भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा

विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस् आजदेखि नेपाली बजारमा ल्याएको छ । यो युथ ओरिएन्टेड वाई सिरिज् अन्तर्गत उत्पादनमा ल्याइएको हो जसमा ६४ एम्.पी. रियर क्यामेरा समेत छ । यो स्मार्टफोनमा आई अटोफोकस् विशेषता र सफा फोटो खिच्ने क्षमता छ । वाई ५३ एस् स्मार्टफोनमा ८ जी.बी + ३ जी.बी एक्स्टेन्डेड ¥याम समावेश भएकोले मल्टिपल एप्स प्रयोग गर्दा स्मूथ एक्स्पेरिएन्स पाउन सकिन्छ । साथै ३३ वाट फ्लास चार्ज भएकोले पर्फेक्ट सेवा दिनुका साथै उपभोक्तहरुलाई छिटो आकर्षण गर्दछ ।

क्यामेरालाई लामो समयसम्म प्रयोग गर्न सहयोग पुग्ने गरी वाई ५३ एस्मा ५००० एम.ए.एच. क्षमताको व्याट्री राखिएको छ । जसमा ३३ वाट फ्लासचार्ज प्रविधि छ । यसबाट प्रोफेसनल फोटोग्राफरहरुले सधैं उत्कृष्ट प्रतिभा देखाउन सक्छन् । यो ह्याण्डसेटमा आकर्षक ३ डि डिजाइन रहनुका साथै यो स्मार्ट फोनले जहिले र जहाँ सुकै पनि स्पष्ट फोटो खिचेर प्रयोगकर्ताको अपेक्षा पूरा गर्न सक्छ ।

भिभो वाई ५३ एस्को बजार शुभारम्भको अवसरमा आफ्नो धारण राख्नुहँुदै नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले भन्नुभयो – भिभो आफ्ना ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरबको अनुभव गर्दछ । यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचि अनुसार आई अटोफोकस् र सुपर नाइट क्यामेरा वाई ५३ एस्मा समावेश गरेको छ । हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो ।

वाई ५३ एस् स्मार्टफोनमा ६४ एम्.पी. रियर क्यामेरा, २ एम्.पी. वोक्हे क्यामेरा र २ एम्.पी. म्याक्रो क्यामेरा समावेश गरिएको छ । यसमा आइ अटोफोकस् प्रविधि सहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय, फोटो र भिडियो तयार गर्दछ । फेज डिटेक्सन अटोफोकस (PDAF) प्रविधिले सव्जेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्दछ । यसमा भएको सुपर नाईट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ । साथै मधुरो प्रकाश भएको ठाँउमा औरा स्क्रिन लाईटको मद्दतले उज्यालो बढाउदै लगेर आवश्यकता अनुसार प्रकाश सन्तुलनमा राखी फोटो लिन पनि सकिन्छ ।

वाई ५३ एस्मा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरि अल्ट्रा–स्टेवल भिडियो फिचर समावेश गरिएकोछ जसले भिडियो खिच्दा अल्ट्रा–स्टेवल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

वाई ५३ एस् मा ८ जी.वी ¥याम + ३ जी.वी एक्स्टेन्डेट ¥याम सहित १२८ जी. बी रोम र १ टि.वी एक्स्पान्डेबल मेमोरी रहेको छ जसले गर्दा धेरै एप प्रयोग गर्दा कुनै बाधा विनाको अनुभव ग्राहकहरुले पाउन सक्छन् । साथै ३३ वाट फ्ल्यास चार्ज र ५००० एम.ए.एच हाई क्यापासिटी ब्याट्रीले गर्दा मल्टि–टास्किङ्ग गर्न सकिन्छ ।

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३ एस् स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३ एस् सोफेष्टिकेटेड् र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।
यो स्मार्टफोन सुपथ मूल्य सहित सबै रिटेल च्यानलहरुमा रु ३४९९९ मा उपलब्ध छ ।

Leave a Comment