नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक सार्वजनिक | पुर्ण विवरण

नेपाल टेलिकमले इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ। ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न यो प्याक उपलब्ध गराएको हो। यो प्याक २०७९ भदौ १ देखि लागु हुनेछ। यस प्याकेज अन्तर्गत दैनिक, साप्ताहिक र मासिक गरि ३ वटा प्लान उपलब्ध छन्। ग्राहकहरुले उक्त प्लानहरु मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सक्नेछन् ।

इन्डिया भ्वाइस प्याकमा डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । त्यस्तै विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

इन्डिया भ्वाइस प्याक (अवधि)भ्वाइस (मिनेट)मुल्य
डेली अफर (एक दिन) १७ मिनेट रु. ५९ /-
विक्ली अफर (एक हप्ता) ७५ मिनेट रु. २५९ /-
मन्थ्ली अफर (एक महिना) २ सय २१ मिनेट रु. ७५९ /-
नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक अफर

यो अफरसँगै अब ग्राहकहरुले ००, १४२४, १४२५ वा १४४५ एक्सेस कोडहरु प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सक्नेछन्। यो प्याकेज खरिद गर्न,
-आफ्नो मोबाइलबाट *१४१५# डायल गर्नुहोस्
-त्यसपछि ७ नम्बर छनौट गर्नुहोस्।

यसरी इन्डिया भोइस प्याक खरिद गर्ने प्रक्रिया अघि बढाउन सक्नुहुनेछ। साथै कम्पनीको ‘नेपाल टेलिकम’ एप र www.ntc.net.np वेबसाइट मार्फत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नुहुनेछ।

Leave a Comment