शाओमी नेपालले लन्च गर्यो रेडमी नोट १० एस

शेयर गर्नुहोस

स्टनिंग क्यामेरा र स्याभेज पर्फमेन्स फिचर गर्दै रेडमी नोट १० एस (Redmi Note 10S) दु्रत गेमिंग र इम्पु्रभ्ड पर्फमेन्सको लागि शत्तिशाली मेडियाटेक हेलियो जी ९५ का साथ उपलब्ध छ |

शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट १० एस को लन्च गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । यो पहिलो उपकरण हुनेछ जुन अहिले सम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुनेछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारी ज्यूले भन्नुभयो, “रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रmेटाइजिंग टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ । हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको छ । यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई टु« गेम चेन्जर बनाएको छ । यो विरासतलाई कायम गर्दै हामी रेड नोट १० एसलाई प्रस्तुत गर्दैछौँ जसले स्याभेज पर्फमेन्स र स्टनिंग क्यामेराको प्रस्तुती दिन्छ । शक्तिशाली मेडियाटेक हेलियो जी९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको ¥यामको साथ हामी हाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गर्दैछौँ । न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनमा कुन एप्लिकेशन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ ।”

रेडमी नोट १० एस (Redmi Note 10S)


रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ । क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमा पनि टाइम ल्याप्सहरु शुट गर्न मद्दत गर्दछ । रेडमी नोट १० एसले क्वालिटी सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ ।

Redmi Note 10S Price in Nepal

भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले

आफ्नो सिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ । यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ । यो १०० प्रतिशत डीसिआई–पी३ को साथ आउँछ जसले वाइडर कलर ग्यामटलाई सुनिश्चित गर्दछ र ४५०००००ः१ को इम्प्रेसिभ कन्ट्रास्ट रेसियो प्रदान गर्दछ । १८० हट्र्जको टच स्याम्पलिंग रेटको सुविधा राख्दै यसले गेमिंगको बेलामा प्रयोगकर्ताहरुलाई एक पिन–पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कम गर्दछ । रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट–नचको साथ एक बेजेल–लेस डिस्प्लेको प्रस्तुत गर्दछ । डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ ।

पर्फमेन्सः मेडियाटेकहाइपरइन्जिन गेमिंग टेक्नोलोजी

रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । यसको सिपियुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्म कल्कड अप हुन्छ र जिपियु एआरएम माली जी ७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्म कल्कड अप हुन्छ । यसले प्रयोगकर्ताहरुलाई शक्तिशाली प्रदर्शन प्रदान गर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ । ६ जीबीको एलपीडीडीआर४एक्स को ¥यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ । यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिन्गलाई सुनिश्चित गर्दछ । पावरको लागि यसमा युएफएस २.२ को हाई–स्पिड स्टोरेज पनि रहेको छ ।

न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ । विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिव्रिmयाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र काम गर्दा कुशलता प्रदान गर्दछ । एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशत सम्म घटाउएको छ जसले लामो ब्याट्री लाइफ प्रदान गर्दछ । उपभोक्ताहरुलाई बढी नियन्त्रण प्रदान गर्दै अब प्रयोगकर्ताहरुलाई आफ्नो उपकरणमा नचाहेको प्रिलोड गरिएको एप्लिकेशनहरु हटाउने र अनइन्स्टल गर्ने स्वतन्त्रता छ ।

रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ ।

ईभोल डिजाइन

रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ । स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ ।

ठूलो ब्याट्री

रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।

उच्च गुणस्तर

रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायम गर्दै कर्निंग® गोरिल्ला® ग्लासको साथ उपलब्ध छ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ । आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध रहेको छ ।

रंगहरुः

रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक ।

उपलब्धताः

रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुनेछ ।

मूल्यः (Redmi Note 10S Price in Nepal)

६ जीबी+६४ जीबीः नेपाली रु.२४,९९९
६ जीबी+१२८ जीबी नेपाली रु २६,९९९


शेयर गर्नुहोस

Leave a Comment