आयो वान् युआइ ४, तपाईं केन्द्रित एक उन्नत मोबाइलको अनुभूति प्रदान गर्दै

शेयर गर्नुहोस


नयाँ सफ्टवेयर अद्यावधिकले अझ बढी अनुकूलन, अद्यावधिक गोपनीयता सेटिङ्गहरु र त्योभन्दा ज्यादा प्रस्ताव गर्दछ ।

सामसुङ्ग इलेक्ट्रोनिक्सले वान् युआइ ४ को औपचारिक घोषणा गरेको छ, जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुनेछ । नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसुङ्गको निरन्तर विस्तार भैरहेको इकोसिस्टममा पहुँचसँगैं वान् युआइ ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउनेछ जसले तपाई्रंलाई आफ्नो नियन्त्रणमा राख्छ ।

“हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं ।” सामसुङ्ग नेपालका निर्देशक प्रणय रत्न स्थापितले भन्नु भयो । “वान् युआइ ४ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्दछ । तर हामी त्यत्तिमै रोकिंदैनौ । चाँडै नै, अन्य स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर अद्यावधिकबाट लाभान्वीत हुनुहुनेछ, ।”

पाईंको ग्यालेक्सी, तपाईंको तरिका

वान् युआइ ४ ले तपाईंलाई तपाईंको आफ्नो आवश्यकताहरु पूरा गर्न र तपाईंले आफूलाई व्यक्तिगत तवरमा प्रस्तुत गर्नलाई अनुकूलित मोबाइल अनुभव सिर्जना गर्न सक्षम बनाउँछ । छनौट गर्नलाई राखिएका सम्पूर्ण नयाँ कलर प्यालेटहरुका साथ तपाईंले आफ्नो मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमी सबै चीजहरुको बनौट र अनुभव बदल्न सक्नु हुन्छ । र अझ पुन परिकल्पना गर्ने विजेटहरु जसले अझ गहन अनुकूलन गर्ने अफर दिन्छ, यसरी तपाईंको स्मार्टफोनमा तपाईंको आफ्नै निजी छाप राख्न यसभन्दा पहिले कहिल्यै सजिलो भएको थिएन । तपाईंले व्यापक इमोजि विशेषताहरु, जिआइएफहरु र स्टिकरहरुका साथ आफूलाई अझ झन् सजिलै प्रस्तुत गर्न सक्नु हुनेछ ।

महत्वपूर्ण सबै विषय सुरक्षित गर्नुहोस् ।

बलियो सुरक्षा बिना केही पनि गोप्य रहँदैन । त्यसैले वान् युआइ ४ का साथ सामसुङ्गले त्यस्तो नवीनतम गोपनीय र सुरक्षाका विशेषताहरु पेश गरेको छ, जसले गर्दा तपाईंले के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सक्नु हुन्छ । जब कुनै एपले तपाईंको क्यामरा वा माइक्रोफोनमा पहुँच राख्ने प्रयास गरिरहेको हुन्छ त्यस समयमा तपाईंलाई सचेत गराउनेदेखि नयाँ गोपनीय ड्यासबोर्डसम्म जसले तपाईंको सबै सेटिङहरु र नियन्त्रणहरु एउटै सुविधाजनक स्थानमा ल्याउँछ । वान् युआइ ४ का साथ तपाईंको गोपनीयता सेटिङहरुको नियन्त्रण र निगरानी सजिलो भएको छ ।

एक विस्तारित इकोसिस्टमसँग तपाईंलाई जोड्दै

वान् युआइ ४ ले धेरै शक्तिशाली मोबाइल अनुभव अनलक गराउँदै सामसुङ्गको अविश्वसनीय विस्तारित इकोसिस्टम उपकरणहरु र तेस्रो पक्ष एपहरु प्राप्त गर्न मद्दत गर्छ । र तपाईंले ग्यालेक्सी सिरिजहरु ग्यालेक्सी घडी वा ग्यालेक्सी ट्याब प्रयोग गरिरहनु भएको छ भनें तपाईंले आफ्नो सबै उपकरणहरुमा एकसमान बनौट र अनुभव प्राप्त गर्नु हुनेछ र तिन्लाई सजिलै संयोजन गर्न सक्षम हुनु हुनेछ ।

उपलब्धता

ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान् युआइ ४ उपलब्ध भएको छ र छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइनेछ । यो घोषणा शुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवे्यर अद्यावधिकसँगै गरिएको छ । यसबाट प्रयोगकर्ताहरु स्वास्थ्य विशेषताहरु र नयाँ घडी बनौटहरुको मज्जा लिन सक्षम हुनेछन् ।


शेयर गर्नुहोस

Leave a Comment