ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरणको सशक्तीकरण

शेयर गर्नुहोस

“डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेजू” को विषयवस्तुमा ह्वावेले एपीएसी (APAC) इन्टर्प्राइज डिजिटलाइजेसन शिखर सम्मेलन बिहीबार अनलाइन आयोजना गरिएको थियो । उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्व भेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै 5G, क्लाउड र AI मार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भनेर छलफल गर्नुभयो ।

कोभिड–१९ महामारीका कारण औद्योगिक डिजिटलाइजेसनले द्रुत विकासको नयाँ चरणमा प्रवेश गरेको छ – यो दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत हो । भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई “ब्ल्याक स्वान” (Black Swan) घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्दछ ।

“संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटलर आईटी (IT) र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृत (CEO) को नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ,” शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भन्नुभयोे ।
यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोे र अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गर्नुभयो । उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याउनुभयो्, जसमा भरपर्दो आईटी पूर्वाधार, ग्राहक अनुभवमा पुनर्मूल्यांकन र नयाँ टेक्नोलोजीहरू र इन्टेलिजेन्ससँग काम गर्ने क्षमताको निर्माण गर्न आवश्यकता पर्दछ ।

“आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड” अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४५ को वार्षिक बृद्धि भई लगानी बढ्ने छ ।

व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी

5G र IoT ले तीव्र रूपमा इन्टरप्राइज आईसीटी (ICT) पूर्वाधार परिवर्तन ल्याउदै छ र धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेका छन् । ह्वावेले 5G र इन्टरप्राइज नेटवर्क मा एक विश्व अग्रणीको रूपमा IP, Optical र 5G पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा बिभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा साझा ग¥यो । ब्रान्डन वू, ह्वावे EBG एशिया प्यासिफिकका सीटीओले उद्यमहरूलाई सबैभन्दा राम्रो नेटवर्क विकल्पहरू छनौट गर्न सल्लाह दिनुभयो जुन उपयोगलाई सक्षम गर्नको लागि सबै प्रकारका परिदृश्यहरूमा आवश्यक पर्दछ ।

ह्वावे इन्टर्प्राइज बिजनेस ग्रुपका सीटीओ, डब्ल्यूके लेउंग विश्वास गर्नु हुन्छ कि कन्भर्जड नेटवर्क डिजिटल रूपान्तरण टेवाका लागि एक आधारभूत हो । एक सामान्य संस्थाको आईसीटी (ICT) ले सामान्यतया दुई प्रमुख बिल्डिङ ब्लक्स समावेश गर्दछ; डाटा सेन्टर र क्याम्पस । ह्वावे इन्टेलिजेन्ट क्याम्पस रणनीतिमा, उदाहरणका लागी, प्राथमिक रूपान्तरित नेटवर्क र भर्टिकल लेयर डिकपलिङ पर्दछ । 5G द्वारा संचालित इन्टेलिजेन्ट एकीकृत नेटवर्क, बिभिन्न भर्टिकल उद्योगहरूबाट विश्वका धेरै ग्राहकहरूलाई लागू गर्न सक्दछ ।

5G+AI+Cloud मार्फत APAC डिजिटल रुपान्तरण तीव्रता

महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई पनि तीव्र पारेको छ । हाइब्रिड क्लाउडले, विशेष गरी प्रक्रियालाई सुव्यवस्थित गर्न र प्रक्रियाको क्रममा चुस्त प्रतिक्रिया प्रमाणित गर्न महत्व प्राप्त गरिरहेको छ ।

“ह्वावे क्लाउडको फुल स्ट्याक AI सोलुसनलाई प्रत्येक उद्योगमा ठूलो मात्रामा AI कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ,” ह्वावे क्लाउड र AI बिजनेस ग्रुपका चीफ मार्केटिंग अफिसर एडवर्ड डेंगले भन्नुभयोे । “सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ । “

सफल ग्राहक र साझेदार मध्य मलेशियन कोङ्लोमेरेट सनवे समूह हो । “क्लाउड सनवेमा हाम्रो रणनीतिको मुख्य अंश हो र हामी आशा गर्दछौं कि ह्वावेले यो रणनीतिलाई माथिल्लो तहमा पु¥याउन मद्दत गर्दछ,” सनवे समूहका प्रमुख सूचना अधिकारी केविन खुले भन्नुभयोे ।

भविष्यलाई नियालेर हेर्दा डेङ्ग विश्वास गर्छन् कि डिजिटल रूपान्तरणले 5G, क्लाउड र AI प्रबिधिको अभिसरणलाई नेतृत्व गर्नेछ । क्लाउड, 5G तथा अन्य द्वारा समर्थित मौलिक कनेक्टिभिटीको साथ नयाँ प्रबिधिको र AI द्वारा संचालित एप्लिकेसनहरूको विकास अन्ततः प्राविधिक प्रगतिको असाधारण क्षेत्रतर्फ लम्किने छ । “हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउड (Huawei Cloud) साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,“ डेङ्गले भन्नुभयो ।


शेयर गर्नुहोस

Leave a Comment