रुकुम पूर्वमा पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट: डाटा, भ्वाइस र आईपीटीभी पाइने

नेपाल टेलिकमले रुकुम पूर्वमा समेत एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेको जनाएको छ । हिजो (२०८० पुस ८ गते) देखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ भने अब अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने छ ।

यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको कम्पनीले बताएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।

अब छिट्टै रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध हुने भएको छ ।

नेपाल टेलिकमको एनटी फाइबर यस्तो सेवा हो जसले तीव्र गतिको इन्टरनेटका साथ, फोन कल गर्ने र आईपीटिभी (एनटी टिभी) को सुविधा समेत उपलब्ध गराउँदछ । यो पनि पढ्नुहोस: अब फोन गरेरै नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न सकिने  

रुकुम पूर्व साहित अब ७४ जिल्लामा पुग्यो नेपाल टेलिकमको फाइबर इन्टरनेट

रुकुम पूर्वमा फाइबर इन्टरनेट आएसँगै अब नेपाल टेलिकमको एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी रहेको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ ।

नछुटाउनुहोस: नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्डमा थपिए यि सुविधा, अब १ जीबी डेटा पनि पाइने

नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

Leave a Comment