आईसीटी अवार्ड २०२३ विजेता घोषणा: विजेताले के-के पुरस्कार पाए?

आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ सम्पन्न भएको छ । दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रियापश्चात पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै समापन भएको हो ।

अवार्डको उद्घाटन शत्रकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बोल्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाश शरण महत, कर्णाली प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसी, सांसदहरू चन्द्र भण्डारी, मनिष झा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागका उच्च अधिकारी, विभिन्न कम्पनीका संस्थापक तथा सीईओ लगायत स्वदेश तथा विदेशबाट आईसीटी क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।

लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सहभागी सबैलाई स्वागत गर्दै प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी गर्दै आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।

आइसिटी अवार्ड २०२३ राजन लमसाल

नेपाल सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्छ- सञ्चार मन्त्री शर्मा

यस्तै कार्यक्रममा बोल्दै मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् ।

अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ ।

‘अन्य उद्योगधन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धासँग गर्न गार्‍हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ,’ मन्त्री शर्माले भनिन, ‘आईसीटी क्षेत्रको विकासका लागि सामान्य सुधारले मात्रै पुग्दैन, डिपार्चर नै चाहिन्छ । यसका लागि कानुनी र संरचनागत सुधार गर्न मन्त्रालयले काम गरिरहेको छ ।’

यस्तै अवार्डको समापन शत्रका प्रमुख अतिथि अर्थमन्त्री प्रकाश शरण महतले नेपालको अर्थतन्त्र ड्राइभ गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएको बताए ।

डिजिटल युगमा प्रविधिले अवसर र चुनौती दुवै थपेको अवगत गराउँदै उनले सूचना प्रविधिलाई प्रडक्टिभिटी बढाउन, लागत कम गर्न र उद्यम शीलता विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।

यो पनि पढ्नुहोस: डिजिटल नेपाल निर्माणमा नियमनकारी निकायको भूमिका: पुरुषोत्तम खनाल

नेपाली डायस्पोरा, आन्टरप्रेनर आइसिटी अवार्ड अवार्ड २०२३

यस वर्ष आइसिटी अवार्ड २०२३ अन्तर्गत व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धर प्राप्त गरेका छन् भने आन्टरप्रेनर आइसिटी अवार्ड अवार्ड २०२३ अनुप शेरचनले जितेका छन । त्यसैगरी पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।

यस्तै संस्थागततर्फ डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ ।

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३

यस वर्ष स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेक, प्रडक्ट आइसिटी अवार्ड २०२३ क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ । यसैगरी यस वर्षको हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ मनिमित्रले प्राप्त गरेको छ । साथै आईसीटी अवार्डको अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड २०२३ भुटानको स्टार्टअप समूह मिडियाटेकले पाउन सफल भएको छ ।

यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो ।

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।

आइसिटी अवार्ड २०२३ प्रदेश विजेताहरु

अवार्ड विजेताहरूलाई मन्त्री, सांसद, सचिव लगायत सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए । यस्तै अवार्ड विजेतालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । वुमन आईकन आइसिटी अवार्ड विजेतालाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ भने इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ विजेतालाई इन्ड्राइभले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा सहभागी गराउने छ ।

स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्ण रूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ भने अन्य डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ को उत्कृष्ट ३ मा पर्न सफल निजी तथा सार्वजनिक विद्यालयलाई ७० प्रतिशत छुटमा वेद सफ्टवेयर उपलब्ध गराउने छ ।

आइसिटी अवार्ड २०२३ विजेटाले के के पाए?

यस्तै सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने छ भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । 

यस्तै अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो । नछुटाउनुहोस: जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

विविध कारणले गत वर्ष डब्लुएसए अवार्ड २०२२ को फाइनलमा विदेश जान नपाएको नागरिक एपलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेको अवसरमा डब्लुएसएको नेपाल साझेदार संस्था लिभिङ विथ आईसीटीले ट्रफी र सम्मानपत्र हस्तान्तरण गरेको हो ।

आइसिटी अवार्ड २०२३ नागरिक एप

आईसीटी अवार्डको आयोजक संस्था लिभिङ विथ आईसीटी अन्तर्राष्ट्रिय अवार्डहरू अरोरा टेक अवार्ड, अन्डरडग अवार्ड र डब्लुएसए अवार्डको नेपालका लागि साझेदार समेत हो ।

आइसिटी अवार्ड २०२३ मा विभिन्न १३ विधामा ७०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ३ महिनासम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए ।

आईसीटी अवार्डको प्रि-इभेन्ट क्याम्पेनको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया, स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टिभीबाट विशेष कार्यक्रम शृंखला लगायत आधा दर्जन बढी कार्यक्रम सञ्चालन भएका थिए ।

अवार्डलाई अझै विश्वसनीय बनाउन स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा पब्लिक भोटिङ समेत सञ्चालन गरिएको थियो । पब्लिक भोटिङ र जुरीको निर्णयबाट यी १४ विधामा सर्वोत्कृष्ट छनोट गरिने आयोजकले जनाएको छ । यसैगरी फाइनलिस्टहरूकोमा जुरीले फिल्ड भिजिट पनि गरेका थिए ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन एचडी, हाम्रो पात्रो, आइसिटी अवार्डको फेसबुक पेज तथा युट्युब च्यानल लगायका माध्यमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा एनसेल कनेक्टेड पार्टनरको रुपमा रहेको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, न्यास आईटी लगायतको सहकार्य रहेको थियो ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, बैंकिङ पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक,  ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोबल कलेज, एडटेक पार्टनरमा वेद, इकोसिस्टम पार्टनरमा इन्फोडेभलपर्स, हेल्थ पार्टनरमा क्लिनिक वान, ब्रोडकास्टिङ पार्टरनमा कान्तिपुर टिभी, अपस्किलिङ पार्टनरमा मेन्टरल्याब , इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, को-वर्किङ पार्टनर रेम वर्क, एप पार्टनर हाम्रो पात्रो, इन्क्युबेसन पार्टनर किङग्स कलेज, डिजिटल मिडिया पार्टनर रूटिन अफ नेपाल बन्द, टिकेट पार्टनर सस्तो टिकेट्स, इन्भेष्टमेन्ट पार्टनर बिजबेल, डेलिभरी पार्टनर पिक एण्ड ड्रप र एसएमएस पार्टनर सोसियर रहेका थिए ।

यस बाहेक कार्यक्रमलाई ग्लोबल आईएमई बैंक, टेक स्पायर कलेज, फ्युज मेसिन्स, एमिनेन्स वेज, कोइली, कोड हिमालय, नेपाल बैंक, बारकोड र प्रिक्साको सहकार्य रहेको थियो ।  

यी हुन आइसिटी अवार्ड २०२३ का विजेताहरू

आइसिटी अवार्ड २०२३ (२०८०) का सम्पूर्ण विधा र विजेताहरु:

  • स्टार्टअप आइसिटी अवार्ड:  यार्सा टेक प्रालि
  • प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए
  • राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर
  • हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): अध्ययन स्कुल, काठमाडौं
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ
  • एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे
  • पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी
  • आन्टरप्रेनर आइसिटी अवार्ड: अनुप शेरचन
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर
  • डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड
  • साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: भुटानको समूह मिडियाटेक
  • सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) :  ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस

Leave a Comment