले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकाल्यो :
- च्यानल अपग्रेड – पूर्ण डिजिटल ग्राहक यात्रामा सर्दै,
- संचार पुनर्विचार– ग्राहकहरुलाई सेवा पु¥याइने तरिकामा परिवर्तन ल्याउने,
- इन्फ्रास्ट्रक्चर ओभरहल – हाइब्रिड क्लाउड र माइक्रोसर्भिसेस को निर्माण
- डाटा र एनालिटिक्स पुनः परिभाषा – मजबूत डेटा लेक र AI क्षमताको निर्माण,
- कार्यप्रवाह पुनः कल्पना – कागज र PCs बाट मोबाइल कार्यप्रवाहहरू मा उत्थान, र
- प्लेटफर्म रूपान्तरण – उभो लाग्दै गरेका प्रविधिहरू समावेश गर्दै जस्तै 5G, AI र IoT, इत्यादि ।
सङ्गै लिदा, बैंकिंग रिसिलियेन्स सूचक र फोकस क्षेत्रहरूले बैंकहरूको लागि मार्गदर्शन प्रदान गर्दछ, किनकि उनीहरूले ूनयाँ सामान्यू को निरन्तर चुनौतीहरूको सामना गर्दछन । ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्दछ । वाइट् पेपर डाउनलोड गर्न कृपया लिंकमा गर्नुहोस्:
यो प्रेस बिज्ञप्ती ह्वावेको तर्फबाट APO समूहद्वारा वितरित हो।