डिजिटल प्रतिभा विकास गर्न ह्वावेव्दारा नेपालमा पहिलो सीड्स फर द फ्युचर कार्यक्रमको सुरुवात

शेयर गर्नुहोस

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन समारोहको आयोजना गरेको छ – आफ्नो ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम नेपालका सबै ICT-सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा एक कार्यक्रममा आयोजना गरिएको थियो । यो वर्ष ह्वावेले नेपालमा कार्यक्रम ल्याएको पहिलो वर्ष हो ।

सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदन प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो ।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित ICT प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटिले २० स्नातक विद्यार्थीहरू छनोट गरेको छ जसमा काठमाडौं उपत्यका बाहिरका ४ जना छन् जसले ८-दिने अनलाइन प्रशिक्षणमा भाग लिने छन्, घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित 4G बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने छन् । उनीहरूले Tech4Good विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र/वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २०,००० अमेरिकी डलर सम्मको पुरस्कार जित्न सक्नेछन् ।

उद्घाटन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय राज्यमन्त्री बोधमाया कुमारी यादव प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको उहाँले बताउनुभयो । “डिजिटल विकासका लागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । उहाँले नेपालका विद्यार्थीहरूलाई सीड्स फर द फ्युचर कार्यक्रमबाट नयाँ कुरा सिक्ने, अन्तर्राष्ट्रिय साथीहरूसँग मित्रता गाँस्ने र ह्वावे जस्ता अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिने अवसर दिएकोमा ह्वावेलाई धन्यवाद पनि दिनुभयो ।

कार्यक्रममा ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यस क्षेत्रमा डिजिटल प्रतिभा विकासमा लगानी गर्ने ह्वावेको योजनाको बारेमा बोल्दै उहाँले आगामी ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख ICT प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो र सीड्स फर द फ्युचर सहित धेरै डिजिटल प्रतिभा विकास कार्यक्रमहरू मार्फत हासिल गर्न सकिन्छ । सीड्स फर द फ्युचर नेपाल यस क्षेत्रभरि डिजिटल प्रतिभा उत्पादनमा लगानी गर्ने ह्वावेको बृहत् रणनीतिको हिस्सा हो ।

कार्यक्रममा सुरुदेखि नै संलग्न रहेका छनोट समितिका सदस्यहरूले पनि कार्यक्रम र ह्वावेको प्रशंसा गरेका थिए । त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रो. डा. शशिधर राम जोशीले छनोट प्रक्रिया बारे विस्तृत जानकारी दिनुभयो र आवेदन समूहबाट अन्तिम २० जना विद्यार्थीलाई छनोट गर्न चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँले सीड्स फर द फ्युचर र Tech4Good विश्वव्यापी प्रतिस्पर्धा सुरु गरेकोमा ह्वावेप्रति कृतज्ञता व्यक्त गर्नुभयो । “ह्वावेले Tech4Good ग्लोबल प्रतियोगिता घोषणा गरेर साँच्चै राम्रो काम गरेको छ । आफ्नै व्यवसाय सुरु गर्न चाहने विद्यार्थीहरूका लागि यो अवसर साँच्चै रोचक हुनेछ”, उहाँले भन्नुभयो ।

छनोट समितिमा रहेकी प्रो. तिमिला यामी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा निकै खुशी व्यक्त गर्नुभयो । “यो सन्देश नेपालका लागि निकै राम्रो छ । ह्वावेका वुमन इन टेक पहलहरू विश्वभर अनुकरणीय छन्”, उहाँले भन्नुभयो ।

२० फाइनलिस्ट विद्यार्थी प्रतिनिधिहरू मध्ये एक, युनिका बज्राचार्यले नोभेम्बर २९ मा भएको सीड्स फर द फ्युचर कार्यक्रमको पहिलो कक्षाको आफ्नो अनुभव सेयर गर्नुभयो । उहाँले ह्वावेलाई प्रशंसा गर्दै भन्नु भयो “सबैलाई आश्चर्यजनक पहलव्दारा एकै ठाउँमा ल्याएकोमा धन्यवाद। विद्यार्थीहरूले यस्तो गतिशील समूहको हिस्सा बन्न पाउँदा र प्रविधिमा उत्तिकै भावुक भएका समान विचारधाराका विद्यार्थीहरूसँग भेट्न पाउँदा खुसी महसुस गरिरहेका छन् ।”

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आफ्नो समापन मन्तव्यमा फाइनलमा परेकाहरुलाई बधाई दिँदै कार्यक्रममा निरन्तर सहयोग गरेकोमा छनोट समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालमा आगामी ५ वर्षमा १०,००० ICT प्रतिभा विकास गर्ने ह्वावेको प्रतिबद्धता दोहोर्‍याउने र सीड्स फर द फ्युचरको अर्को संस्करणमा थप महिला सहभागिताको अपेक्षा गर्नुभयो ।


शेयर गर्नुहोस

Leave a Comment