नेपाल टेलिकम (एनटीसी)ले विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरू सार्वजनिक गरेको छ। विन्टर अफरका प्याक र सुविधाहरु शुक्रबार, पौष २७ गतेदेखि लागू हुनेछ।
यस अफरलाई आकर्षक बनाउँदै फोरजी डाटा भोल्यूमम बढोत्तरी गरेको छ। अब फोरजी डाटा अफरमा प्रयोगकर्ताले १ दिनको समयावधिका लागि १९ रूपैयाँमा ४०० एमबी र ३३ रूपैयाँमा १२०० एमबी (१.२ जीबी) डाटा प्राप्त गर्ने छन।
यसका साथै, ७ दिनको समयावधिका लागि लागि १०९ रूपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रूपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्डमा थपिए यि सुविधा, अब १ जीबी डेटा पनि पाइने
यस्तै “स्टे कनेक्टेड प्याक” अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रूपैयाँमा ६ जीबी डाटा तथा १३९ रूपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध गराईएको छ।
यसबाहेक, २ घण्टाको समयावधिका लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।
प्रयोगकर्ताले यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकहरू समेत खरीद गर्न सक्ने छन।
नेपाल टेलिकमले एप डाउनलोड गर्दा प्राप्त हुने १ जीबी डाटा प्याकलाई पनि निरन्तरटा दिएको छ।
यस अफर अन्तर्गतका प्याक तथा सुविधा *१४१५# डायल गरी या नेपाल टेलिकम एप प्रयोग गरी खरीद गर्न सकिनेछ।