भाइबरलाई अब फिनटेक श्रेणीमा ल्याउछौः नव नियूक्त सिइओ ओफिर इयाल

शेयर गर्नुहोस

मेसेजिङ एप राकुटेन भाइबरको प्रमुख कार्यकारी निर्देशक ‘सिइओ’ को पदमा ओफिर इयाल नियुक्त भएका छन्। यो सँगै भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ।
भाइबरले आफ्नो मेसेजिङ र कलिङ सुविधाबाहेक डिजिटल वालेट र अन्य सुविधाहरूमा समेत विस्तार गरि एपसँग प्रयोगकर्ताहरूको अनुभवलाई सुधार गर्नमा प्राथमिकता दिने भएको छ।

Viber New CEO Ofir Eyal
राकुटेन भाइबरको नव नियूक्त सिइओ : ओफिर इयाल

पेमेन्ट सर्भिसको सुरुवात गरि भाइबरलाई सुपर एप केटेगोरीमा अघि बढाउने भाइबरका नव नियूक्त प्रमुख कार्यकारी निर्देशक ‘सिइओ’ ओफिर इयालले बताए। “प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततः एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ । भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ त्यस स्थानमा ल्याई पुर्याउनका निम्ति हाम्रो यात्रामा साथ दिनुहुने सम्पूर्ण कर्मचारीहरूप्रति म सदैव आभार रहनेछु” उनले भने।

गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका थिए। “हाम्रो प्रयोगकर्ताहरू र यस संस्थालाई सेवा गर्नका निम्ति म आफ्नो जिम्मेवारीको अभिभारा पूर्ण रूपमा वहन गर्नेछु । यो यात्रा अवश्य चुनौतीपूर्ण हुनेछ तर प्रविधिको क्षेत्रमा हामीले दिएको बचन पूरा गर्न म लगायत मेरो संस्था पूर्ण रूपमा समर्पित छौँ ।” ओफिर इयालले भने।

प्रयोगकर्ताहरुले आफ्नो बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्ड लिङ्क गरि भाइबर ‘पेमेन्ट सर्भिस’ को लाभ लिन सक्नेछन्। उक्त सर्भिसबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्न सक्नेछन् भने यो सर्भिस प्रयोग गर्नको लागि भाइबरले सुरुमा प्रोयगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने ‘पियर–टू–पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा सेप्टेम्बरको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध गराउनेछ

नेपालमा, ३८ प्रतिशत ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ भने एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला–साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास बटुलिसकेको छ ।
हाल, भाइबरले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरिरहेको छ।


शेयर गर्नुहोस

Leave a Comment