सामसङले नेपालमा भित्र्यायो ग्यालेक्सी ए१५ फाइभजी, मूल्य कति?

२०२४ को ग्यालेक्सी ए सिरिजको लक्ष्य सबैका लागि उत्कृष्ट प्रविधिलाई पहुँच योग्य बनाउने र किफायती मूल्यमा नवीनतम ग्यालेक्सी इनोभेशनहरू प्रदान गर्नु हो । सोही लक्ष्यमा, सामसङले भर्खरै नेपालमा ग्यालेक्सी ए१५ फाइभजी ल्याएको छ, जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेकोे छ । ग्यालेक्सी ए१५ फाइभजीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो, जसले आधुनिक प्रयोगकर्ताका आजका मागहरू मात्र पूरा गर्दैन, भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा राख्छ ।

डिस्प्ले

यस डिभाइसमा एफ एचडी रेजोल्युसन भएको ६.५ इन्चको उत्कृष्ट सुपर आमोलेड इन्फिनिटी–यु डिस्प्ले छ, जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्दछ । ९० हर्ज रिफ्रेस रेटको कारणले तपाईंले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रीयात्मक अनुभव हुन्छ । कुनै कार्यक्रम हेर्दा, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा ए१५ फाइभजी को डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिन्छ ।

सामसङ ग्यालेक्सी १५ फाइभजी डिस्प्ले

यो पनि पढ्नुहोस: नेपालमा सामसङ ग्यालेक्सी एस२४ सिरिज प्रि–अर्डर सुरू, ५१२ जीबी को अल्ट्रा पाइने ‘अफर’

प्रोसेसर

अत्याधुनिक मिडियाटेक डाइमेन्सिटि मिडियाटेक डीमेन्सिटी ६१००+ चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, यसमा अद्भूत पर्फमेन्स र द्रुत फाइभजी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ । ६/१२८ जीबी, ८/१२८ जीबी, ८/२५६ जीबीसम्मका विकल्पहरू प्रदान गर्ने यो डिभाइस एउटा पावरहाउस हो, जसलाई तपाईंका सबै डिजिटल सामग्रीका लागि आरामले मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेज प्रदान गर्न डिजाइन गरिएको छ ।

मिडियाटेक डाइमेन्सिटि मिडियाटेक डीमेन्सिटी ६१००+ चिपसेट

क्यामेरा

यसको अत्याधुनिक क्यामराका विशेषताहरुले गर्दा ग्यालेक्सी ए१५ फाइभजीको क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट छ । पछाडिको सेटअपमा ५० एमपी वाइड–एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २ एमपी म्याक्रो क्यामरा समावेश छ, जसले गर्दा प्रयोगकर्ताहरूले शानदार परिदृश्यदेखि जटिल विवरणहरूसम्म सबै कुरा सजिलै खिच्न सक्छन् । ज्ञघःए फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त छ । ग्यालेक्सी ए१५ फाइभजी तपाईंका सबै फोटोग्राफी आवश्यकताहरूको लागि आदर्श विकल्प बनेको छ ।

सामसङ ग्यालेक्सी १५ फाइभजी क्यामेरा

सफ्टवेयर

ए१५ फाइभजी नवीनतम एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको प्रयोग गर्न सजिलो वान युआइ ६.० छ । यसले तपाईंलाई अनुकूल इन्टरफेस दिन्छ, जुन तपाईं सजिलैसँग कष्टमाइज गर्न सक्नुहुन्छ । यस बाहेक, यो डिभाइसले ४ वर्षको ओएस अपडेटहरू र ५ वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गर्दछ, जसले यो फोनलाई लामो समयसम्मको लागि उपयोगी बनाउँछ र तपाईंको डिभाइसलाई आगामी वर्षहरूमा सुरक्षित र अपटुडेट राख्छ ।

सामसङ ग्यालेक्सी १५ फाइभजी सफ्टवेयर

डिभाइसको द्दन् देखि छन् सम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्ने सुनिश्चित गर्दछ, जसले गर्दा नेपालका प्रयोगकर्ताहरूले छिटो र भरपर्दो इन्टरनेटको आनन्द लिन सक्छन् । यसले हाम्रो जीवन, काम गर्ने र खेल्ने तरिकालाई परिवर्तन गर्नेछ ।

नाछुटाउनुहोस: सामसङले नेपालमा फाईभ जी प्रविधि शुरु गर्दै

सामसङ ग्यालेक्सी ए१५ फाइभजी नेपालमा कति पर्दछ?

अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि ग्यालेक्सी ए१५ फाइभजीले सामसङको पहुँचको लागि प्रतिबद्धता कायम राख्छ । ६/१२८ जीबी को हाइ–इन्ड टेक्नोलोजी प्रदान गर्दै यो रु. २७,९९९ को प्रतिस्पर्धी मूल्यमा, ८/१२८ जिबि रु. २९,९९९ मा र ८/२५६ जीबी संस्करण रु. ३३,९९९ मा उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी ए१५ फाइभजी नेपालमा मूल्य
६/१२८ जीबीरु  २७,९९९
८/१२८ जीबीरु  २९,९९९
८/२५६ जीबीरु  ३३,९९९

तपाईंले सामसङ ग्यालेक्सी ए१५ फाइभजी इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्नुहुन्छ । यो सेवामा ०% ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा तपाईंको मनपर्ने डिभाइस तपाईंको हातमा एक घण्टा भित्र प्राप्त गर्न सक्नुहुनेछ । विभिन्न रंगहरूः कालो निलो, निलो र हल्का निलोमा उपलब्ध यी डिभाइसहरुले वास्तवमै राम्रो काम गर्नुको साथै स्टाइलिश र आरामदायक डिजाइनको साथ हेर्दा पनि आकर्षक देखिन्छ ।

ग्यालेक्सी ए१५ फाइभजीको आगमनसँगै, सामसङले मोबाइल टेक्नोलोजीमा के सम्भव छ भन्ने सीमालाई परिमार्जित गर्न जारी राखेको छ, सुविधा र पर्फर्मेन्सका हिसाबले एक कदम अगाडि मात्र नभई अर्को पुस्ताको कनेक्टिभिटीलाई भविष्यमा सबैमा पहुँच योग्य बनाउनमा पनि फड्को मार्ने डिभाइस प्रदान गर्दैछ । यी उत्पादनहरु नेपालभरिका स्टोरहरुमा यही फागुन ७ गतेदेखि उपलब्ध हुनेछ ।

Leave a Comment