नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहारमा विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको पोको एम५ मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।
छुट पाइने प्रोडक्टहरुको विवरण
रेडमी नोट ११ (४/६४) २३९९९ १००० २२९९९
रेडमी नोट ११ (४/१२८) २४९९९ १००० २३९९९
रेडमी नोट ११ (६/१२८) २७९९९ १००० २६९९९
रेडमी नोट ११ एस (६/१२८) ३०९९९ १००० २९९९९
रेडमी नोट ११ एस (८/१२८) ३२९९९ १००० ३१९९९
रेडमी नोट ११ प्रो (६/१२८) ३४९९९ १००० ३३९९९
रेडमी नोट ११ प्रो (८/१२८) ३६९९९ १००० ३५९९९
रेडमी नोट ११ प्रो फाइ (६/१२८) ३८४९९ १००० ३७४९९
रेडमी नोट ११ प्रो फाइभ जि (८/१२८) ४१४९९ १००० ४०४९९
रेडमी १०ए (२/३२) १३९९९ ७०० १३२९९
साओमी १२ एक्स (८/२५६) ७१९९९ ३००० ६८९९९
साओमी १२ (८/२५६) ८७९९९ ३००० ८४९९९
पेको एम५ (४/६४) २०४९९ ५०० १९९९९
पेको एम५ (६/१२८) २४४९९ ५०० २३९९९