सामसङ Note 20 र Note 20 Ultra प्रि–बुकिङ्ग खुल्ला

नेपालको विश्वासिलो ब्राण्ड सामसङले, हालै Samsung Galaxy Note 20, Note 20 Ultra स्मार्ट फोनहरुको प्रि–बुकिङ्ग खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङ्गसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।
Galaxy Note 20 series मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन ल्यतभ पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुन्छ ।

“नेपालमा, हाम्रा Note फोनका निष्ठावान् ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि ल्यतभ फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन, यसको शक्ति एवं सहजता सबैभन्दा उत्कृष्ट रहेको छ । Galaxy Note 20 र Note 20 Ultra ले अझै बढी सहजता एवं स्वतन्त्रता प्रदान गर्दछ । यसमा निरन्तर work and play गर्न सकिन्छ । हामीले यसै वर्ष Galaxy Note20 Ultra पनि बजारमा प्रस्तुत गर्न गइरहेका छौं” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।

पृर्थक कार्य गर्ने शैली

सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक रहेको छ– यसको S Pen को सहयोग एवं Samsung Notes मा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।
एडभान्स S Pen ले नियमित Note प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सहरुलाई Note 20 सिरिजको इन्ह्यान्स्ड S Pen ले अनलिमिटेड राइटिङ्ग अनुभव प्रदान गर्दछ । यसले सही एवं अझै बढी शुद्धता ल्याउन मद्दत गर्दछ । S Pen मा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।

सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभवः फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ, सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ । साथै Pdf मा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ साथै तपाइँले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई एएत्क मा सहजै रुपान्तरण गर्न सकिन्छ । साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । यसका सबै विषय वस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा सुरक्षण गर्न पनि सकिन्छ र सहजै आवश्यकता भएको बेला पाउन सकिन्छ ।

कम्प्युटबाट पनि एक्सेस गर्न सकिनेः माइक्रोसफ्टको ‘Your phone’ विन्डोज इन्टिग्रेशनको साथ अव तपाईले आफ्नो फोनलाई विना रुकावट विन्डो १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सक्नुहुन्छ । अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ । आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन ।

सामसङ DeX को साथ मल्टिटास्किङ्ग सुविधाः सामसङ DeX को साथ पहिलो पटक Note20 सिरिजका फोनहरुलाई स्मार्ट टिभिमा सहजै कनेक्ट गर्न सकिन्छ । यसरी कनेक्ट गरेर ठूलो स्क्रिनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ । साथै दुईवटा स्क्रिनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकै पटक स्मार्ट टिभिमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ ।

शक्तिशाली गेमिङ्ग

पूरै शक्तिशाली गेमिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ्ग निर्माण गरेको छ । यससँगै तपाइँले प्रो–लाइक गेमहरु कहीँ पनि खेल्न सक्नुहुन्छ ।

  • आफ्नो मोबाइल फोनलाई Ulimate gaming package मा बदल्नुहोस्ः कम्पनीको फ्ल्यागसिप लेभलको प्रोसेसर (7nm), गेम बुस्टर तथा १२०Hz को रेस्पोन्सिभ डिस्प्लेले वास्तवमै गेमिङ्गको मज्जालाई माथिल्लो स्तरसम्म पु¥याउछ ।
  • एडप्टिभ १२०Hz को डिस्प्लेः पहिलो पटक नोट सिरिज अन्तर्गत Galaxy Note 20 Ultra मा स्पष्ट एवं सफा Dynamic Amoled 2X डिस्प्ले तथा एडप्टिभ 120Hz को रिफ्रेस रेट रहेको छ, । यसबाट भिडियो हेर्दा वा गेम खेल्दा Smooth अनुभव प्राप्त हुन्छ । यसले स्वतः रुपमा कन्टेन्टहरुलाई एडजस्ट गरी ब्याट्री क्षमतालाई वृद्धि गर्दछ ।


Galaxy Note 20 series मा भएका Pro-grade tools हरुले अद्वितीय फोटो खिच्न र सिनेम्याटिक स्टाइल भिडियोहरु बनाउन विशेष सहयोग पु¥याउदछन् ।

