एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा ५०० एम बि सम्म डेटा पाइने

एनसेल प्रयोगकर्ताहरूले एनसेल एपमार्फत अब प्रत्येक एक सय रुपैयाँ र सोभन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् ।

एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधासहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।एनसेल एपमार्फत एक सयदेखि दुई सयसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले एक दिनका लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् ।

यस्तै, दुई सय वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा तीन दिनका लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन । यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरूले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा लिन सक्छन् ।

Ncell bonus data on online recharge

यो पनि: एनसेलले ल्यायो अहिलेसम्मकै सुलभ दरमा नयाँ अनलिमिटेड भ्वाइस र डेटा प्याकहरू

ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलका रूपमा स्थापित भएको छ । एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिन्यूअल प्याकहरू लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । 

एनसेल एप आइफोन र एन्ड्रोइड दुवै प्ल्याटफर्ममा उपलब्ध छन् । 

Leave a Comment