डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहयोग प्रवर्द्धन गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेका CEO संग भेटवार्ता

शेयर गर्नुहोस

आज, थाइल्याण्डका प्रधानमन्त्री, H.E. जनरल प्रयुत चान-ओ-चाले ह्वावे टेकनोलोजिजका CEO रेन झेङ्फेईसँग भर्चुअल कार्यकारी बैठकमा भाग लिनुभयो । जनरल प्रयुतले थाइल्यान्डको डिजिटल रूपान्तरण र महामारीपछिको रिकभरीमा ह्वावेको निरन्तर सहयोग र थाइल्यान्ड 4.0 रणनीति र डिजिटल प्रतिभा उत्पादनलाई प्रवर्द्धन गर्न ह्वावेसँगको सहकार्यलाई अझ सुदृढ पार्ने उहाँको उत्सुकताको लागि प्रशंसा व्यक्त गर्नुभयो ।

भर्चुअल बैठकको क्रममा जनरल प्रयुत र रेनले कसरी डिजिटल प्रतिस्पर्धालाई सुदृढ गर्ने र थाइल्याण्डमा ICT प्रतिभाको लागि बलियो आधार निर्माण गर्ने बारे विचार आदानप्रदान गर्नुभयो ।

जनरल प्रयुतले थाइल्यान्डको आर्थिक लचिलोपन र दिगोपनलाई समर्थन गर्न उन्नत ICT प्रविधि र डिजिटल आविष्कारले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिँदै भन्नुभयो, “ह्वावेले थाइल्याण्डको महामारी र डिजिटल रूपान्तरण विरुद्धको लडाइमा ठूलो योगदान दिएको छ । म ह्वावेको इतिहास र समर्पण संस्कृतिबाट धेरै प्रभावित भएको छु । भविष्यमा थाइल्याण्ड ह्वावेसँग डिजिटल अर्थतन्त्र, 5G स्मार्ट अस्पताल, क्लाउड र कम्प्युटिङ, डिजिटल पावर, स्मार्ट लजिस्टिक र डाटा सेन्टर लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न इच्छुक छ ।”

रेनले थाई सरकारको ह्वावेमा विश्वासको लागि कृतज्ञता व्यक्त गर्नुभयो र 5G रोलआउटमा थाइल्याण्डको उपलब्धिहरूको लागि बधाई दिनुभयो । उहाँले भन्नुभयो, “ह्वावे र थाइल्याण्डले एक बलियो डिजिटल पूर्वाधार आधार निर्माण गर्न मिलेर काम गरिरहेका छन् । भविष्यमा हामी थाइल्याण्डका प्रमुख उद्योगहरूमा विशेष गरी पोर्ट र एयरपोर्ट परिदृश्यहरूमा डिजिटल प्रविधिहरूको एकीकरणलाई गति दिन तत्पर छौं ।”

“हामीलाई थाइल्याण्डको सफल डिजिटल रूपान्तरण र प्रतिभा विकासमा दृढ विश्वास छ । हाम्रो स्थानीय टोलीले थाई ग्राहक र साझेदारहरूसँग मिलेर काम गर्नेछ जसले प्रविधि सोलुसनहरूको साथ देशको सामाजिक र आर्थिक विकासको सेवा गर्नेछ,” रेनले भन्नुभयो ।

आशियन डिजिटल हब बन्ने थाइल्याण्डको डिजिटल ब्लुप्रिन्ट तर्फ ह्वावे र थाइल्याण्डले दुई प्रमुख क्षेत्रमा नजिकबाट सहकार्य गर्दै आएका छन् ।

पहिलो, थाइल्याण्ड 4.0 रणनीति अनुसार ह्वावेले आफ्ना ग्राहकहरूसँग थाइल्याण्डको डिजिटल रूपान्तरण र ICT पूर्वाधार इनोभेसनलाई गति दिन काम गरेको छ । 5G, क्लाउड र AI को अवलम्बन मार्फत ह्वावे र यसका उद्योग साझेदारहरूले थाइल्यान्डका प्रमुख क्षेत्रहरूलाई सक्षम बनाउँदै छन् र स्वास्थ्य सेवा, शिक्षा, यातायात, ई-सरकार र स्मार्ट सिटी लगायत धेरै क्षेत्रहरूमा थाइल्याण्डको दीर्घकालीन सामाजिक आर्थिक विकास र डिजिटल इकोसिस्टमलाई बलियो बनाउन रोमाञ्चक अवसरहरू सिर्जना गर्दै छन् ।

यी कार्यहरूमध्ये स्मार्ट पोर्ट र एयरपोर्टहरू ह्वावे र थाइल्याण्डका लागि महत्वपूर्ण सम्भावित सहयोग क्षेत्र हुन् । रेनले चीनमा स्मार्ट पोर्ट र स्मार्ट एयरपोर्ट सोलुसनहरूमा कम्पनीको उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्नुभयो, जसले सबै तत्वहरू – व्यक्ति, सवारी साधन, सामान, उद्यम र स्थानहरूमा आधारित अटोमेसन क्षमताहरू निर्माण गर्दछ – सुरक्षित, कुशल र इन्टेलिजेन्ट विश्व-स्तरीय पोर्ट र एयरपोर्र्टहरू निर्माण गर्न मद्दत गर्दछ ।

दोश्रो, जनरल प्रयुत र रेन ज्यूले थाइल्याण्डमा थप दक्ष र डिजिटल प्रतिभा उत्पादन गर्ने प्रतिबद्धतामा पनि प्रकाश पार्नुभयो । थाइल्यान्डको डिजिटल रूपान्तरण र दीर्घकालीन विकासलाई अगाडि बढाउनका लागि दुवै जनाले सार्वजनिक र निजी क्षेत्रले सबैलाई फाइदा हुने खुला, साझा ICT प्रतिभा इकोसिस्टम निर्माण गर्न मिलेर काम गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।

थाइल्यान्डको स्थानीय ICT प्रतिभा र डिजिटल कार्यशक्ति उत्पादन गर्ने लक्ष्य राख्दै ह्वावेले आशियनमा ह्वावे आशियन एकेडेमी (थाइल्याण्ड) को स्थापना गर्‍यो, जसले ४१,००० ICT प्रोफेशनलहरूलाई तालिम दिइसकेको छ र १,३०० साना र मझौला उद्यमहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ । ह्वावेले २० भन्दा बढी थाई विश्वविद्यालयहरूसँग MOU हस्ताक्षर गरिसकेको छ । डिजिटल संसार द्रुत रूपमा नजिकिँदै गर्दा ह्वावेले डिजिटल समावेशी पहलहरू मार्फत कोही पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्दै डिजिटल ज्ञान र जोखिममा परेका समूहहरूको रोजगारीको सम्भावना बढाउने प्रतिबद्धता जनाएको छ ।

मार्च २०२१ मा ह्वावे थाइल्याण्डलाई “डिजिटल इन्टरनेशनल कर्पोरेशन अफ द इयर” को रूपमा विशेष प्रधानमन्त्री पुरस्कारका लागि छनोट गरिएको छ । यो अवार्डले ह्वावेलाई उसको अमूल्य सहयोग र थाई समाजमा उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने प्रयासहरूको लागि सम्मान गर्दछ । यो अवार्ड पाउने यो एक मात्र कम्पनी हो ।


शेयर गर्नुहोस

Leave a Comment