भिभो वाई–२९ स्टाईल र पावरको अद्भुत संयोजन, अब नेपालमा उपलब्ध

विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो लोकप्रिय वाई–सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्तै सफल रहेको भिभो वाई–२८ को उत्तराधिकारीको रूपमा आएको हो।

भिभो वाई–२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो । प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेम मा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ ।

यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५०० एमएएच पावरफुल ब्याट्रीे हो, जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा छ । Anti-Drop Armor Design Schott α Glass को प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ + ८ जि बी को विस्तारित ¥यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किङ र ल्याग फ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ ।

vivo Y29 camera

मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० % अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् – जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् ।

नेपालमा भिभो वाई–२९ को मूल्य कति ?

भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य रु. २४,९९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ।

Leave a Comment