  • सिनेम्याटिक–स्टाइलमा फिलिम बनाउनुहोस्ः २१ः९ को रेसियो र २४ fps को रेकडिङ्ग मार्फत Galaxy Note 20 series को 8k क्यामराले उच्चस्तरीय रेजुल्युसनमा भिडियो खिच्न सकिन्छ । यसमा भएको प्रो–भिडियोको साथ सिनेम्याटिक भिडियोको लागि प्रो–ग्रेड फोकस, अडियो, एक्पोजर, जुम स्पीड कन्ट्रोलर, FHD को साथ १२० fps भिडियो जस्ता मोडहरु उपलब्ध रहेका छन् । यसको साथै प्रयोगकर्ताले अडियो सोर्सलाई कन्ट्रोल गर्न पनि सक्नुहुन्छ । अनबोर्ड माइक वा एक्टर्नल सोर्स मध्ये कुनै एक छनौट गर्न सकिन्छ, जसले गर्दा तपाइँलाई सफा साउन्ड प्राप्त हुन्छ ।

ग्यालेक्सीको शक्तिशाली कार्य क्षमता

दुबै Galaxy Note 20 तथा Galaxy Note 20 Ultra नयाँ आकर्षक रंगमा उपलब्ध रहेका छन्,– सफ्ट नेच्युरल टोन जसले नयाँ ट्रेन्ड, टेक्स्चर हेज इफेक्टलाई कट डाउन गरी फिङ्गरप्रिन्ट छापहरुबाट फोनलाई जोगाउँदछ । Galaxy Note 20 फोन Mystic Bronze, Mystic Grey तथा Mystic Green रंगमा उपलब्ध छ भने Galaxy Note 20 Ultra फोन Mystic Bronze तथा Mystic Black रंगहरुमा उपलब्ध रहेको छ ।

मूल्य तथा प्रि–बुक अफरहरु

Galaxy Note20 को नेपाली बजारमा रु. १,०९,९९९ रहेको छ भने Galaxy Note 20 Ultra को बजार मूल्य रु. १,३९,९९९ तोकिएको छ ।

Galaxy Note20 तथा Galaxy Note20 Ultra फोन श्रावण २८ गते देखि भाद्र १२ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप मार्फत तथा रिटेल स्टोरहरुबाट बुकिङ्ग गर्न सक्नुहुने छ ।
Galaxy Note 20 Ultra को प्रि–बुकिङ्ग गर्नुहुने ग्राहकहरुले यी मध्ये कुनै एक छनौट गर्न सक्नुहुनेछः

  • ग्यालेक्सी बड+, वा
  • ग्यालेक्सी वाच ३ (४५ एम एम) रु २९,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एम एम) रु २७,९९९ मा खरिद गर्न, वा
  • सामसङग LED TV (३२ इन्च) रु ८,९९९ मा खरिद गर्न

त्यसै गरी Note20 को प्रि–बुकिङ्ग गर्नुहुने ग्राहकले यी मध्ये कुनै एक छनौट गर्न सक्नुहुनेछः

  • ग्यालेक्सी बड+, वा
  • ग्यालेक्सी वाच ३ (४५ एम एम) रु ३१,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एम एम) रु २९,९९९ मा खरिद गर्न, वा
  • सामसङग LED TV (३२ इन्च) रु ९,९९९ मा खरिद गर्न

यसका साथै, प्रि–अर्डर गर्दा देहाय बमोजिको गिफ्ट पनि प्राप्त गर्न सकिने छः

  • टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७५ प्रतिशत सम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा ५५ सम्म छुट
  • सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुमहरु उपलब्ध
  • लेट मि इनको सेवामा छुट
  • CellPay का प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्ट

अग्रिम अर्डर गर्नुभएका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन एल जि इस्युरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । साथै अर्को स्टोर तथा IMS start मार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्ने सकिने सुविधा रहेको छ ।

साथै अग्रिम अर्डर गर्नुहुने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनुहुनेछ जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट EU का देशहरुमा दुइतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो ता चौथो हुनुहुने ग्राहकले ग्यालेक्सी बडं पाँचौं र छैटौं हुनुहुने ग्राहकहरुले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्ट मध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बि एण्ड बि को बेसिसमा पाउनुहनेछ । सातौं भाग्यशाली विजेताले लेट मि इनको तर्फबाट रु .१००००र( बराबरको कुपन पनि पाउनुहुनेछ ।

Leave a Comment