ह्वावे द्वारा दिगो मोबिलिटीको लागि APAC रेलवे डिजिटलाइजेशन सक्षम गर्दै

शेयर गर्नुहोस

“स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी,” थीम रहेको ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ शुक्रवार समापन भएको थियो । फोरममा सहभागीहरूले शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेशनको अन्वेषण, जसमा बिशेषत: ड्राइभरलेस संचालन र कार्यप्रवाह ब्यबस्थापनको माध्यमबाट गरिएको थियो । 

यस कार्यक्रमले APAC क्षेत्रभरबाट १३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडिया आकर्षित गरेको थियो । कोर ह्वावे रेलवे उद्योग ग्राहकहरु र साझेदारहरु – हंग कंग मास ट्रान्जिट रेलवे कोपर्नेरेसन (MTR), सिंगापुर मास रैपिड ट्रान्जिट लिमिटेड (SMRT) र प्रोफेसनल सर्भिस फर्म अरुप ग्रुप लिमिटेड सहित – एक प्यानल छलफलमा भाग लिएका थिए जहाँ विशेष गरी ड्राइभरलेस संचालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्ने आफ्नो महत्वपूर्ण अनुभव सेयर गरिएको थियो ।

कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, SMRT  कोर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेन ची ले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवन शैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको र आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पार्नुभयो । “मलाई लाग्छ कि प्रविधि तयार छ, एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं,“ उहाँले भन्नुभयो ।

ह्वावे APAC इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतिहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताउनुभयो । “ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण (LTA), हंग कंग MTR, टर्की TCDD र जर्मनीको ड्च बान (DB) जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसंग नयाँ प्रविधि एकीकृत गरी डिजिटलाइजेशनको गति बढाउनमा मद्दत गर्दछ । हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ, “वांगले भन्नुभयो ।

ग्लोबल रेल बिजनेस, अरुपका निर्देशक, टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु सेयर गर्नुभयोः डाटा, एनालिटिक्स, र संचार । यिनीहरुले हामीलाई राम्रो निर्णय गर्न सक्ने बनाउँदछ र हामीले प्राप्त गर्न खोजेको डिकार्बोनाइजेसन प्रक्रियालाई समर्थन गर्दछ । “वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसंग छ जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दै छन् र कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिदै छन् र त्यसपछि कसरी केहि मात्रामा इन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल संचालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिन्छ । ” टीसी च्युले भन्नुभयो ।

शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गर्नुभयो । यो यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न, डिजिटल इन्टेलिजेन्ट सक्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर छ । “ह्वावे ROMA प्लेटफर्म डाटा सेरींग सेवाहरुलाई लागू गर्न र एक कन्भर्ज्ड डाटा वेरहाउस निर्माण गर्नको लागि प्रयोग गरीएको छ,“ लुओले ह्वावेको प्रविधिले यस विशेष डिजिटल रूपान्तरण यात्रामा खेलेको भूमिकाको बारेमा केही भन्नुभयो । “स्मार्ट स्टेशन डिजिटल प्लेटफर्मले उपकरणहरु देखी क्लाउड सम्म थुप्रै नेटवर्क कनभर्जेन्स हासिल गर्दै सेवाहरु अभिसरण र एकीकृत गर्दछ । यो प्रविधिले हाम्रो स्मार्ट स्टेशन १.० लाई पूरा गर्न मद्दत गरेको छ । “

यसको प्रदर्शनी हलको एक भर्चुअल भ्रमणमा ह्वावेले कसरी आईसीटीको नयाँ इनोभेशन रेल उद्योगमा तैनात गरीएको छ, जसले ह्वावे स्मार्टलि अनइन्टरप्टिबल पावर सप्लाई (UPS) देखि ओप्टिक्स सोलुसन र ह्वावे एरइन्जिन वाइ–फाइ ६ सम्म डिजिटल रूपान्तरण सक्षम गर्दछ ।

ह्वावे अप्टिक्सद्वारा प्रदान गरिएको उच्च ब्यान्डविड्थले क्लाउड एप्लिकेसनहरुको बृद्धिलाई समर्थन गर्दछ, जस्तै सरलीकृत अपरेसन र मेन्टिनेन्स सँगै रियल–टाईम पर्फोर्मन्स मोनिटोरिङ्ग र इन्टेलिजेन्ट फल्ट डिटेक्सन सबैले प्याकेट स्विच नेटवर्कको प्रबंधनलाई सहयोग गर्दछ ।

अत्याधिक विश्वसनीय डिजाइन र इनपुट भोल्टेजको लागि व्यापक कवरेजको साथ ह्वावे स्मार्टलि यूपीएसले पारम्परिक लीड–एसिड ब्याट्री सोलुसनको कम से कम दोब्बर ब्याट्रि लाइफ प्रदान गर्दछ । यो कठोर अपिरेटिंग वातावरणमा पनि तैनात गर्न सकिन्छ जहाँ मुख्य पावर सप्लाई या त अस्थिर छ या पूरै अभाव छ, जसले एक एकीकृत प्लेटफर्म प्रदान गर्दै धेरै ऊर्जा स्रोतहरुको उपयोगलाई समर्थन गरी प्रभावी ढंगले ग्राहक लगानी बचाउँदछ ।


शेयर गर्नुहोस

Leave a Comment