नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्डमा थपिए यि सुविधा, अब १ जीबी डेटा पनि पाइने

नेपाल टेलिकम (एनटीसी)को नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने निःशुल्क सुविधाहरु थप गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले एस्तो सिम अब कक्षा ८ देखि माथिका विद्यार्थीलाईसमेत उपलब्ध गराइने जानकारी दिएको छ। जानीराख्नुहोस एनटीसी को नयाँ प्रिपेड सिमकार्डमा फर्स्ट कल एक्टिभेसन (First Call Activation) गर्दा यि सुविधाहरु प्राप्त गर्न सकिनेछ।

नयाँ प्रिपेड सिमकार्ड संग अब धेरै डेटा, टल्क टाइम, एसएमएस   

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । 

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्ससमेत उपलब्ध हुने भएको छ । 

थप जनिराख्नुहोस: तीव्र गतिमा इन्टरनेट चलाउन, फोन गर्न र टीभी हेर्नका लागि एनटी फाइबर

अब कक्षा ८ देखि माथिका विद्यार्थीलाई पनि एनटीसीको प्रिपेड सिम कार्ड

टेलिकमका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमासमेत नयाँ सुविधा उपलब्ध हुनेछ । 

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ ।

कम्पनीका अनुसार विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दासमेत डाटा बोनस उपलब्ध हुनेछ । 

यो पनि पढ्नुहोस: नेपाल टेलिकमले नमूना जिल्ला कायम गरी निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने

सिम रिचार्ज गर्दा बोनस डेटा पाइने

यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ भने फागुन ३० सम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । 

Leave a Comment