ह्वावेले २०२२ को पहिलो हाफको लागि आफ्नो व्यापारिक नतिजा घोषणा गरेको छ । समग्र प्रदर्शन पूर्वानुमान अनुरूप थियो ।
२०२२ को पहिलो हाफमा ह्वावेले CNY ३०१.६ बिलियन राजस्व आर्जन गरेको छ , जुन ५.०% को खुद नाफा मार्जिन रहेको छ । जसमा क्यारियर BG ले CNY १४२.७ बिलियन, इन्टरप्राइज BG ले CNY ५४.७ बिलियन र डिभाइस BG ले CNY१०१.३ बिलियन योगदान गरेको छ ।
“हाम्रो उपकरण व्यवसायमा धेरै प्रभाव परेको बेला हाम्रो ICT पूर्वाधार व्यवसायले स्थिर वृद्धि कायम राखेको छ,” ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले भन्नुभयो । “अगाडि बढ्दै जाँदा, हामी हाम्रा ग्राहक र साझेदारहरूको लागि भ्यालु सिर्जना गर्न डिजिटलाइजेसन र डिकार्बोनाइजेसनमा ट्रेन्डहरूको दोहन गर्नेछौं र गुणस्तर विकास सुरक्षित गर्नेछौं ।”