नेपाल टेलिकम (एनटिसी ) ले आ.व. २०८०/८१ दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, कम्पनीको आय र नाफा दुवैमा गिरावट आएको छ। यस आ.व. को पौष मसान्तसम्ममा कम्पनीको आय रु २१ अर्व, भने नाफा ३.९४ अर्व रह्यो जुन दुवै पछिल्लो आ.व. को तुलनामा कमि हो।
नेपाल टेलिकम दोस्रो त्रैमासिक वित्तीय विवरण आ.व. २०८०/८१
कम्पनीले चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्ममा कुल आय रु. २१ अर्व ३० करोड ९३ लाख ७९ हजार रह्यो । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय रु. २२ अर्व १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कम हो । य पनि पढ्नुहोस: नेपाल टेलिकमले ल्यायो विन्टर अफर; ३३ रूपैयाँमा १.२ जीबी फोरजी डाटा उपलब्ध, अन्य के-कस्ता सुविधा छन?
कुल सञ्चालन आय
यसैगरी कम्पनीले चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको बताएको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कम हो ।
मुनाफा
आयमा कमि खेपेको नेपाल टेलिकमको प्रदर्शन नाफामा पनि नकारात्मक देखियो। यस चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्ममा कम्पनीको खुद मुनाफा रु. ३ अर्व ९३ करोड १४ लाख ३ हजार रह्यो भने जुन गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को खुद मुनाफा रु. ४ अर्व २५ करोड ४७ लाख ७६ हजारको तुलनामा रु. ३२ करोड ३३ लाख ७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कमी भएको । यसैबीच कम्पनीले यस त्रैमासमा प्रति शेयर आम्दानी रु. ४३.६८ रहेको बतएको छ।
यो पनि नाछुटाउनुहोस्: नेपाल टेलिकमले नमूना जिल्ला कायम गरी निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने
आय र नाफामा कमि आउनुका कारणहरु।
- कम्पनीले चालु आ.व. को दोस्रो त्रैमासिक अवधिमाआफ्नो आय र मुनाफामा समी आउनुका निम्नलिखित करान्हारू बताएको छ।
- ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको ।
- मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको ।
- राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
- सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
- बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी भएको।
नेपाल टेलिकमले गत माघ २२मा आफ्नो २० औँ वार्षिकोत्सव मनाएको थियो । कम्पनि नेपालकै अग्रणी दुरसञ्चार प्रदायक संस्था हो । अहिले कम्पनी देशभर फोरजी र फाइवर इन्टरनेट सेवाको विस्तार र गुणस्तर सुधारमा लागि परेको छ भने पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाइव जी को थप परिक्षणका लागि पनि अग्रसर छ।