विश्वव्यापी अग्रणी आइसिटी प्रदायक ह्वावेले सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रमको ११ औं संस्करणको आयोजना गरेको छ । कार्यक्रमको संयोजनमा पहिलो पटक ह्वावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनमा सहभागीहरूलाई प्राविधिक करियरको भविष्य बारे जान्न र उद्यमशीलतालाई बढावा दिन मद्दत गर्ने उद्देश्यका साथ टेक टु बिल्ड योर करियर सेमिनार पनि डेब्यु गरेको हो।
२९ अगस्ट देखि २ सेप्टेम्बरसम्म संचालन हुने सेमिनार सीड्स फर द फ्युचर एक्सेलेरेटर क्याम्पको लागि यो मुख्य कम्पोनेन्ट हो । सीड्स फर द फ्युचर सन् २००८ देखि ह्वावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागशिप सि एस आर परियोजना हो । यो कार्यक्रम पहिलो पटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो। उक्त कार्यक्रम अन्तर्गत टेक टु बिल्ड योर करियर सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट–जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्न र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ। ह्वावे इन्टरनेशनलका प्रबन्ध निर्देशक चार्ल्स छेङले भने “हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दिगो र प्रगतिशील सिंगापुरमा योगदान र्पुयाउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्व–स्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ ।”
टेक टु बिल्ड योर करियर सेमिनार प्रोफेसर लो होङ यी, पिलरका प्रमुख – डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एण्ड डिजाइन सेन्टरका निर्देशकले नयाँ युगले निम्त्याउने सम्भावित अवसर र जोखिमहरू पहिचान गराए। साथै विद्यार्थीहरूले आगामी चुनौतीहरूको लागि कसरी तयारी गर्न सक्छन् र आइडिएसनबाट रियलाएजेशनमा कसरी ल्याउन सकिन्छ भन्ने कुराहरु समेत सम्बोधन गरे।
प्यानल छलफलबाट समापन गरिएको सेसनले डिजिटल भविष्यमा उद्यमशीलतादेखि डिजिटल युगमा सामुदायिक सिर्जनासम्मका विषयहरू समेटेको थियो । यसले ज्याक याङ, मुख्य अपरेटिङ अफिसर र एफओएमओ पेका सह–संस्थापक, एआरसी कम्युनिटीका सह–संस्थापक एलरोय छेओ र द आइडिया को. का सह–संस्थापक र सिइओ, टेड एक्स सिंगापुरका लागि लिड क्युरेटर र लाइसेन्स होल्डर भिभियन लिम, लगायत प्रतिष्ठित स्वदेशी उद्यमीहरूको समूहलाई एकै ठाउँ ल्याएको छ ।
प्यानलका सदस्यहरूले भविष्यका विकास र ब्लकचेन प्रविधिको प्रयोग वा प्राविधिक–बृद्धि गरिएको समुदाय निर्माणको पर्वाह नगरी आफ्नो लागि सही करियर मार्ग पत्ता लगाउन र कसरी प्रविधिले उनीहरूको सेल्फ–डिस्कभरी यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने बारे आफ्ना व्यक्तिगत अनुभवहरू ब्यक्त गरे जहाँ उनिहरुले प्रविधि उद्योग कस्तो देखिनेछ भन्ने बारे भावि दृष्टिकोण पनि प्रदान गरे। यसका साथै युवा प्रतिभाहरूलाई पछ्याउनका लागि कुन क्षेत्रहरू उपयुक्त हुनेछन् भनेर उद्योगको इनसाइट समेत प्रदान गरे ।
ह्वावे एशिया प्यासिफिक सीड्स फर द फ्युचर टेक फो गुड प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सीड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिने भएको छ। त्यस्तै शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जेनुवरीमा ह्वावे सीड्स फर द फ्युचर टेक फो गुड ग्लोबल प्रतियोगिताको लागि आफ्नो यात्रा जारी राख्नेछन् ।