नेपाल टेलिकम (एनटीसी)ले निरन्तर गुणस्तरीय सेवा सबैमा उपलब्ध गराउने उदेश्यका साथ “नमूना जिल्ला” योजनाको घोषणा गरेको छ। सो पश्चात, कायम गरिएको नमूना जिल्लाहरुमा अत्याधुनिक प्रविधि र नेटवर्क पूर्वाधार प्रयोग गरी गुणास्तरिया सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ। यसका लागि पहिलो चरणमा कम्पनीले १९ जिल्ला चयन गरी यो योजनाको सुरूवाट गर्दैछ।
नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ । यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने छ ।
यी हुन नेपाल टेलिकमले चयन गरेका पहिलो चरणका “नमूना जिल्ला”
देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ्ग, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको छ ।
हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लाहरुमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स (Standard Sets) तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिनेछ ।
यो पनि पढ्नुहोस: एमडीएमएस औपचारिक रूपमा लागू: मोबाइल बजार प्रोत्साहित
गुणास्तरिय मोबाइल र फाइबर इन्टरनेट सेवाको सुनिश्चितता हुने
यी स्थानहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रबिधि र नेटवर्क पूर्वाधार तय गरिनेछ । ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर (NT Fiber) सेवा उपलब्ध गराइने छ । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुनेछ । नछुटाउनुहोस: तीव्र गतिमा इन्टरनेट चलाउन, फोन गर्न र टीभी हेर्नका लागि एनटी फाइबर
नमूना जिल्लाहरुमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महशुल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभईकन फोनबाट कल सेन्टरमार्फत सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गरिनेछ । यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ । बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरु विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरुसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यहरु सम्पन्न गरिनेछन् ।