शाओमीले विगत पाँचौ त्रैमासिकदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

शेयर गर्नुहोस


नयाँ रिपोर्ट अनुसार २०२१ सालको तेश्रो त्रैमासिकमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्न सफल

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको तेश्रो त्रैमासिक २०२१ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी ज्यूले भन्नुभयो , “आइडिसीको रिपोर्ट अनुसार हामी लगातार पाचौँ क्वार्टरसम्म नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौँ “। “हामी हाम्रा मी प्रशंसकहरुबाट पाएकोे माया र समर्थनको लागि आभारी छौंँ र हामीले भविष्यमा आफ्नो लागि कायम गरेका सबै लक्ष्यहरु पूरा गर्नको लागि निरन्तर प्रयासरत रहेका छौँ ।”

पोको एफ ३, रेड मी नोट १० प्राइम सेरिज, पोको एफ ३ जिटि जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क र हालसालै मी प्याड ५ लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा २००० भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६०० भन्दा धेरै मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गरेको छ । हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ । नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ –साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।


शेयर गर्नुहोस

Leave a Comment