एनसेलले ल्यायो आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’

एनसेलले आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’ ल्याएको छ। यो प्याक घर होस् या बाहिर जहाँ पनि डेटा चलाउन मिल्ने विषेश प्याक हो। यस प्याक अन्तर्गत ग्राहकहरुले ६० जीबी डेटा (३० जीबी होम डेटा ३० जीबी अवे डेटा) रु ५९९ मा खरिद गर्न सक्नेछन्।

चाडवाडको बेलामा घर या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको हो। दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याईएको यो प्याक प्रयोग गरि ग्राहकहरुले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्न साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्नेछन् । ग्राहकहरुले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि ६० जीबी डेटा पाउँनेछन्।

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट संचालनमा ल्याएको हो। ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७१२३एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् ।

यो पनि पढ्नुहोस्: एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा

यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ । प्याकमा पाईने ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर जहाँ पनि चलाउन सक्नेछन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन गरी प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्नेछन्। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ।

यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोल्युम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लाग्दैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्नेछन् । डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमानै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ।

चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमङ्गहरु साट्न र आफ्ना प्रियजन तथा साथीभाईहरुसँग सहजै सम्पर्कमा रहि रहन मद्दत गर्दछ ।

Leave a Comment