भिभो चिनियाँ स्मार्टफोन बजारकै शिर्ष स्थानमा

शेयर गर्नुहोस

चिनियाँ प्रविधि कम्पनी भिभो चिनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।काउन्टरपोइन्ट रिसर्च पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ कम्पनी पहिलो स्थानमा रहन सफल भएको हो ।

कम्पनिले मोर ग्लोबल र लोकल अप्रोचको अवधारणालाई पछ्याएको छ भने स्थानीय संस्कृतिको बुझाइ विकसित गर्दै कम्पनीलाई विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ। हाल, भिभोले ६० भन्दा बढी देशहरूमा आफ्नो शाखाहरु विस्तार गर्दै ४०० मिलियन भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।


दोस्रो त्रेमासिक बिक्री परिणामबारे बोल्दै, भिभो नेपालका सि.ई.ओ माइकलले भने, “भिभोको विविध पोर्टफोलियोले स्मार्टफोन ब्रान्डलाई बजारमा राम्रो हिस्सा लिन मद्दत गरेको हो, यसलाई कायमनै राख्नेछौ। ब्रान्डको आफ्नो सकारात्मक सन्देश र इनोभेटिभ स्ट्राटजिले पनि यो उपलब्धि हासिल गर्न सफल बनाएको हो। बजेट अनुकुल सेग्मेन्टको कारण विशेषगरी युवाहरुबाट हामिले सकारात्मक बजार प्रतिक्रिया पाएका छौ।”
यस प्रख्यात फोन ब्रान्डले आफ्नो ऐक्स, भि, र वाइ सिरिजका ह्यान्डसेटहरूको बलियो बिक्री रेकर्डको साथ घरेलू बजारमा आफ्नो ध्रुव स्थिति कायम राख्न सफल भएको हो।


शेयर गर्नुहोस

Leave a Comment