ह्वावेले चीनमा खोल्यो आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर

ह्वावेले उद्योग–व्यापी क्षमताको निर्माण, ज्ञान साझेदारी र कडा गठबन्धनका लागि वकालत गर्दछ

ह्वावेले चीनको डोंग्वानमा आज आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ जसको उद्घाटन समारोहमा GSMA, SUSE, ब्रिटिश स्टान्डर्ड्स संस्थाका प्रतिनिधिहरू र UAE र इन्डोनेसियाका नियामकहरू उपस्थित थिए ।

नयाँ सेन्टरको उद्घाटनको साथसाथै ह्वावेले यसको प्रडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास उपलब्ध गराएको छ । यी कार्यहरू कम्पनीको ग्राहक, आपूर्तिकर्ता, स्टान्डर्ड संगठनहरु र अन्य सरोकारवालाहरुलाई संयुक्त रुपमा उद्योगभरमा साइबर सुरक्षा बृद्धि गर्ने प्रयासको हिस्सा हो ।

“साइबर सुरक्षा पहिले भन्दा बढी महत्वपूर्ण छ, ” ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले डोंग्वान केन्द्रको उद्घाटनमा भन्नुभयो । “एक उद्योगको रूपमा हामीले सँगै मिलेर काम गर्न, राम्रो अभ्यासहरू साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणिकरणमा हाम्रो सामूहिक क्षमताहरू निर्माण गर्न आवश्यक छ । हामीले दुबै सर्वसाधारण र नियामकर्ताहरूलाई उत्पादन र दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ । सँगै, हामी एक बढ्दो डिजिटल संसारमा सुरक्षा र विकास बीच सही सन्तुलन प्रहार गर्न सक्छौं । “

विगत केहि बर्षमा उद्योग डिजिटलिकरण र 5G र AI जस्ता नयाँ प्रविधिहरूले साइबरस्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएका छन् भन्ने तथ्यलाई कोभिड–१९ महामारीका बेला मानिसहरूले आफ्नो जीवनको एक ठूलो अंश अनलाईनमा बिताइरहेको कुराले जोडेको छ । यी ट्रेन्ड्हरूले साइबर सुरक्षामा नयाँ जोखिम वृद्धि गरेको छ ।

ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालाहरूलाई मञ्च प्रदान गर्दै डोंग्वानमा नयाँ ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ । सोलुसन प्रदर्शन र अनुभव सेयर गर्न, संचार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणिकरण समर्थन गर्नको लागि सेन्टर डिजाइन गरिएको हो । यो नियामककर्ताहरू, स्वतन्त्र तेस्रो–पक्ष परीक्षण संगठनहरू र मापदण्ड संगठनहरू साथै ह्वावे ग्राहकहरू, साझेदारहरू र आपूर्तिकर्ताहरूको लागि खुला हुनेछ ।

टेलिकम उद्योगमा साइबर सुरक्षाको लागि एक एकीकृत दृष्टिकोण अगाडि बढाउन GSMA र 3GPP जस्ता संस्थाले NESAS सुरक्षा आश्वासन निर्देशन र स्वतन्त्र प्रमाणीकरण प्रचार गर्न उद्योग सरोकारवालाहरुसँग काम गरिरहेका छन् । यी बेसलाइनहरुले उद्योगमा व्यापक स्वीकार गरेको देखिन्छ र सुरक्षित नेटवर्कको विकास र प्रमाणिकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

GSMA का महानिर्देशक, म्याट्स ग्रान्रीडले नयाँ सेन्टरको उद्घाटनमा आफ्नो शब्द राख्नु भयोे । ” 5G युगमा हाल रहेको र नयाँ सेवाहरूको डेलिभरी मोबाइल नेटवर्कले प्रदान गरेको कनेक्टिभिटीमा धेरै निर्भर गर्दछ र मौलिक रूपमा अन्तर्निहित प्रविधिको सुरक्षा र विश्वासमा निर्भर गर्दछ, ” उँहाले भन्नुभयो ।

“GSMA 5G साइबरसेक्युुरिटी नलेज बेस जस्ता पहलहरू जुन सरोकारवालाहरुले नेटवर्कका जोखिम बुझ्न र कम गर्न र NESAS, एक उद्योग–व्यापी सुरक्षा आश्वासन फ्रेमवर्क सहयोग पु¥याउन डिजाइन गरिएको हो, ती पहलहरु यस क्षेत्रभरि नेटवर्क उपकरण सुरक्षा स्तरमा सुधार गर्न डिजाइन गरिएको हो ।

कार्यक्रममा ह्वावेले आफ्नो उत्पादन साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ, बाह्य नियमहरू, जसमा प्राविधिक मापदण्डहरू र नियामक आवश्यकताहरूको विस्तृत श्रृंखलालाई समाहित गर्दै उत्पादन सुरक्षा प्रबन्धनमा एक दशकको अनुभवको परिणाम आएको छ । बेसलाइन, ह्वावेको अन्य शासन प्रक्रियाको साथ, कम्पनीको उत्पादनहरूको गुणस्तर, सुरक्षा, र विश्वस्तता सुनिश्चित गर्न मद्दत गर्दछ । पछिल्ला वर्षहरूमा ह्वावेले १,५०० भन्दा बढी नेटवर्कहरू निर्माण गरेको छ जुन १७० देश र क्षेत्रहरूमा तीन अरब भन्दा बढी मानिसहरूलाई कनेक्ट गर्दछ । यीमध्ये कुनै पनि नेटवर्कले अहिलेसम्म ठूलो सुरक्षा घटना अनुभव गरेको छैन ।

“हामीले हाम्रो सुरक्षा आधारभूत ढाँचा केवल मुख्य आपूर्तिकर्ता मात्र संग नभई समग्र उद्योगसँग साझेदारी गरेको यो पहिलो पटक हो, ” ह्वावे ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण कार्यालयका निर्देशक सीन यांगले भन्नुभयो । “हामी ग्राहक, नियामक, मापदण्ड संगठन, प्रविधि प्रदायक र परीक्षण संगठनहरू लगायत सबै सरोकारवालाहरूलाई साइबर सुरक्षा बेसलाइनमा छलफल गर्न र काम गर्न हामीसँग सामेल हुन आमन्त्रण गर्न चाहन्छौं । सङ्गै मिलेर हामी उद्योग उत्पादन सुरक्षामा सुधार गर्न जारी राख्न सक्छौं ।”

हाल यस उद्योगमा अझै पनि एक मापदण्ड–आधारित, समन्वयित दृष्टिकोणको अभाव छ, विशेष गरी जब यो शासन, प्राविधिक क्षमता, प्रमाणीकरण र सहयोगको कुरा आउँछ ।

“साइबरसुरक्षा जोखिम एक साझा जिम्मेवारी हो, ू केन हूले आफ्नो शुरुवाती मन्तव्यमा भन्नुभयो । ूसरकार, मापदण्ड संगठन र प्रविधि प्रदायकहरूले साइबर सुरक्षा चुनौतीहरूको एकीकृत समझ विकास गर्न सँगै मिलेर काम गर्नु आवश्यक छ । यो अन्तर्राष्ट्रिय प्रयास हुनुपर्दछ । हामीले साझा लक्ष्यहरू सेट गर्नु पर्दछ, जिम्मेवारीहरू क्रमबद्ध गर्नु पर्दछ र विश्वासयोग्य डिजिटल वातावरण निर्माण गर्न सँगै मिलेर काम गर्नु आवश्यक छ जसले आज र भोलिको चुनौतिहरूको सामना गर्दछ । “

ह्वावे उत्पादन साइबर सुरक्षा बेसलाइन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Comment