ह्वावेले आसियान (ASEAN) फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटि (TAT) सँगको सहकार्य गरि सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । यो कार्यक्रम ह्वावेको फ्ल्यागशिप कर्पोरेट सोसियल रेस्पन्सिबिलिटि कार्यक्रम हो जसले विश्वभरका शीर्ष विश्वविद्यालयहरूबाट युवा प्रतिभाहरूलाई एकै ठाँउमा ल्याउने गर्छ।
अगस्ट १९ देखि २७ सम्म थाइल्याण्डमा हुने यस कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रको १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूलाई ९–दिने डिजिटल बुट क्याम्पको लागि एकै ठाउँमा ल्याउनेछ । सो क्याम्पमा सहभागीहरूले प्रविधि र क्रस–कल्चुरल अनुभवमा ज्ञान प्राप्त गर्ने छन् भने टेक फो गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न प्राविधिक सोलुसनहरूको प्रस्ताव पनि राख्न सक्नेछन् । यस वर्षको १२० सहभागीहरूमध्ये ५६ जना महिलाहरू रहेका छन् जसले गर्दा २००८ बाट सुरु भएदेखि उक्त क्षेत्रमा २०२२ कोहोर्टलाई सबैभन्दा लैङ्गिक सन्तुलित बनाएको छ ।
उद्घाटनमा स्थानीय सरकारका पदाधिकारी र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले यस क्षेत्रको डिजिटल प्रतिभा इकोसिस्टमको लागि बलियो आधार निर्माण गर्न मल्टी–पार्टी सहकार्यले खेल्ने महत्त्वपूर्ण भूमिकाहरु माथि प्रकाश परेका थिए।

उक्त कार्यक्रममा थाइल्याण्डका उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री महामहिम जुरिन लक्सानाविसिट पनि उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले भने, “२०२२ मा थाइल्याण्डमा एशिया–प्यासिफिक क्षेत्रमा आयोजना भएको सिड्स फर द फ्युचरको उद्घाटन समारोहको अध्यक्षता गर्न पाउँदा धेरै खुसी छु र म यसको लागि ह्वावेलाई धन्यवाद दिन चाहन्छु । वर्तमानमा बदलिँदो प्रवृत्तिहरूसंगै अगाडि बढ्न, सार्वजनिक र निजी क्षेत्रहरू आई.सि.टि कर्मचारी वृद्धि गर्न मिलेर काम गरिरहेका छन् । व्यक्तिगत रूपमा, ह्वावे जस्तो लिडिंग विशिष्ट कम्पनीहरूसँगको सह–प्रशिक्षणले शिक्षाको गुणस्तरमा ठूलो वृद्धि ल्याउने छ र अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा लाने लक्ष्यका साथ डिजिटल विकासलाई अगाडि बढाउने उत्कृष्ट कदम हो भन्ने मलाई विश्वास छ।

त्यस्तै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष सिमोन लिनले प्रतिभा विकासको लागि ह्वावेको आफ्नै प्रतिबद्धता दोहोर्याएः ‘सीड्स’ ले आशा, जोश र भविष्यलाई प्रतिनिधित्व गर्दछ । सबैभन्दा लामो इतिहास भएको कर्पोरेट–स्तरको फ्ल्यागशिप सि.एस.आर परियोजनाको रूपमा यो कार्यक्रममा लगभग १४० देश र क्षेत्रहरू, ५०० विश्वविद्यालयहरूबाट १२,००० भन्दा बढी विद्यार्थीहरू ल्याइएको छ । ‘सीड्स’ बढेर विश्वव्यापी ‘जङ्गल’ बनिसकेको छ । “डिजिटलाइजेशन हाम्रो भविष्यको लागि ड्राइभिंग र्फोस हो । प्रतिभा डिजिटल रूपान्तरण र दिगो विकासको लागि किइ हो । हामी दृढ विश्वास गर्छौं कि युवा पुस्ता आफ्नो प्राविधिक सपनाहरू पछ्याउँदै एशिया प्यासिफिकको निर्माणकर्ताको रूपमा बढ्नेछन्।” उनले भने।
आइ सि टि प्रतिभाहरूलाई प्रेरित गरि डिजिटल सोलुसनमार्फत सामाजिक चुनौतिहरूको सामना गर्न र प्रोत्साहित गर्न थाइल्याण्डमा यो कार्यक्रम २००८ मा सुरु गरिएको थियो । २०२१ को अन्त्यसम्ममा यो कार्यक्रम १३७ देश र क्षेत्रहरूमा, लगभग ५०० भन्दा बढी विश्वविद्यालयहरूबाट १२,००० विद्यार्थीहरूमा लागू गरिएको थियो ।